केहि नयाँ काम गरौं भनेर लागेको, आज एक जना मित्रले “पखेटा हालेको” भनेर भन्नु भयो । यो कुराले मुटुको कुनै कुनामा बिझाएको महशुस भैरहेको छ । @2068 जेष्ठ 11, पुतलीसडक, काठमाडौं ।
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
केहि नयाँ काम गरौं भनेर लागेको, आज एक जना मित्रले “पखेटा हालेको” भनेर भन्नु भयो । यो कुराले मुटुको कुनै कुनामा बिझाएको महशुस भैरहेको छ । @2068 जेष्ठ 11, पुतलीसडक, काठमाडौं ।
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
राणा शासनले केहि भएन, प्रजातन्त्र आयो, अनि कु भो पंचायत अनि फेरी प्रजातन्त्र, प्रजातन्त्रले पनि केहि भएन, आयो लोकतन्त्र, लोकतन्त्र पछि गणतन्त्रसम्म आयो नेपालमा । आज लोकतन्त्र आयोको ५ वर्ष भएको छ । तर यो ५ वर्षमा 601 सभाषद् र केहि पार्टीका नेताहरुले बाहेक नेपाली जनताले केहि पाएका छैनन् । जुन तन्त्र आए पनि नेताहरु राजनेता हुन नसके जनताले केहि पनि पाउन सक्ने रहेनछ । कि कसो हो मित्रहरु????????????
2069 बैशाख 11
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि म काठमाडौं प्रवेश गरे । प्रवेश लगतै म कलेज जीवनसँगै जागिरे पनि भए । त्यसकारण मैले नियमिति समयमै खाना खान सक्ने अवस्था रहेन । विहानको कलेज र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय व्यवस्ताले मैले समयमा खानाखान पाउने अवस्था रहेन । त्यसपछि मैले होटेलमा खानाखान शुरु गरे । होटेलको खाना त्यस्तै हो अनि मैले होटेलमा पनि खान छोडे र आफूले नै पकाएर खाने निधो गरे ।
मैले आफैले पकाएर त झन समयमै नियमित रुपमा खानाखान पाउने अवस्था नै थिएन । तर पनि मैले आफूलाई त्यसैअनुसार परिवर्तन गर्छु भनेर कोशिस गरिरहे गरिरहे तर त्यो पूर्णरुपमा सफल हुन सकिन । त्यसैको फल स्वरुप म ग्याष्ट्रिकको पीडित भए । यो समस्या निरन्तर करिब ३ वर्ष जति रहयो । त्यसपछि भाई एसएलसी पास गरि उच्चशिक्षाका लागि काठमाडौं प्रवेश गरेपछि यो समस्या अलिअलि गर्दै समाधान हुनपुग्यो । नियमित समयमै भएको खानपिनले गर्दा विगत ५ वर्षदेखि ग्याष्ट्रिकको समस्याबाट मुक्त भएको थिए ।
अहिले म करिब एक महिना भो काठमाडौंमा एक्लैबसिरहेको छु । त्यसैले मेरो ग्याष्ट्रिकको समस्या फेरि उकल्जियो र म अलिअलि पीडित हुन थालेको छु । म कोठामा एक्लै भएकोले नियमित समयमै खानाखान सकिरहेको छैन । त्यसैले यो समस्या उकल्जिउको हो । मलाई राम्ररी थाहा छ । ग्याष्ट्रिकको राम्रो उपचार भनेको नियमित समयमै खानपिन नास्ता धेरैभन्दा धेरै पानीको प्रयोग चिल्लो-पिरो कम खाने । तर मलाई यति थाहा हुदाँहुदै पनि म यी कुरालाई नियमित गर्न सकिरहेको छैन तर पनि म कोशिस गरिरहेको छु ।
Filed under: स्वास्थ्यका कुरा | Leave a Comment »
यो मन जति बेला पनि गाँउमै गएको छ । एक छिन पनि रोकिएको छैन । सेकेन्ड सेकेन्डमा छोरीको यादले सताएको छ । : छोरी कस्तो भएको होला, कसो गरेको होला, के गर्दै होला जस्ता कुराले मन बिरक्तिएको छ ……………………. I love you CHHORI ! I love you CHHORI !! I love you CHHORI !!!
Filed under: छोरी | Leave a Comment »
कर तिर्ने बानी बसालौं ! हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि !!
