काठमाडौँ विश्वविध्यालयकै एकमात्र दलित समुदायका ब्यक्तिको आत्महत्या

काठमाडौँ विश्वविध्यालयकै एकमात्र दलित समुदायको सदस्यलाई नै आत्महत्याका लागी विवश बनाउनु भनेका यहाँ रहेका र आफुलाई तथाकथित उच्च जाती र सँभ्रान्त परिवारका भनाउँदाहरुको मुखमा थप्पड होईन र?साँगठानिक अधिकारलाई कुन्ठीत गर्न लागिपरेका सुरेश राजले नेपालका प्रचन्ड, गिरिजा, बाबुराम, माधव नेपाल जस्ता ठुल-ठुला नेताहरुलाई समय-समयमा भ्रामक जानकारी गराँउदै आएको परिप्रेक्षमा आफ्नो उप-कुलपतित्व जोगाउन र आजिवन उपकुलपतिको कुर्सीमा बसिरहन आफ्ना चाटुकार, दलाल र मितयारहरुलाई पनि केयुका कर्मचारीहरुमाथि दमन गर्न हौस्याएको, उक्साएको र प्रोत्साहन गरेको कुरालाई अब नकार्न सकिन्न। सुरेश राजको प्रत्यक्ष निर्देशनमा कार्यरत स्कूल अफ ईन्जीनियरिङ्गका डीन भोला थापाले सुरेश राजकै मन्डले, तानाशाही र नातावादी उप-कुलपतित्व कायम गर्ने क्रममा बुद्धी वहादुर विश्वकर्मा माथि मानसिक रुपमा अाक्रमण गरेका हुन र उनलाई आत्महत्या गर्न विवश बनाएका हुन। तसर्थ, बुद्धी बहादुर विश्वकर्माको असामयिक निधनमा डीन भोला थापा, उप-कूलपति सुरेश राज शर्मा र उनीहरुका सँपूर्ण मतियारहरुको हात रहेको हाम्रो ठहर छ । लोकतान्तृक नेपाल सरकारले हत्यारा उप-कुलपति सुरेश राज शर्मा र हत्यारा डीन भोला थापालाई तुरुन्त गिरफ्तार गर्दै यो षडयन्त्रमा अरु को-को छन, त्यसको निष्पक्ष छानबिनका लागी न्यायिक समितिको गठन गर्नु पर्ने हाम्रो जोडदार माग छ।

श्रोत: http://changeinku.blogspot.com/

बुद्धी बहादुर विश्वकर्माको बारेमा अरु जान्न चाहनुहुन्छ भने तलका लिंकमा थिच्नुहोस्

हत्यारा सुरेश राजको नयाँ षडयन्त्र

मेकानिकल विभागका कर्मचारी बुद्धी वहादरु….

बुद्धी आत्महत्या पछाडीका कारणहरु

काठमाडौँ विश्वविध्यालयमा आफ्ना साँगठानिक हक-अधिकारका लागी ….

शोक-सभा 

काठमान्डो विश्वविध्यालयका

हत्यारा सुरेश राज र भोला थापालाई गिरफ्तार गर! 

काठमाडौँ विश्वविध्यालय मेकानिकल ईन्जिनियरिङ्ग…

बुद्धि वहादुरको बलिदान र धमिलो पानीमा माछा मार्नेहरु

बुद्दि वहादुर विश्वकर्मा त्यतिकै बितेका होईनन। काठमाडौँ विश्वविध्यालयमा ….