दलित नागरिक सम्मेलन शुरु

आज राजधानीमा नयाँ नेपालमा दलित नागरिक नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रमुख अतिथ्यतामा सम्मेलन शुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रचण्डद्धारा जनआन्दोलन २०६३/०६३ का जनगायक रुविन गन्धर्वलाई नयाँ नेपालमा दलित नागरिक सम्मेलन बुलेटिन हस्ताण्तरण गरेर शुरु भएको थियो । देशमा चलिरहेको संघिय राज्यको पुर्नसंरचना र लोकतान्त्रिक गणतन्त्र स्थापनाका बहसमा दलित सम्बन्धि आफ्ना धारण प्रष्ट पार्न आठ राजनितिक दल र सरकार दबाव दिनलाई यो सम्मेलन गरिएको आयोजकहरुले जनाएका छन् । यो सम्मेलन दलित गैरसरकारी संस्था महासंघ नेपाल लगायत १९ वटा दलित गैरसरकारी संस्था र सचारसंग सम्बन्धित संस्थाहरुले आयोजना गरेका हुन् ।

सम्मेलनको आवश्यकता महत्व र औचित्य माथि प्रष्ट पार्दै आयोजक संस्था जागरण मिडिया सेन्टरका अध्यक्ष सुभासकुमार दर्नालले २०६२/०६३ सालको १९ दिन आन्दोलनबाट बनेको अन्तरिम दोश्रो संसोधनसम्म आईपुग्दा समेत दलित समुदायको आवाज कहि कतै नसमेटिएकोले यसबाट नराम्रो प्रतिफल आउने हुँदा अहिले राज्य सत्ताको बागडोर सम्मालि रहेका आठ दलहरुलाई सचेत बनाउन यो सम्मेलन आयोजना गरिएको बताउनु भयो ।
यो सम्मेलन भोलीसम्म चल्नेछ जसमा आज विभिन्न १८ वटा विषयमा कार्यपत्र माथि छलफल गरि भोलीसम्म चल्नेछ कार्यपत्रका विषयहरुः महिला र दलित अन्जना विसंखे, शिक्षा र दलित डा विद्यनाथ कोइराला, युवा र दलित गोविन्द परियार, नेवारी र दलित रामकृष्ण देउला, नागरिकता र दलित विनोद गुरुंग, गैरसरकारी संस्था र दलित मोतीलाल नेपाली, भूमि र दलित जगत देउजा, राजनीति र दलित गोकर्ण भट्ट, दुर्गम र दलित गणेश लोहार, मानवअधिकार र दलित जंग नेपाली, मधेस र दलित रामपि्रत पासवान, पेशा र दलित गणेश विश्वकर्मा, संचार र दलित विनोद पहाडि, आज छलफल गरिने भने आरक्षण र विशेषधिकार यामबहादुर किसान, प्राकृतिक श्रोत साधान हरि रोका, सामाजिक सांस्कृतिक तथा आर्थिक अधिकार राजकुमार त्रिखत्री, संविधान सभा तथा नयाँ संविधान निर्माण प्रकि्रयामा युवराज संग्रौला र संघियता र दलित आहुतिले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

सम्मेलनमा विभिन्न दलित समुदायले भोग्दै आएका समस्याहरुको जानकारी दिन नानीमैया नेपाली ललितपुरबाट, निर्मल बादी वादी समुदायको तर्फबाट, शिव टमता हलियाको तर्फबाट लगायत अन्य व्यक्तिले भोग्दै आएको प्रत्यक्ष घटना सुनाउनु भएको थियो । सम्मेलनका आठ दलका नेताहरु तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री खड्गबहादु विश्वकर्माको उपस्थिति रहेको छ भने दलित गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष मोतीलाल नेपालीको सभापतित्वमा सम्मेलन शुरु भएको छ । सम्मेलन भोली घोषणपत्र जारी गरि समापन हुनेछ ।
कृपया सम्मेलनका फोटो आज साझ मात्र राखिनेछ । पछि हेर्न कष्ट गर्नु होला ।