आवाज साँस्कृतिक साँझको एक झलक

AawajCulturalprogramme-2064045.jpg
गायक राजु परियार गीत गाउदै(अन्य फोटो हेर्न भित्र जानुहोला All photo by Rajendra Bishwakarma)
आवाज कलाकार नेपालको प्रथम वार्षिकोत्सवको अवसर पारेर हिजो काठमाडौंमा आवाज साँस्कृतिक साँझ २०६४ कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मामो प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । आवाज कलाकार नेपालले साँस्कृतिक कार्यक्रम मात्र गरेन सोही अवसरमा सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई पनि सम्मान गरेकेा छ । सम्मान हुने व्यक्तित्वहरुमा बरिष्ठ वाजा विशेषज्ञ तथा अन्वेशक रामशरण दर्नाल, बरिष्ठ चलचित्र निर्देशक निर्माता लेखन तथा अभिनेता तुलसी घिमिरे, बरिष्ठ सारंगी बाधक जंगबहादुर गन्धर्व, संगीतकार शुभबहादुर सुनाम, संगीत साधक भगत िसं, बरिष्ठ संगीतकार संगीत संयोजक तथा गायक गणेश परियार रहनु भएको छ । त्यसै गरि आवाज कलाकार नेपालले प्रत्येक वर्ष एक स्रष्टालाई सम्ममान गर्ने भएको छ र यस वर्षको आवाज सम्मान २०६४ बाट लोक तथा दोहोरी गायक राजु परियारलाई सम्मान गरेकेा छ ।
सांगीतिक क्रान्तिबाट समाजलाई परिवर्तन गर्न सजिलो हुने र मानिसहरुले यसबाट सहजै रुपमा छिटो कुरा बुझ्ने हुनाले पनि यसलाई सजिलो माध्यम मानिने गरिन्छ । आवाज कलाकार नेपालले पनि नेपालको जातिय छुवाछूतको विरुद्धमा आफुलाई उभाई सकेको छ र त्यसैको प्रतिफल स्वरुप हिजो सोही कार्यक्रमबाट दोहोरी गीति एल्वम “रुमाल धोको छु” AawajCulturalprogramme-2064021.jpgसार्वजनिक गरेको छ । जसमा दुई वटा गीत समावेश गरिएको छ । ए र बी साईडमा क्मशः रुमाल धोकोछु यो खोलीको पानी कोही नखानु मैले छोकोछु र मन हैनर मान्छे मान्छे ए बाबा एउटै होईन र रहेका छन् भने गायक गायिकाहरुमा राजु परियार कृष्णा परियार कुलेन्द्र विश्वकर्मा र कल्याण गन्धर्व रहनु भएको छ । ए साईटको शब्द झलक संगीतम र संजीवनीको रहेकेा छ भने लय र संगीत संयोजन बीबी अनुरागीको रहेको छ । त्यसै गरि साईट वी को शब्द लय संगीत संयोजन खेम आशिसको रहेकेा छ ।
आवाज साँस्कृतिक साँझका फोटाहरु
AawajCulturalprogramme-2064010.jpg
कार्यक्रमलाई दिपज्वलन गरि उदघाटन गर्दै कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्मा
AawajCulturalprogramme-2064019.jpg
कार्यक्रममा सम्मानित व्यक्तित्वहरु
AawajCulturalprogramme-2064054.jpg
गायक राम नेपाली गीत गाउदै
AawajCulturalprogramme-2064023.jpg
आवाज कलाकार नेपालका कलाकारहरु नृत्य प्रस्तुत गर्दै
AawajCulturalprogramme-2064025.jpg
गायक यश कुमार गीत गाउदै
AawajCulturalprogramme-2064026.jpg
गायक कुलेन्द्र विश्वकर्मा गीत गाउदै
AawajCulturalprogramme-2064027.jpg
आवाज कलाकार नेपालका कलाकारहरु लोपोन्मुख राउटे नृत्य प्रस्तुत गर्दै
AawajCulturalprogramme-2064030.jpg
आवाज कलाकार नेपालका कलाकारहरु लोपोन्मुख राउटे नृत्य प्रस्तुत गद
AawajCulturalprogramme-2064032.jpg
गायिका निशा सुनार गीत गाउदै
AawajCulturalprogramme-2064033.jpg
गायक शिव परियार गीत गाउदै
AawajCulturalprogramme-2064037.jpg
हस्य कलाकार रेशम फिरिरि दर्शकहरुलाई हसाउदै
AawajCulturalprogramme-2064056.jpg
कार्यक्रमका सहभागीहरु नाचेर मनोरन्जन लिदै
AawajCulturalprogramme-2064053.jpg
कार्यक्रमका सहभागीहरु नाचेर मनोरन्जन लिदै
AawajCulturalprogramme-2064051.jpg
कार्यक्रमका सहभागीहरु नाचेर मनोरन्जन लिदै
AawajCulturalprogramme-2064039.jpg