राजनीतिमा हामी

सरिता परियार
केही दिनअघि राजनीतिमा दलित महिलाको सहभागिता विषयक अन्तक्रिया भयो । म पनि सहभागी थिए“ । काठमाडौंमा हुने दलित सम्बन्धी यो मेरो पहिलो कार्यक्रमको अनुभव थियो । विषय सार्न्दभिक भए पनि छलफल त्यति गम्भीर ढंगले हुन नसकेकाले दर्ुइ चार शब्द लेख्न मन लाग्यो ।दलित महिला राजनीतिमा आउन नसक्नुको मुख्य कारण साह्रै हृदयविदारक छ । सम्भि“mदामात्रै पनि आङ सिरिङ्ग हुन्छ । उनीहरू आजसम्म पनि म किन डराउ“छु भन्न्ो प्रश्नमा अनुत्तरित छन् ।

आफूमाथिको अन्यायलाई पर्ूवजन्मको फल ठान्न उनीहरू बाध्य छन् । एकातिर महिला हुनुको बोझ छ भने अर्कातिर दलित हुनुको मर्म । महिला, त्यसमा पनि अशिक्षित, गाउ“ले तथा गरिब भएकाले आम महिलाभन्दा फरक जिन्दगी उनीहरूले भोगिरहेका छन् भने जातीय छुवाछूत र भेदभाव कुरा गरिसाध्य छैन ।
यसो भन्न पनि सकिन्छ, छुवाछूत, भेदभाव र अपमानको खास अनुभव र अनुभूति दलित महिलालाई जति अरू कसैलाई हु“दैन । उनीहरू नै हुन् गाउ“ घरमा धारा, प“धेरो, चुलोचौको, अर्मपर्म, मेलापात र अन्य सामाजिक रीतिरिवाजमा सहभागी हुने, जहा“ भेदभाव चरमरूपमा हुने गर्छ । यसबाहेक घरपरिवारको स्याहारसुसार, घरव्यवहार, बालबच्चा पाउनु तथा लालनपोषण र कहिलेकाही“ श्रीमान्को टोकसो र कुटपिट नियमित विषय हुन् । यस्तो विषमपरिस्थिति तोडेर दलित महिलालाई राजनीतिमा सहभागी गराउन गरिने छलफल हल्का टिप्पणीका विषयवस्तु तथा एनजीओ गोष्ठीमा सीमित विषय बनाउनु ह“ुदैन ।
हुन त दलित महिला अन्य महिलाभन्दा निकै स्वतन्त्र छन् । गरिबी र भोकमरिका कारण दलित परिवारमा बिहान सबेरैदेखि श्रीमान्श्रीमती कामका सिलसिलामा लाग्छन् । चैातारामा थकाइ मार्दा एक अर्काको निधारको पसिना पुछी दु.खमै सुखको अनुभूति गर्छन् । स“गै बसी खाना खान्छन् । उनीहरूम्ाा पुरुष र महिलाबीचको दूरी तुलनात्मकरूपमा कम हुन्छ ।
कुनै पनि पार्टर्ीी आफ्नो दस्तावेज वस्तुनिष्ठ बन्न सकेको छैन । उनीहरूको दृष्टिकोण, नीति तथा कार्यक्रम केही छैन । हामीले दबाब त्यसमा केन्द्रित गर्नुपर्छ । यति हु“दाह“ुदै पनि कुनै दलित महिला अपवादका रूपमा आफ्नै क्षमताको आधारमा पार्टर्ीी प्रवेश गरेकी छन् भने पनि सामूहिक संरक्षणका अभावमा आफ्नो क्षमता र प्रतिभा कुण्ठित गरेर बस्न बाध्य हुन्छिन् ताकि अन्य दलित महिलाका लागि राजनीतिमा आउन ऊर्जा मिलोस् । उनीहरूलाई राजनीतिमा लाग्न प्रेरणा र हौसला दिने परिपाटी कतै छैन, न पार्टर्ीीत्र न बाहिर । घर र परिवारको वातावरण त शतप्रतिशत नकारात्मक छ ।
