शिशु हुर्काउन दलितको स्तनपान

गोकुल घोरसाइने, (निजगढ, बारा)। जंगलमा भेटिएको शिशुलाई हुर्काउन बाराको एक दलित महिलाले चार महिनादेखि स्तनपान गराउँदै आएकी छिन्।

शिशुलाई हुर्काउन दलित महिलाको स्तनपान गराउनुपर्छ भनेर गैरदलित गाउँलेहरूले जिम्मा लगाएपछि जिल्लाको निजगढ गाविस की दुइ छोरीकी आमा शान्तिदेवी विश्वकर्माले घरमा ल्याएर नै कोखको छोरीलाई सरह स्तनपान गराउन थालेकी हुन्। 

घाँसदाउरा खोज्न जाँदा बारा रौतहतको सीमा क्षेत्रको जंगलमा सालनालसहितको सो शिशु गाउँलेहरूले गत भदौमा बेवारिसे अवस्थामा फेला पारेका थिए।

दलित महिलाको स्तनपान गराएर धुकधुकी मात्र रहेको सो शिशुलाई बचाउन सकिने विश्वासमा गाउँलेहरूले शान्तिको जिम्मा लगाएका थिए। 

ँझरीले रुझेर धुकधुकी मात्र बाँकी थियो निजगढ का रामप्रसाद लामिछाने भन्छन्ँकतै दलित महिलाको दूध खुवाउन सकियो भने बाँच्छ कि भन्ने लागेको थियो। ँशान्तिलाई सुम्पेपछि चिताए जस्तै पुग्योउनले भने।

यहाँको ग्रामीण भेगमा दलित महिलाको काख दूध शिशुको लागि दुवै पोषिलो हुन्छ भन्ने विश्वास छ। यही कारणले कतिपय गैरदलितले ना छोराछोरीलाई दलित महिलाको स्तनपान गराएर हुर्किएपछि घर ल्याउने गरेका छन्।

आफूले पाएका शुरूका सन्तान बारम्बार बिरामी परेर बचाउन गाह्रो पर्यो भनेपछि जन्मिएका शिशुलाई सुरक्षित तवरले हुर्काउन त्यसो गर्ने गरिएको हो।

दलित महिलाको स्तनपान गर्ने शिशुलाई हत्तपत्त रोगब्याधीले छुँदैन भन्ने विश्वास पनि समाजमा छ। गाउँमा स्तनपान गराउने महिला फेला नपर्दा सुरक्षाका लागि नो छोराछोरीहरूलाई दलितसँग मित लगाइदिने कामी, दमाई, सार्की मुसहरजस्ता दलितको थरबाट नाम राखिदिने चलन समेत रहेको निजगढमा समाजसेवी प्रभातकुमार सिग्देल बताउँछन्।

सिग्देल भन्छन्शान्तिको स्तनपानले बेवारिसे जंगलमा भेटिएको शिशुले नयाँ जीवन पाएको हो। 

शिशु सुरक्षाको लागि दलित महिलाको स्तनपान गराउने नाता जोडिदिने प्रचलन सामाजिक दृष्टिकोणले राम्रो पक्षको रूपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख परशुराम श्रेष्ठ बताउनुहुन्छ।

गरिबी अभावका कारण दलित परिवारका सदस्यहरूमा गैरदलितभन्दा बढी रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले बालबालिकाहरू हुर्काउन दलित महिलाहरूको स्तनपान गराउने परम्परा कायम भएको उहाँले बताउनुभयो।

श्रोत : न्युजअफनेपाल ड्ट कम