एउटै दलितले नागरिकता पाएनन्

रवीन्द्र उप्रेती

महोत्तरी, माघ ५ – माघेसंक्रान्तिदेखि खटिएका टोलीले यहा“का १२ केन्द्रबाट करिब २ हजारलाई नागरिकता दिइसके । तर पाएकामध्ये दलित एक जना पनि छैनन् ।
यस जिल्लामा सबैभन्दा बढी नागरिकता समस्या भएको दलित समुदाय घर-आ“गनमा टोली आउ“दा पनि वञ्चित हुनुको कारण हो- मुचुल्का र सनाखत गरिदिने कोही नहुनु ।

‘दलित जानेर हामीलाई सहयोग गर्न कोही अघि र्सर्दैनन्,’ करिब ५ सय दलित परिवारको बसोबास रहेको बथनाहाका फेकन राम चमार भन्छन्- ‘सनाखत र मुचुल्काबिना टोलीले नागरिकता दि“दो रहेनछ ।’

दलित समुदायमा अति कमको मात्र नागरिकता भएकाले मुचुल्का र सनाखतमा बसिदिनेको समस्या भएको ५५ वषर्ीय फकिरा सदाको अनुभव छ । दिनहु“ टोलीको कार्यालय धाउ“दासमेत आवश्यक प्रमाण जुटाउन अर्समर्थ बनेका श्रीनारायण सदा आफ्नो समुदाय टोलीबाट निराश हुन थालेको बताउ“छन् ।

दलित समुदायका अधिकांशस“ग प्रमाणका नाममा केबल मतदाता परिचयपत्र छ । अधिकांश समय कमाउन बाहिर जानुपर्ने भएकाले त्यही परिचयपत्र पनि सबैस“ग छैन । तर त्यसका भरमा टोली नागरिकता दिन राजी छैन ।

करिब २५ सय दलित बसोबास गर्ने खेसराहा खयरबन्नी गाविसको अवस्था पनि उस्तै छ । ‘अहिलेसम्म कसैको बनेको छैन,’ स्थानीय ननिपतराम चमार भन्छन्- ‘फाराम भर्नेजति सबै दलितको नाममा टोलीले सरजमिन काटेको छ ।’ तर आफ्नो समुदायमा नागरिकता हुनेको संख्या अत्यन्त कम भएकाले सरजमिनको औपचारिकता पुर्‍याउन उनीहरूले सकिरहेका छैनन् । ‘हाम्रो समुदायमा मात्र दस जनाको नागरिकता छ,’ स्थानीय गणेश महराले प्रश्न गरे- ‘ती दस जना क-कसको मुचुल्का र सनाखतमा बसुन् -‘

गाविसका पर्ूवअध्यक्ष राधेश्याम झाले कानुनी प्रक्रियाले केही ढिला पारे पनि आफ्नो गाविसमा सरजमिन र सनाखतका कारण कसैले नागरिकताबाट वञ्चित हुनु नपर्ने दाबी गरे । ‘यो गाविसमा कुनै नेपाली नछुटोस् र गैरनेपालीले नपाओस् भन्नेतर्फहामी सबै सचेत छौं,’ उनले भने ।

तर सोही गाविसमा तीन पुस्तादेखि बसोबास गर्दै आएको बताउने ८० वषर्ीय हीरा चमार समाजले साथ नदि“दा आफू र आफ्ना परिवारले नागरिकता पाउन नसकेको बताउ“छन् । छोरा-नातिसाथ टोली रहेको विद्यालय भवन धाइरहेका वयोवृद्ध हीराले पच्चीस सालको लालपर्ुजा देखाउ“दै भने- ‘म यो गाउ“मा बडका भूकम्प -१९९० सालको भुइ“चालो) अघि नै आएको हु“ तर समाजले विरोध गरेर अहिलेसम्म नागरिक हुन दिएन ।’

समस्या यी दर्ुइ गाविसको मात्र होइन । यो जिल्लाभरिकै दलितको साझा समस्या भएको लक्ष्मीनिया गाविसका प्रजातान्त्रिक कांग्रेस कार्यकर्ता कृष्णदेव यादवले बताए ।

यसबारे प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले दलहरूस“ग परामर्श गरेर टोलीमा देखापरेको समस्या निराकरण गर्ने बताए । दलितहरू भने दलहरूले वास्तै नगरेको आरोप लगाउ“छन् । नागरिकताका लागि सधंै टोलीसम्म धाइरहेका बथनाहाका भोला सदाले भने- ‘गाविसमा टोली आएदेखि कुनै नेताले हामीस“ग सोधपुछ गरेका छैनन् ।’

कांग्रेसका महेात्तरी सचिव बजरंग नेपालीले यो समस्याप्रति दलहरू गम्भीर रहेको उल्लेख गर्दै यसमा सहयोग र समाधानका लागि कार्यकर्ता परिचालन गरिने बताए ।
श्रोत: http://www.ekantipur.com