यसको अर्को पक्ष हो आर्थिक । राजनीतिमा दलित महिला नआउनु तथा आएका पनि नटिक्नुमा आर्थिक कारणले निर्ण्ाायक भूमिका खेलेको छ । चरम गरिबी र अभावबाट गुज्रिने उनीहरूको जिन्दगीमा राजनीति स्वाभाविक रूपमा प्राथमिकताको क्षेत्र होइन । जो महिला बेसहारा जीवन जिइरहेकी हुन्छे, ऊ राजनीतिकमा कसरी आउ“छे – जबकि उसको जीवन नै गँ“स, बास, कपासजस्तो आधारभूत आवश्यकता पूरा गर्नुमात्रै बनिसकेको हुन्छ । यो कुरा एकदम भोकाएको व्यक्तिलाई अण्डा दिएजस्तै हो । जसको अगाडि त्यो अण्डाबाट चल्ला तयार पार्ने, हर्ुकाउने तथा बेचेर पैसा कमाउने कुरा मीठो आदर्शमात्र हो ।
अहिले पनि दलित महिलाले कामको उचित पारिश्रमिक नगदमा पाउ“दैनन् । बालीघरे प्रथा तथा अर्मपर्मले उनीहरूको श्रमको सम्मान गर्न सक्दैन । त्यसैगरी दलित महिलाले उनीहरूका साहु तथा अन्य स्थानीय जमिनदारकहा“ विभिन्न रूपमा निःशुल्क काम गर्नुपर्ने बाध्यता छ । दलित महिला भएका कारण समान कामको समान ज्याला नपाउ“दा पनि अन्यायविरुद्ध बोल्न नसक्नु उनीहरूको बाध्यता हो । उनीहरूको यो मधुरो स्वरमा साथ दिनुपर्ने सामाजिक आन्दोलनको ध्यान पनि त्यता जान सकिरहेको छैन । त्यसैगरी अन्य वैकल्पिक अर्थोपार्जनका साधन प्ानि उनीहरूस“ग छैनन् । गाउ“घरतिर प्रायजसो महिलाको पेवा हुन्छ । दलित महिलाको त सामान्य पेवा पनि ह“ुदैन जसलाई आफ्नो शिक्षादीक्षामा खर्च गर्न पाउ“दैनन् । अझ ऊ विवाहित छे भने त्यही पनि जा“डरक्सीमै उसका श्रीमान्ले सिध्याइदिन्छ । कम लगानीमा सानोतिनो व्यवसाय गर्न पनि दलित महिलालाई हाम्रो समाजमा रोकजस्तै छ । सामान्य दलित महिला चिया पसल तथा दूध बेचेर भए पनि आफ्नो घर्रखर्च चलाउ“छु भन्दा पनि समाज त्यसअनुकूल छैन ।
दलित महिलाको राजनैतिक सहभागिता नहुनुको अर्को कारण हो सामाजिक तथा सांस्कृतिक अवरोध । पुरुषस“ग बोल्दा अत्यन्त सावधानी अपनाएर बोल्नुपर्ने हुन्छ । त्यसका बदला पुरुषले महिलाका लागि बोल्ने शैली र शब्दै फरक हुन्छ । दलित महिलाका लागि झन् असभ्य शब्द प्रयोग हुन्छ । दलितहरू शारीरिक रूपमा अस्वस्थ्य हुनु, कालो हुनु, नराम्रो हुनुको कारण दलित जातको कारण नभई अन्य थुप्रै कारण छन् । त्यसमा पनि मुख्य कारण बच्चा गर्भावस्थामा हु“दा गरिबीका कारण बढी बलको काम गर्नुपर्ने, उचित खाने कुराको कमी, बढी मानसिक पीडा, सामूहिक अपमानका कारण सहनुपरेको दुःख जसले बच्चालाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । आमालाई यस्तो हुनु भनेको बच्चा अपांग, अस्वस्थ, सुस्तमनस्थिति भएको जन्मनु हो । यसैलाई पछि जातमा परिणत गरिन्छ ।
दलित युवायुवती अलि राम्रो, गोरो छाला भएको, शिक्षित ,सभ्य, क्षमतावान् भए छेत्री बाहुनजस्तो भनेर भनिन्छ ।
यसले नजानिदो पारामा दलित महिलाको सामाजिक असुरक्षा बढाउ“छ । दलित महिलालाई राजनीतिको मूल प्रवाहमा ल्याउने ठुल्ठूलो कुरा भइरह“दा यी र यस्ता मसिना कुरामा पनि ध्यान दिन पाए बहसले तार्किक निष्कर्षा पुर्‍याउ“थ्यो ।
श्रोत: कान्तिपुर दैनिक[2007-06-23]