मंसिर ४ मा चुनाव होला कि नहोला? भए कतिको ज्यानले स्वर्ग र अस्पतालका शैया भेट्लान? …

२०७० मंसिर ४ मा चुनाव होला कि नहोला? यही विषयले घोतलि रहेको छ । केहि नेताहरुसँगको भेटघाटमा नेकपा-माओवादीसहितको मोर्चासँग वार्ता हुदैछ केहिदिनमा हुने नहुने टुंगो लाक्छ भनेका थिए केहि दिनको अनौपचारिक भेटघाटमा ।
वार्ता त भाडियो । साच्ची अब चुवाब म‌ंसिर ४ मा हुन्छ कि के हुन्छ? भनेर आज फोन घुमाएको मेरो फोन नै उठेन ।
मंसिर ४ मा चुनाव होला कि नहोला? हुने हो भने कस्तो होला? यही हालतमा चुनाब भए कतिका ज्यानले स्वर्ग देख्लान, कतिको ज्यानले अस्पतालका शैया भेट्लान? …कतिका हालत के के हुने होलान? नेता नेता बीचको सम्बन्ध भन्दा पनि तल्लास्तरका कार्यकर्ताहरुको सम्बन्ध के होला भनेर धेरै नै चिन्ताको विषय बनिरहेको छ ।