उठौ, जुटौ अब ढिला भई सक्यो

छक्कु उदासी/जापान
यो जातिय क्रान्ति नयाँ हैन भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । “मानिस ठुलो दिलले हुन्छ जातले हुदैन” भनेर भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा अवस्य पनि पागल त हैन्न होला त्यहि सन्दर्भमा “मान्छे र सर्टिपिकेटलाई मान्ने हैन मान्छेको विचारलाई मान्नु पर्छ” भन्ने मेरो भनाई बुझाई बुझाईमा निर्थक हुन पनि सक्छ । तर मनमा लागेको कुरा ब्यक्त गर्न पाउने अधिकारको सदुपयोग गर्ने जर्मेको गरेकी छु ।

समयले २१ औं शताब्दीमा फड्को मारिसक्दा पनि दबाउन चाहने र हेप्न रमाउने अन्धो ब्राहमणवादी चिन्तनको समाजले जनजाति र दलित आवाजलाई कडा विरोध र आलोचनात्मक भाषाले यो सबै जातीय शाम्प्रदायिक धारणाको साँगुरो नारा हो भनेर उपहाश गरिन्छ । अनेक लाल्छाना पनि लाईन्छ । अनि नारीको सवालमा झन भाले बाँस्नुको सत्ता पोठी बाँस्न थाली उत्ताउली र नखरमौली जस्ता अनेक लाल्छाना लगाउनुको साथै कामइच्छाको साधन भन्दा अर्को गतिलो चस्माले हेर्ने गरेको पाईदैन । नारी भनेका एउटा रथको दुई पांग्रा हुन भनेर महसुस गर्ने चेतना अधिकांशमा अझै पहलाएको छैन ।
तर म के भन्न चाहान्छु भने खुट्टा तान्नेले तान्दै गर्छ आफै थाक्छ गल्छ । भन्नेले जे पनि भन्छ । भन्नेको मुख थुन्न सकिदैन । हामी आफै नजुटे अरुले जुटाउदैन अरुले त फुटाउन मात्रै जानेको छ । तसर्थ जति पनि नारी दलित पीडित र उत्पीडित वर्गहरुले अब मानसिक खिन्नता पालेर समय खेर नफालौ । बरु आ-आफ्नै ठाँउबाट आफ्नै आवाज र सहि र समय सापेक्ष निकालौ । आफुमा भएको खुबिको सदुपयोग गरौं । ढुंङ्घामा बीउ छरेर भए पनि हेरौ । चाहाने र गर्ने हो भने यो दुनियाा सम्भव नै सम्भवको खानी हो । पहिला आफैमा हलचल लिनै पर्छ ।
साढे दुई करोड जनताले मार्ने र मर्ने क्रम छिट्टै अन्त्य हुने मुख्य आशा गरेका छन । त्यस पछि निकास विकास र शान्ति चाहेका छन । तर अझै पनि आशा मै सिमित हुनु परेको छ । राजनैतिक द्धन्द बेग्लै खेप्नुको साथै हाम्रो नेपाली संस्कार अनुसार सामाजिक िहंसा दुई किसिमले हुने गरेको छ । एक शारीरिक र अर्को मानसिक हो । शारीरिक िहंसा गर्नेलाई कानुन छ । सोहि अनुसार संजाय तोकिएको छ । तर मानसिक िहंसा गर्नेलाई न कानुनमा उल्लेख नै छ न संजायनै दिईन्छ । जस्ले विकराल रुप लिईरहेको छ । अनि प्रत्यक्ष र अप्रत्यक्ष मान्छेलाई अन्धो बनाएको छ । नजरबन्द बनाईएको छ र जिउदै बलि बनाएको छ । जस्को फल स्वरुप अब पनि मानसिक िहंसा प्रति कोहि पनि गम्भीर नहुने र वास्ता नगर्ने हो भने मुलुकमा अझै भयाबह परिस्थिति नआउला भन्न सकिन्न ।
ठुलाले सानालाई धनीले गरीबलाई माथिल्लो जातले तल्लो जातलाई पुरुषले नारीलाई र योग्यले अयोग्यलाई हेप्ने र निच्याउने खेलको अन्त्य कहिले हुने आफ्नै भाग्यलाई दोष दिएर कहिलेसम्म हार सहेर बस्ने किन यो सम्बेदनशिल परिस्थिति प्रति कसैको चिन्तन हुन सकेको छैन के यो गम्भीर जिम्मेवार सबैको साझ हैन र यो कस्तो बिडम्बनाको कुरा त्यसैले अब सम्बन्धित सबैको सोचाईमा परिवर्तन हुनै पर्छ । नत्र कौनाको सचेत तोपलिएको नागरीक हैसियत अचेत साबित होला नी ७३ढटण्स भन्दै ध्यानाकार्शन गर्छु ।
समयको खेलसंगै उमेरले जेठो र कान्छो अनि परिस्थितीले धनि र गरीब प्रकृतिले पुरुष र नारी हुनु अपरिहार्य विषय हो । वास्तबमा यो समस्या नै हैन र पनि केहि मात्रमा भए पनि जुन सुकै शभ्य र धनि राष्ट्र किन नहोस त्यहा पनि छिप्न सकेको छैन । तर दुःखको कुरा के भने ंिलङ्ग जाती उमेर वर्ण राजनैतिक र औकात जस्ता भेद नामक रोगले अस्वभाविक ढंगले ग्रष्त भएको देश नेपाल मात्रै हो भन्दा फरक नपर्ला । जस्ले झन झन उग्र रुप लिईसकेको छ । बल्ल बल्ल केहि समय यता छुवाछुत अन्त्य भएको घोषणा भएको थियो । तर त्यो घोषणा घोषणामै सिमित छ । व्यवाहारमा खासै लागु भएको छैन ।
हाम्रो मुलुकमा यिनै विद्यमान रोगलाई अभिलम्ब निर्मुल पार्नै पर्छ । साच्चै नयाँ नेपालको आशा गरी आमुल परिवर्तन ल्याउने नै हो भने पीडित उत्पीडित र दलित वर्गबाट नै सुरु गर्नु पर्छ । नयाँ नेपालको शुरुवातसँगै जातिय छुवाछूतको समस्या पनि समाधान हुनु पर्छ्र त्यसैले जति दलित समुदायको तर्फबाट परिवर्तन गर्न भएका आन्दोलन र कार्यहरु छन ति सबै स्वागत योग्य नै छन् तर अहिलेको यस तरल अवस्थामा जति दलित समुदायको तर्फबाट दवाव हुनु पर्ने हो त्यो भएको छैन त्यसैले समयले डाँडा काटि सक्न लागेको छ । उठौँ । फेरी नँया नेपालमा पनि समस्या जस्ताको तस्तै रहने स्थिति आउला ।