दलितअनलाइनन्यूज्(रोन) सयौं दिनमा

असोज २५, एक सयौं दिनमा दलितअनलाइनन्यूज्(रोन) आई पुगेको छ । असार १९ (जुलाई ३ तारिख) देखि ब्लगिङ गर्न थालेको दलितअनलाइनन्यूज्(रोन)ले आज १०० औं दिनमा पाईला टेकेको छ ।   “सिहदरबार घेराउमा ६४ दलित नेता कार्यकर्ता गिरफ्तारदलितअनलाइनन्यूज्(रोन)ले पहिलो पटक ब्लगिङ गरेको समचार   हो यो । यो समचार बुद्दि परियारको सहयोगमा ब्लगिङ गरिएको थियो । त्यस पछि दलितअनलाइनन्यूज्(रोन)ले निरन्तर रुपमा समचार, लेख रचना, फोटोहरु सम्प्रेशण गर्दै आईरहेको छ ।

दुर्गा सोब,  दलित महिला संघ केन्द्रिय अध्यक्ष
यस अनलाइनले ताजा ताजा समाचारहरु दिईरहेको छ ।यसलाई निरन्तरता दिनु पर्दछ । यो अनलाइन स्वतन्त्र र निष्पक्षय भएर जानु पर्दछ र मात्र राम्रो हुन्छ । यस अनलाइनले अझ ताजा, खोज मुलक समाचारहरु दिने गरोस यही नै मेरो सयौं दिनको अवसरमा शुभकामना छ ।

 यो दिनसम्म आईपुग्दा दलितअनलाइनन्यूज्(रोन)ले धेरै मात्रमा प्रशंसा पाईरहेको छ । त्यसकारण दलितअनलाइनन्यूज्(रोन)को जिम्मेवारि पनि पहिलेको तुलनामा धेरै नै थपिएको छ । यो ब्लग सुरु गरे देखि हामिले धेरै मेलहरु पाएका छौं र सुझावहरु पनि । सुभास दर्नाल, अध्यक्ष जागरण मिडिया सेन्तर,त्यसकारण दलितअनलाइनन्यूज्(रोन) जस्तो न्यूज् ब्लगको दलित संचार माध्यममा अत्यन्त खाँचो रहेको महशुस हामिले गरेका छौं । यस न्यूज् ब्लगलाई माया गरि पढनु हुने पाठकहरु, सल्लाह सुझब दिनुहुने सबैमा दलितअनलाइनन्यूज्(रोन) हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

बिनोद पहाडी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य
दलित आन्दोलनलाई यो ब्लगले ठूलो सहयोग गरेको छ  । पत्रकारिताको युगसँगै विकासित रुपमा दलित आन्दोलनलाई जोड्ने काम यो अनलाइनले गरेको छ । मैले के महसुस गरेको छु भने दलित समुदायले पनि केही फड्को मार्ने क्काम भएको छ । यसलाई संस्थागत र निरन्तर दिन सकियो भने राम्रो हुन्छ । यस अनलाइनले दलित समुदायमा क्षमताको कमि नभएको प्रमाणित गरेको छ । यसलाई अझ सर्वपक्षिय बनाउन प्रयत्न गरियो भने यसले दलित आन्दोलनलाई अन्तरराष्ट्रीयकारण गर्न सहयोग गर्नेछ । अनलाइन मिडियालाई २०४७ सालको संविधानले मान्याता दिएको छैन । अब आउने अंतरिम संविधानमै प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिनु पर्छ । अन्या मिडियालाई जस्तै अनलाइन मिडियालाई पनि मान्याता दिनु पर्दछ । दलितानलाइनन्यूज्(रोन)को सयौं दिन पुरा गरेको अवसरमा यो कुरा उठाउन चाहन्छु  । अन्त्यमा, यो नेपाली दलित आन्दोलनको साझा सम्पत्ति हो । यसलाई सबै व्यक्तिले सहयोग गर्नु हुन म नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्यको तर्फबाट आग्रह गर्दछु ।

दलितअनलाइनन्यूज्(रोन)ले गर्नु पर्ने धेरै कुरा रहेका छन् । गर्नु पर्ने कामको  एक दुइ प्रतिशत मात्र अहिले गरिएको महशुस हामिले गरेका छौं । ति गर्नु पर्ने धेरै कामको लागि हजुरहरु जस्तै धेरै पाठकहरुको, शुभचिन्तकहरुको साथ हामिलाई खाँचो पर्दछ । हजुरहरुको जति धेरै हातहरु दलितअनलाइनन्यूज्(रोन)ले पाउनेछ र धेरै भन्दा धेरै खुराकहरु पनि यसले दिन सक्नेछ ।

