मेरो बारेमा

“जुन दिन राज्य सत्तामा ब्राह्मणवादको अन्त्य हुन्छ, त्यस बेला मात्र पछाडि परेका वर्ग समुदायको मानव अधिकारको संरक्षण, उत्थान, विकास र परिवर्तन हुन्छ।”

तपाई र मेरो दोहोरी

**कहिले देखि ब्लग गर्न सुरु गर्नु भो?
३ जुलाई २००६ ।

**ब्लग कसरी गर्न थाल्नु भो?
     मैले ब्लग मेरो व्यक्तिगत कुरा लेख्ने क्रममा शुरु गरे । तर केहि समय पछि मेरो ब्लगपोष्ट गर्ने तरिकामा केहि परिवर्तन गरि क्षेत्र निर्धारण गरे । किन कि मैले ब्लगपोष्ट गर्न लागेको क्षेत्रका बारेमा खासै नेपाली भाषामा ब्लगहरु भएकोले मैले ब्लग गर्न थाले । त्यो क्षेत्र हो उत्पीडित उपेक्षित वर्ग समुदाय जो समुदायलाई दलित पनि भन्ने गरिन्छ ।

**ब्लगलाई समय कति दिनु हुन्छ?
    अपूर्ण । किन कि हात मुख जोड्नलाई पनि अरु काम गर्नै पर्यो ।

**के तपाई ब्लगबाट सन्तुष्ट हुनुहुन्छ?
    सन्तुष्ट छु ।

**तपाई कति वर्षको नि?
    हिसाब गर्ने जिम्मा तपाईको । मेरो जन्म २०४० मंसिर २१ गते ।

**तपाईको जन्म थलो?
    गुल्मी जिल्ला सिमीचौर गा.वि.स. वार्ड नं. ८ मा बावु चन्द्रबहादुर र आमा शान्तिकुमारीको कोखबाट ।

**तपाईको नाम नि?
राजेन्द्र बिश्वकर्मा ।
Rajendra Bishwakarma

**यस ब्लगमा भएका सामग्री मलाई मन परेन भने?
तपाईले यो ब्लग नहेर्नु नै बेश हुन्छ । किन कि यो एउटा ब्लग हो यसमा ब्लगगरका दृष्टिकोणहरु, ब्लगगरले देखेको, मनमा लागेको, ब्लगगरले भोगेका, कुरा राख्न सक्छ । त्यसैले यो समाचार साईट पनि होइन ।

**तपाईको निति नि?
यस ब्लगमा प्रतिकि्रया लेख्खा सभ्य मर्यादित व्यक्तिगत आक्षेप नआउने खालले लेखिदिनु होला । यदि यस्तोबाट बाहिर गई अश्लिल असभ्य अमर्यादित हुन गएमा त्यस व्यक्तिको नाम ईमेल ठेगाना आईपी ठेगाना जस्ता कुरा सार्वजनिक गरिनेछ । तर सभ्य मर्यादित भएमा सबै कुरा गोप्य राखिनेछ ।

अन्तमा तपाईलाई सम्पर्क गर्ने माध्यम?
मोबाइलः +977-98511 51111/9841687136
ईमेल: rajendra.gulmionline@yahoo.com
rajendra.gulmionline@gmail.com

rajendra.gulmionline@hotmail.com

“ब्रह्मणवाद भनेको एक जाती (बाहुन-छेत्री), एक धर्म (हिन्दू), एक भाषा (खस-नेपाली), एक संस्कृती (हिन्दू), एक क्षेत्र (काठमाडौं) र एक लिंग (पुरुष)ले अन्य जनजाती, जातजाती, धर्म, भाषा, संस्कृती, क्षेत्र र लिंगलाई दमन गर्ने सिद्दान्त, निती र व्यवहार हो ।”