यौन स्वास्थ्यबारे खुलेर कुरा गर्न थाले ठिटाठिटी

2007-12-15, Saturday,
काभ्रे/ काभ्रेको चलाल गणेशस्थान गाविसका १९ वषर्ीय सन्तोष गुरागाई“लाई अहिले यौन स्वास्थ्यका बारेमा किशोरी साथीस“ग कुरा गर्न कुनै शंकोच लाग्दैन । शुक्रबार समूहमा भेला भएर उनी हस्तमैथुनको विषयमा कुरा गर्दै थिए ।
‘हस्तमैथुन गर्नु गलत त होइन, तर धेरै गर्नु हु“दैन’- किशोरावस्थामा हुने स्वप्नदोष, हस्तमैथुन र महिनावारीका बारेमा उनले साथीहरूस“ग र्सार्वजनिक रूपमा भने- ‘जीवनस“ग गा“सिएका कुरा गर्न किन लजाउनु, बरू जानेन भने ज्यान नै जान सक्छ ।’ युवाका लागि स्वेच्छिक परामर्शअर्न्तर्गत साथी शिक्षा पाएपछि सन्तोषमात्र होइनन् सो गाविसका किशोरकिशोरी दौंतरीस“ग यौनका बारेमा यसैगरी खुल्न थालेका छन् ।

नेपाल परिवार नियोजन संघ काभ्रेले किशोरकिशोरीका लागि स्वेच्छिक परामर्श अभियान चलाएपछि चलालमा मात्रै ५० जना साथी शिक्षक तयार भएका छन् । उनीहरू अधवैंसे काका, दाजुहरूलाई पनि परिवार नियोजन तथा यसका अस्थायी साधनका बारेमा फर्ुसद लिएर बताइदिन्छन् ।

‘कसैलाई कन्डोम लगाउने तरिका नै थाहा नभएकाले पनि अप्ठेरो परेको फेला पारेका छौ“’-१८ वषर्ीय मधुसूदन कोइरालाले भने । कोइराला स्कुलबाट र्फकेपछि भर्खर बिहे भएका जोडीलाई कन्डोम प्रयोग गर्ने तरिका पनि सिकाउ“छन् । उनका अनुसार धेरैले त लाज मानेरै आफ्नो समस्या लुकाउने गरेका छन् । तर, यौनलाई मानवीय आवश्यकता र स्वास्थ्यस“ग जोडेर हर्ेन सिकेका भने आफंै कन्डोम लिन आउने गरेको कोइरालाले बताए ।

‘पहिले त यौनका कुरा गर्न धेरै लाज लाग्थ्यो, अब यस्ता कुरामा बेवास्ता गरे जीवन नै जोखिममा छ भन्ने बुझिसके सबैले’- १७ वषर्ीया लक्ष्मी तामाङले बताइन् । उनी पनि आफूजस्तै साथीलाई महिनावारी, किशोरी अवस्थामा आउने शारीरिक, मानसिक परिवर्तनलगायतका विषयमा खुलेरै सिकाउ“छिन् ।

वयस्क साथीलाई यौनका बारेमा जानकारी दिन उनीहरूले गाउ“मा तीन समूह बनाएका छन् । यसरी सिकाउ“दा एचआइभी/एड्स र अन्य कुलतबाट किशोरकिशोरीलाई मुक्त गर्न सकिने उनीहरूको विश्वास छ । लागूऔषध र यौनरोग एक अर्काका मित्र भएको उनीहरू बताउ“छन् । ‘नशाले मानसिक उत्तेजना बढाइदिन्छ, त्यसैले अपराधको जन्म हुन्छ’- उनीहरूको कथन छ । संघको स्वेच्छिक परामर्श अभियानमा जिल्लाका ६ सय ५० किशोरकिशोरी संलग्न छन् ।

Source:  नयाँ पत्रिका