यही कालखण्डमा

राजेन्द्र विश्वकर्मा
२०६५ जेष्ठ ०८

म चाहान्छु,
मेरै शब्दमा,
यही कालखण्डमा,
सबैका लागि,
यस्तो संविधान बनोस,
जसले,
फेरी,
गृह युद्ध होइन,
सामाजिक न्याय दिओस,
शसत्र द्धन्द होइन,
सामाजिक सद्भाव होस,
आन्तरिक उपनिवेश होइन,
सामाजिक मेलमिलाप होस्,
जातीय, क्षेत्रीय, लैङ्गकि,
अनि,
भाषिक विभेद होइन,
जसले,
एकताको सन्देश,
प्रवाह गरोस्,
तब,
दिगो शान्ति र विकास,
म,
यही चाहान्छु,
फेरी,
जातीय विभेदका कारण,
क्षेत्रीय, लैङ्गकि र भाषिक विभेदले,
फेरी अर्को,
संविधानसभा र संविधान,
निर्माण गर्न नपरोस्,
यही कालखण्डमा,
हामी सबैको,
एउटै,
पहिचान, सम्मान,
अधिकार र अस्तित्व ।।