“नेपाल” साप्ताहिकमा ब्लग र ब्लगरका कुरा

मनको साथी

इन्टरनेटमा आँखा डुलाइर हेका सहरी युवाहरुको भावना ब्लगमा छताछुल्ल
कञ्चन अधिकारी
गाउँघरमा कथित ठूलो जातिले दलितलाई हेपेको उनी अझै पनि झलझली सम्झन्छन्  । अन्याय सहन नसकी २४ वषर्ीय राजेन्द्र विश्वकर्मा बाल्यकालदेखि नै जातीय छुवाछूतविरुद्ध लागेका थिए । तर, छुवाछूत प्रथाविरोधी अभियान थाल्न उनले सोचेजस्तो माध्यम भने पाएका थिएनन् । “हामी गाउँका मानिसले बोलेको आवाज कसले पो सुनिदिन्थे र ! त्यसमाथि दलित भनेर हेपिएका हामी !” उनी सम्झन्छन् । तर, अहिले आफूले देखेका कुरा जस्ताको तस्तै उतार्ने ठाउँ पाएका छन्, उनले । त्यो हो, ब्लग ।


पाँच वर्षअघि अध्ययनका क्रममा काठमाडौँ छिरेका गुल्मी सिमिचौर-५ का राजेन्द्रले बाल्यकालमा भोगेका र देखेका जातीय छुवाछूतलगायतका सामाजिक विसङ्गति रोक्ने अभियानकै लागि इन्टरनेटमा ब्लग साइट प्रारम्भ गरे । ब्लगको माध्यमबाट उनले एक वर्षमा दलितका पक्ष्ामा थुप्रै उल्लेखनीय काम गरसिकेका छन् । दलित गैरसरकारी महासङ्घमा कार्यरत राजेन्द्रले दलितका गतिविधि आफ्नो ब्लगमा राख्ने गरेका छन् । “अब दलितको पक्ष्ामा आवाज उठाउन सजिलो भएको छ,” उनको अनुभव छ ।
राजेन्द्रझैँ इन्टरनेटमा आँखा डुलाइरहेका सहरी युवाहरू अहिले ब्लगतर्फ आकषिर्त भइरहेका छन् । अरु समाचार यहाँ क्लिक गर्नुहोस् http://www.kantipuronline.com/Nepal/jeevan_kala.php