सुभास दर्नाल, अध्यक्ष जागरण मिडिया सेन्तर
दलित सम्बन्धी पहिलो ब्लग नै यही हो जस्तो मलाई लागेको छ  । अहिले ब्लगको दुनियाँमा दुई समुहको पक्कड रहेको छ । एउटा समुह हो अंग्रेजी जान्नेहरुको र अर्को समुह हो जो धनाड्य वर्गका मानिसहरु । तर तपाईं भन्दा भिन्न धारबाट आउनु भएको हो । त्यसकारण तपाईंलाई धन्यवाद दिन चाहन्छु  । यसलाई निरन्तर दिन सक्नु भयो भने धेरै राम्रो हुन्छ  । दलित आन्दोलन अहिले खुम्चिएको छ । यसले यस खाडलालैइ पुर्ने काम गर्नेछ । र दलित आन्दोलनका लागि यो एक कोसेढुंगा हो । आधुनिक युगमा सुचनालेनै आधा आन्दोलन गर्दछ । यसमा यसले ठूलो सहयोग पुर्‍याउछ । तपाईंले यो ब्लगबाट गोरेटो खान्ने काम गर्नु भएको छ । भन्दै सयौं दिनको अवसरमा यही शुभकामना व्यक्त गर्दछु ।

यहि १०० औं दिनको अवसर पारेर दलितअनलाइनन्यूज्(रोन)लाई www.dalitonlinenews.tk मा पनि हेर्न सक्नु हुनेछ भने नेपालि समचार तथा अन्य सामगृहरु संक्षिप्त रुपमा अंग्रेजिमा अनुवाद गरि राखिनेछ । यसले विदेशि समुदाय तथा व्यक्तिहरुलाई नेपालि दलित् आन्दोलनको अवस्था, नेपालि दलितको सवाल, नेपालि दलित समस्या जस्ता कुराहरुको जानकारि लिन सजिलो पर्नेछ । नेपालिबाट अंग्रेजि अनुवाद मोम बिश्वकर्माले गर्नु हुनेछ ।

गजाधर सुनार, दलित सेवा संघ केन्द्रिय अध्यक्ष
दलितानलाइनन्यूज्(रोन)को सयौं दिनको अवसरमा अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछु । अहिले यस ब्लगले ताजा ताजा समचार दिइरहेको यो अत्यन्त राम्रो कुरहो । यसलाई अझ प्रभावकारी रुपमा अगाडी लैजानु पर्दछ  ।

सिता बिश्वकर्मा, उपाध्यक्ष सिफ्ट नेपाल्
राजेन्द्रानलाइनन्यूज् ब्लग नेपालमा चलेको दलित आन्दोलनमा कोशेढुंगा बनेको छ । दलित सम्बन्धी समाचार संचार माध्यम सम्मा आईपुग्दैनन् जसको एउटै कारण दलित सवालालाई संचार माध्यमले प्राथमिकता नदिनु हो । मलाई आशा छ, यो अनलाइनले दलित सम्बब्धी समाचार संप्रेषण बृहत्तर रुपमा गरी अभाब र खाडललाई पुरा गर्नेछ । दलित महिला र ग्रामिण तहमा घटेका घटना उजागर गरी पीडितलाई न्याय दिलाउन यस अनलाइनले महत्वपूर्ण भूमिका खेल्न सकोस यही छ । सयौं दिनको शुभकामना ।

अन्त्यमा,
हामिले आशा गरे भन्दा धेरै उपलब्धि र महत्त्व यस न्यूज् ब्लगको बढेकोले हमिहरु धेरै हर्शित छौ । अब आउने दिनमा यस भन्दा बढि माया ममता यस न्यूज् ब्लगलाई गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएका छौं । त्यसकारण यस दलितअनलाइनन्यूज्(रोन)लाई आजको यस १०० औं दिनको हनिमुनसम्म ल्याइ दिनु भएकोमा सबै पाठकहरुलाई र फ्री स्पेस उपलब्ध गराउने वर्डप्रेसलाई पनि धन्यवाद दिदै अझ यसलाई कसरि लैजादा राम्रो होला भन्ने विषयमा सल्लाह, सुझाब र प्रतिकृया आजै नै दिनुहुनेछ भन्ने पूर्ण आशा लियको छु ।

राजेन्द्र बिश्वकर्मा
ब्लग्गर/संसथापक
दलितअनलाइनन्यूज्(रोन)