२२ दलित गिरफ्तार

जेवी विश्वकर्मा
२७ असार, काठमाडौं । दलित समुदायलाई संविधानसभामा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गराइनु माग सहित आज बिहान िसंहदरबार अगाडि दलित नागरिक आन्दोलनले धर्ना दिएको छ । निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै प्रहरीले २२ जना अधिकारकर्मीहरु गिरफ्तार गरेको छ । अन्तरिम संविधानको दुई पटक संशोधन हुँदा समेत संविधानसभामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व नभएको भन्दै नागरिक आन्दोलनले उक्त धर्ना आयोजना गरेको आन्दोलनका संयोजक विनोद पहाडीले बताउनु भयो । दलित समुदायको संविधानसभाको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने दरबारको खर्च पूर्ण रुपमा कटौती गर्नुपर्ने र दलित र जनमुखी बजेट घोषणा गरिनु पर्ने र सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमले दलित समुदायको मागलाई राम्ररी संम्बोधन नगरेको कारण त्यसके संशोधन गरी दलितमुखी कार्यक्रम ल्याइनु पर्ने मागसहित आधा घण्टासम्म िसंहदरबारको उत्तरी गेटमा बसेको थियो ।
धर्नाका क्रममा दलित नागरिक आन्दोलनका संयोजक विनोद पहाडी अन्तरिम संसदका विधायक पद्यमलाल विश्वकर्मा दलित नेता पदम सुन्दास दलित अधिकारकर्मीहरु गणेश विके केश बहादुर परियार विर बहादुर विश्वकर्मा दिलिप कुमार नेपाली कमल परियार कमल नेपाली सुभाष कुमार दर्नाल सन्तोष निरज नेपाली दिपक विश्वकर्मा जयराम कालिराज कमल बलमेट दर्नाल दुर्ग परियार गौरा नेपाली बुद्धि परियार अनुप विक उर्मिला विश्वकर्मा विनोद परियार सरिता परियार र ललित परियार हुनुहुन्छ । लोकतान्त्रिक सरकारले शान्तिपूर्ण धर्नाका क्रममा प्रहरी हस्तक्षेप गरी गिरफ्तार गरेको विरोध गर्दै सरकारको सो रवैयाप्रति दलित नागरिक आन्दोलनले खेत व्यक्त गरेको छ । दलित समुदायले उठाएका मागहरुलाई अन्तरिम संसद र सरकारले पनि दलितको सवाललाई वेवास्ता गरेकोले बताउँदै संयोजक पहाडीले सरकारले सही ढंगले हाम्रा मागलाई सुनेन भने देशैभरि प्रतिरोध आन्दोलन गन धर्ना र जुलुसलाई निरन्तरता दिने दलित जनवर्गीय संगठनसहित संयुक्त बृहत आन्दोलन गर्ने बताउनु भएको छ । अहिले गिरफ्तार गरिएका दलित अधिकारकर्मीहरु महेन्द्र पुलिसक्लब र िसंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।