आज म आन्तरिक राजस्व विभाग, कलंकीमा पुगेर PAN नम्बर लिए । मैले PAN लिनको लागि धेरै झन्झट गर्नु पर्छ होला भनेर सोचेको थिए । तर मैले जे सोचेको थिए त्यसो रहेनछ । म विभागमा गएर फर्म भरेको ५ मिनेटमै मेरो हातमा PAN Card पर्यो । न त कुनै झन्झट, न त कुनै शुल्क ।
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
छोरी जन्मीएको हिजो जस्तो लाक्छ । ऊ आज सात महिनाको भैसक्यो । आज भन्दा झन्डै एक महिना अघि अर्थात असोज १९ गते दशैंको टिकाको दिन छोरीलाई भात खुवाई (पास्नी) गरियो । दिन दिनैको परिवर्तन हुदै गएकि छोरी आज बाबे सर्ने भै सकेकि छ । रमाईलो छ छोरीसँगको बसाई । तर दशैंमा घर गुल्मी गएको बेलामा उतै ऊ बसेको छ र म काठमाडौंमा छु, त्यसैले म ऊसलाईलाई धेरै सम्झिरहेको छु ।
घरबाट काठमाडौंका लागि हिड्दा ऊसले दिएको मुस्कान जतिबेला पनि मेरो आँखामा झल्किरहन्छ । आज ऊसको त्यो मुस्कान झन परिपक्क भैसकेको होला । झन चंचले र जतातै हिड्ने भैसकेको छ ।आज ऊसको उपस्थिति मेरो सामु नभएकोमा मलाई अति नै नरमाईलो महसुस गरिरहेको छु ।
भात खुवाई (पास्नी)का केहि फोटाहरु: Read more »
Filed under: छोरी, ब्लगरको आँखामा | Tagged: छोरी | Leave a Comment »
आज 2068 सालको तिहार कार्तिक ११ गते । म यति बेला कर्म थलो काठमाडौंमा छु । अहिले दिउसोको 1.00 बजेको छ । नरमाईलो लागि रहेको छ । निधार खाली, कोठामा एक्लै । यो जस्तो विडम्बना अरु के नै हुन सक्ला र नेपाली, त्यसमाथि हिन्दुकालागि । एक्लै बसाई छ काठमाडौंको खाल्डो भित्रको एक घरको एक कोठामा ।
आज मलाई एउटा कुराको महशुस भैरहेको छ । मेरा दिदी बहिनी भएका भए सायद आज मेरो निधार खाली रहने थिएन । म घर भएको भए पनि वा म काठमाडौंमा भएको भए पनि मेरा दिदी बहिनीहरु मेरो निधार भरिदिनका लागि हाजिर हुने थिए । तर मेरो र मेरा भाईहरुका लागि यो सौभाग्य जुरेन यो जुनिमा ।
मैले यसो लेखिरहदा, मेरो घरमा मेरा दुई भाईहरु (रुपेन्द्र र रबिन्द्र) र मेरो बुबालाई टिका लगाईदिन आउनु भएको मेरो कान्छी फुपु ज्वरो आएर सुतिरहेनु भएको छ । मेरो फुपुलाई सिघ्र स्वास्थ्यको कामना गर्दछु । Read more »
Filed under: तिहार, ब्लगरको आँखामा | 2 Comments »
Filed under: ब्लगरको आँखामा | Tagged: photos, Tihar | Leave a Comment »

अधिकारकर्मी दयाराम परियारलाई मानव अधिकार आन्दोलनकै पहिलो सहिद घोषणा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिश गर्ने । समाचारका लागि यहाँ थिच्नुहोस्
Filed under: फोटो ब्लग | Leave a Comment »
-राजेन्द्र विश्वकर्मा
rajendra.gulmionline@yahoo.com
“मैले यस लेखमा माओवादीको तेश्रो ३ दिने आमहडताल र अहिलेसम्म निरन्तर रहेको संविधानसभा बैठक बहिष्कारलाई छोटकरीमा केलाउन खोजेको छु । खास विषयवस्तु के हो भने माओवादीले ३ दिने आम हडताल किन घटाए र निरन्तर बहिष्कार गरिरहेको संविधानसभाको बैठक किन बजेट मात्र पारित गर्न ३ दिन खुल्ला गरे । के माओवादीले जनतालाई मध्यनजर राखेर यी काम गरे त ।”
संविधानसभाको पहिलो समय तालिका अनुसार अहिले संविधानसभामा संविधानको पहिलो मस्यौदा प्रस्तुत गरी त्यो मस्यौदा जनता सामु छलफल र राय सुझाव संकलन गरी सकि आएको राय सुझावलाई मस्यौदामा राखी मस्यौदालाई अन्तिम रुप दिनतिर लाग्नु पर्नेे तर अहिले संविधानसभाको समय तालिकालाई आठौं पटक संशोधन गरी सक्दा पनि संविधानको एकिकृत पहिलो मस्यौदासम्म बाहिर आउन सकेको छैन । यसरी सरसर्ती हेर्दा संविधान बन्ने नबन्ने केहि अकलन गर्न सकिने अवस्था छैन । संविधान बनाउने राजनीतिक दलहरु आ आफ्नो राजनीतिक स्वार्थमा लिप्त भैरहेका छन् । राजनीतिक दलहरु संविधान बनाउने तर्फ भन्दा मेरे गरुको बाह्रै टक्का भन्नेमा व्यस्त छन् । Read more »
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2066 को मंगलमय शुभ कामना
Filed under: ब्लगरको आँखामा | Leave a Comment »
दलित हित विद्यार्थी संगठनले २०६५ फागुन १५ गते बिहीवार संविधान सभामा संवैधानीक समितिलाई नयाँ संविधानमा दलित हक अधिकार सुनिश्चित गराउन दिएको सुझाव-पत्र
Filed under: ब्लगरको आँखामा | 2 Comments »
आज माघ २९ गते २०६ बल्ल धेरै दिन पछिको प्रयासमा वेयरलेस इन्टरनेट जोडिएको छ । यति बेला रातिको ३ बजेको छ । लोडसेिडंगको कारणले गर्दा म यति बेला कम्युटर खोलेर बसिरेको छु ।
Filed under: ब्लगरको आँखामा | 2 Comments »
बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिए पनि,
झरनालाई नि तिर्खाईमा तड्पिए पनि,
सहासको बाटो परिवर्तन नहोस्
यात्रा निरन्तर चलिरहोस
हुरिबतासको लहर जति नै बेगले चले पनि,
कर्मको दियो अटुट बलिरहोस,
शुभ happy new year 2009 को अवसरमा सु-शब्द शुभ-कामना
-राजेन्द्र विश्वकर्मा, rajendra.gulmionline@yahoo.comm
Filed under: ब्लगरको आँखामा | Leave a Comment »