गुल्मीबाट फर्के पछिको भेट

करिब डेड महिनाको अन्तराल पछि यो ब्लगरले ब्लगपोष्ट गर्ने मौका पाएको छ । यसबाट यस ब्लगका पाठकहरुमा पर्न गएको असुविधा प्रति यो ब्लगर क्षमा माग्न चाहन्छ । यति धेरै समय यो ब्लगर हराउनुमा ब्लगरकै नितान्त व्यक्तिगत काम परेकोले ब्लगपोष्ट गर्न असमर्थ रह्यो । यस अवधिमा यो ब्लगर काठमाडौंको कर्म थलो छोडेर बाहिर जानु पर्ने भएकोले पनि ब्लगर ब्लगपोष्ट गर्न असमर्थ भएको हो । ब्लगर यस अवधिमा पश्चिमको गुल्मी जिल्लामा पुगेको थियो । गुल्मी पुगेर ब्लगरले कुनै त्यस्तो नयाँ समचार, फिचर, जानकारि ल्याउन सकेन ।  

तर पनि ब्लगर नितान्त व्यक्तिगत कामले गुल्मी पुगेको भए पनि गुल्मीमा देखिएका केहि तस्विरहरु क्यामरामा कैद गर्न भने सकेको थियो ।

www.dalitonlinenews.tk

गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित जातिय छुवाछूत बिरुद्धको होडिंग बोर्ड ।

 यो गुल्मी जिल्ला विकास समितिको कार्यालयको पर्खालसंगै राखिएको छ । होडिंग बोर्ड पनि एक डिस्प्ले मिडिया हो । यसले सदरमुकाम आउने जो कोहिको नजर पनि एक पटक तान्ने गरेको छ । जसले गर्दा गाँउबाट सदरमुकाम आउने मानिसलाई केहि परिबर्तनका लागि आँखा देखाउने गरेको महशुस हुन्छ भने यो बोर्ड सरकारी निकायहरु बढी रहेको ठाँउमा रहेको हुदा स्थानिय स्तरमा दलित सहभागीतालाई पनि सहयोग पुग्ने देखिन्छ । यस्ता बोर्डहरु गुल्मी जिल्लाका प्रमुख शहरहरु, सडकहरुमा राखिएको देखिन्छ ।                         

www.dalitonlinenews.tk

एक विश्वकर्मा जातिका युवक परम्परागत रुपमा चल्दै आएको फलामको काम गर्दै

 नेपालको पुर्व मेची देखि पश्चिम महाकालीसम्म परम्परागत रुपमा चलिआएको तथा जातिय छुवाछूतको रेखा काट्ने काम; यस जिल्लामा समेत बालि घरे प्रथाको रुपमा निरन्तर रुपमा चलिरहेको छ । www.dalitonlinenews.tk 

एक परियार जातिकी महिला परम्परागत रुपमा चल्दै आएको काम गर्दै ।

www.dalitonlinenews.tkwww.dalitonlinenews.tkwww.dalitonlinenews.tk