तँ र म लाई छाडेर हामी भनौ

खोल्दिन भन्दापनि खोल्न कर लाग्यो,
हेर्दिन भन्दापनि हेर्न कर लाग्यो,
पढ्दैन भन्दापनि पढ्न कर लाग्यो,
केही नलेखु भन्दापनि लेख्न मन लाग्यो ।

हामी साना-साना सुखमा ठुला-ठुला सुख गुमाउछौ । त्यसैले त हामी दलित समुदाय भयौ ।

मैले के गरे भनेर कहिलेपनि सोच्न सकेनौ, अरुकोबारेमा मात्र आलोचना गर्न खपिस छौ, आफ्नो बारेमा कहिल्यै स्वआलोचना गरेनौ । दलित समुदायको मुक्तिकोलागि कहिल्यैपनि हामी भन्ने भावना एकिकृत भएन । म, मैले, मेरो, आफ्नो मात्र भयो¬त्यसैले त छ दशक भन्दा माथि पुगेको दलित आन्दोलन अहिले पनि दर्दनाक अवस्थामा नै छ ।
व्यक्ति र जातगत आरोप र प्रत्यारोपले नै दलित समुदायको आन्दोलन एकिकृत हुन सकेको छैन । हिजोसम्म गोप्यकोठामा हुने आरोप, प्रत्यारोप अनि सहयोग र असयोग आज खुल्ला रुपमा बाहिर आएको छ ।
यसले के देखाउछ भने हामी एकिकृत हुन जानेका छैन र त्यो हैसियत पनि हामीले राख्दिनौ । दलित मुक्ति आन्दोलन भन्दा पनि आफू मुक्ति र आफ्नो स्वार्थमा लिप्त छौ भन्ने प्रष्ट हुन्छ । यदि हामीहरु दलित मुक्तिका लागि लागेका हौ र यसमा निस्वार्थ भावना छ भने तँ, म, मेरो, आफ्नो, उसको भन्ने छोडेर  हामी भन्न सक्छौ भने दलित मुक्ति आन्दोलनकालागि अगाडि बन्ने प्रण गरौ नत्र भने यो आफू-आफू भित्रको शब्द लडाई गर्नु जरुरी छैन । हामीलाई चाहिएको हामी भित्रको शब्द लडाई होइन राज्यसँग दलित मुक्तिको लडाई चाहिएको छ ।
कसले के ग¥यो भनेर अहिले मुल्यांकन गर्ने बेला यो होइन, यो त एकिकृत भएर राज्यसँग लडाई गर्ने बेला हो । मुल्यांकन पछि इतिहासले गर्नेछ । कस्ले के ग¥यो र कति ग¥यो भनेर ।
साथीहरु, आरोप, प्रत्यारोप, आलोचना र समस्याहरु उठान गर्न धेरै सजिलो हुन्छ तर यी कुराहरुलाई व्यवस्थापन गर्न धेरै गारो कुरा हो । त्यसैले सजिलोलाई भन्दा गारो कामलाई महत्व दिने गरौ त्यसैमा नै सबैको भलाई हुन्छ । यहाँ कामीले दमाईलाई, दमाईले सार्कीलाई, सार्कीले गाईनेलाई……. आरोप र आलोचना गरेर दलित मुक्ति आन्दोलन अगाडि बन्ने भन्दा पनि अहिलेसम्म भएका उपलब्धीहरु पनि संकटमा पर्ने अवस्था सृजना हुन्छ । त्यसकारण आउनुहोस् मित्रहरु दलित समुदाय भित्र रहेका जातीहरुले तँ र म लाई छाडेर  हामी भनौ तब न बल्ल दलित मुक्ति सम्भव छ ।

(यो मैले एउटा ईमेल ग्रुपमा लेकेको लेख हो ।)