आवाज साँस्कृतिक साँझ शुक्रबार

आवाज कलाकार नेपालको प्रथम वार्षिक उत्सवको शुभ उपलक्ष्यमा आयोजीत गौरवमय प्रस्तुति “आवाज साँस्कृतिक साँझ २०६४” नाम दिएको कार्यक्रम यहि असार ८ गने शुक्रबार दिउसो ४ बजे काठमाण्डौको राष्ट्रिय सभा गृहमा हुने भएको छ ।
नेपाली दलित कलाकारहरुको एकमात्र छाता संगठन तथ मंचका रुपमा स्थापित यो संस्थामा अहिलेसम्म २०० दलित कलाकारहरुको प्रत्यक्ष संलग्न रहेको र ती सम्पुर्ण सदस्य रहेको आवाज कलाकार नेपालका कोषाध्यक्ष तथा आवाव साँस्कृतिक साँझका संयोजक रामजी नेपाली बताउने भयो । दलित कलाकारहरुको हकहितमा लाग्ने व्यक्तिहरुलाई उचित सम्मान सहयोग गर्दै नेपाल भित्रका जातजातिहरुका मौतिक कला संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि उचित कृयाकलापहरु संचालन गर्ने तथा समाजमा विद्यमान रहेकेा जातीय छुवाछूत धनी गरीब उचो र निचो भन्ने कुसंस्कृतिको अन्त्य गर्ने हेतुले स्थापना भएको यस संस्थाले एक वर्ष भित्रमा धेरै काम गरिसकेको छ । यसको उदाहरण हो हरिनारायण शर्मा मृगौला प्रत्यारोपण सहयोगार्थ विविध साँस्कृतिक साँझ २०६३ सफलता पूर्वक सम्पन्न गरेको छ । र असार ८ गते पनि हामीले दलित बरिष्ठ कलाकारहरुलाई सम्मान गर्दैछौ । यो नेपालको ईतिहासमा पहिलो ऐतिहासिक काम हो । अहिलेसम्म यस्तो काम कसैले पनि गरेका छैनन । रामजी नेपालीले थप्नु भयो ।
यस कार्यक्रममा काठमाण्डौमा अहिले उपलब्ध दलित सम्पुर्ण कलाकारहरुको उल्लेख्य उपस्थिति रहने भएको छ । (कलाकारहरुको नाम हेर्न यहाँ थिच्नुहोस ।)
यसै कार्यक्रममा आवाज कलाकार नेपालले नेपाली कला संस्कृति एवं गीत संगीत लगायत विभिन्न विधाहरुमा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । सम्मान गर्ने व्यक्तित्वहरुमा बरिष्ठ वाजा विशेषज्ञ तथा अन्वेशक रामशरण दर्नाल बरिष्ठ चलचित्र निर्देशक निर्माता लेखन तथा अभिनेता तुलसी घिमिरे बरिष्ठ सारंगी बाधक जंगबहादुर गन्धर्व संगीतकार शुभबहादुर सुनाम संगीत साधक भगत िसं बरिष्ठ संगीतकार संगीत संयोजक तथा गायक गणेश परियार रहनु भएको छ ।
सम्मान कार्यक्रम सम्पन्न भई सके पछि अनौपचारिक कार्यक्रममा नेपाली सांगीतिक फाँटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु हुने बरिष्ठ दलित कलाकारहरु देखि लिएर अहिलेको बजारमा सबैका मनका ढुकढुकी बन्नु हुने सबै दलित कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुति रहनेछ । जसमा लोक नृत्यहरु लोक दोहोरीले भरपूर मनोरंजन दिईने कुरा कार्यक्रम संयोजक रामजी नेपालीले जानकारी दिनु भयो ।