दलित मुक्ति आन्दोलनको नाम, हातमा पारौ दाम

कुनै बेला विभिन्न उखानहरुलाई समय सापेक्ष परिवर्तन गर्नु उपयुक्त हुन्छ । त्यस्तै “हरियो वन नेपालको धन” भन्ने उखानलाई पनि परिवर्तन गर्न उपयुक्त लाग्छ । “दलित मुक्ति आन्दोलनको नाम हातमा पारौ दाम” । दलित मुक्ति आन्दोलनका नाम नेपालमा बर्षमा कराडौ रकम भित्रिने गरेको पाईन्छ । हाल नेपालमा च्याउ उम्रे जसरी खुलेका गैरसरकारी संस्थाहरुले दलित समुदायको नाम बेचेर वर्षौदेखि धन कमाउने भाडोको रुपमा प्रयोग गरिरहेका छन् । दलित समुदायलाई भनेर काम गर्ने गैरसरकारी संस्थाहरु प्रायःजसो गैर दलितबाटै साचालन गरिरहेको अवस्था अझ पनि छ भने त्यसैगरी केही वर्ष यता मात्र दलित व्यक्तिहरुले आपुनो समुदायको लागि काम गर्न लागि परेको अवस्था छ । तर ति संघ संस्थाहरु पनि आपुनो स्वार्थमा मात्र सिमित हुन पुगेका छन् । २०३९ सालमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दलित सेवा संघ तथा दलित महिलाहरुको हक हितका लागि दलित महिला संघ २०५१ सालमा स्थापना भएको पाईन्छ भन्ने अन्य संघ संस्थाहरु पनि सुलेको पाईन्छ । २०५५ सालमा दलित गैर सरकारी संस्थाहरुको हक हित अधिकार संरक्षण आदि गर्नका लागि दलित गैर सरकारी संस्था महासंघको स्थापना भएको छ । हाल यस महासंघमा करिब २०० वटा दलित संघ संस्थाहरु आवद्ध भएका छन् । तर यि सबै संस्थाहरु प्राय आपुनै स्रोत र साधनमा चल्ने गरेका छन् भने केही मात्र संस्थाहरुले दातृ निकायबाट सहयोग पाएका छन् । ति सहयोग पाउने संस्था ९० प्रतिशत काठमाण्डौ उपत्यकामा रहेका छन् । अर्को तर्फ गैर दलितद्धारा खोलिएका संस्थाहरुले त झन पहिले देखि नै दलितको नाम बेची डलरको खेती गर्ने गरेको पाईन्छ । ति गैर दलितहरुले दातृ निकायहरुबाट पनि सहयोग प्रशस्त पाउने गरेका छन् । तर त्यही समुदायलाई भनेर आउने सहयोग रकम र के का लागि सहयोग आयो भन्ने कुरा दलित समुदायलाई कहिल्यै थाहा भएको पाईदैन ।
गैर दलित व्यक्तिद्धारा खोलिएका संघ संस्थाहरुले गैर दलित समुदायका लागि नै काम गर्ने गरेका छन भने उत्थानका लागि नभएर डलरका लागि ती संस्थाहरुले दलित समुदायको लागि भनेर दातृ निकायबाट करोडौ रकम ल्याउने गरेका पनि छन् । यो करोडौको रकम दलित समुदायको लागि आए पनि यो केबल काठमाण्डौका तिन देखि पाँच तारे होटेललाई धनि पार्नका लागि उपयोग भएको छ । कुनै पनि जानकारी दिनु परेमा तिनै होटेलमा जम्मा भई लाखौंको खर्च गर्ने गरेको पाईन्छ । यस अर्थमा गैर दलित व्यक्तिद्धारा खोलिएका संस्थाले मात्र होईन दलित व्यक्तिद्धारा खोलिएका संस्थाहरुले पनि गैरदलित कै सिको गरि गोष्ठी सेमीनार छलफल अन्तरकि्रया र निला पुस्तक निकाल्न मै व्यस्त छन् । यसरी हेर्दा कुनै पनि यस्तो कार्यक्रम गर्दा न्युनतम ७० ८० हजार लाग्ने र अधिकतम त कति हो कति त्यो अनुमान गर्न सकिने अवस्था छैन् ।
काठमाण्डौका तारे होटेलमा कर्णाली जुम्ला र हुम्लाका कुरा गरिन्छ अनि कसरी हुन्छ परिवर्तन समाजमा त्यहीका जनताका कथाहरु महंगा निला चिल्ला किताबी पानामा लेखिन्छ । शैलेश्वरी अछाम दार्चुला चितवनको घटना । कसरी हुन्छ सफल दलित मुक्तिको सम्भावना एक जना दलित विद्यार्थीले रु। एक सय दुई सय तिर्न नसकेर विद्यालय पढ्न पाएन दलितद्धारा साचालित विद्यालय आर्थिक अभावका कारणले बन्द हुने अवस्थामा भन्ने समचारहरु राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले लेख्दै आएका छन् । तर ति सममचारको मूल्यांक गर्ने को सेमिनार गोष्ठी विदेश भ्रमण जस्ता कार्यमा लाखौं रकम हाल्न सक्ने संस्थाले थोरै रकमले धेरै उपल्धी हुने कार्य तिर ध्यान दिएको खोई धेरै खर्च तर थोरै उपल्धी तिर मात्रै किन ध्यान केन्द्रीत के यसरी सम्भव होला दलित आन्दोलनले खोजेको दलित समुदायको मुक्ति
जबसम्म लक्षित समुदायसम्म लक्षित कार्यक्रमको उद्धेश्य लिएर गांउ गांउ टोल टोलमा पुग्न सकिदैन तबसम्म दलित आन्दोलनले दलित समुदायको मुक्तिको सम्भावना आकाशको तारा भूईमा खसाल्छु भनेर दिवा सपना देखे झंै मात्र हो । काठमाण्डौका होटेलको कक्टेल पार्टी मटन चिकेनको स्वादले होईन लक्षित समुदायमा पुगेर लक्षित समुदायको स्वागत माया ममता र स्नेह बटुलेर मात्र दलित आन्दोलनको सार्थकता दलित समुदायको परिवर्तन र दातृ संस्थाले गरेको आर्थिक सहयोगको उचित उपयोग हुन्छ । नत्र दलित समुदायको नाम बेचेर टाठा बाठाहरुले देश विदेश घुम्ने काठमाण्डौमा घरजम हाल्ने खेती र दलित विद्रोहलाई जन्म दिने विजारोपण बाहेक अरु केही हुने छैन अतः दलित समुदाय भोकाको भोकै नांगाको नांगै हुनेछन् फेरी पनि सदियौंसम्म ।