नेपाली काँग्रेस र दलित संस्थापक नेता देवव्रत परियार

त्रिभुवनचन्द्र वाग्ल
देवव्रत परियारले नेपाली राजनीति र रङ्गसाहित्यमा विशिष्ट योगदान दिनुभएको छ । राजनीतितर्फो सर्न्दर्भमा हर्ेदा उहाँ नेपालमा राजनीतिक परिवर्तन गर्ने उद्देश्यले भारतमा स्थापना गरिएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक हुनुहुन्थ्यो । यही पार्टर्ीीछि गएर नेपाली काँग्रेसमा परिणत भएकोले देवव्रत परियारको राजनीतिक इतिहास नेपाली काँग्रेसको स्थापनासँग जोडिएको छ ।

विसंं २००३ सालतिर भारतमा रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाले नेपालको राजनीतिक परिवर्तनका लागि सशक्तकिसिमको राजनीतिक सङ्गठन गर्नुपर्‍यो भन्न्ो आहृवान गर्नुभएको थियो । त्यस आहृवानलाई भारतीय र्सच लाइटलगायत विभिन्न पत्रपत्रिकाले महìवका साथ छापेका थिए । यस आहृवानपछि बनारसमा रहेका नेपालीहरूले विसं २००३ साल कात्तिक १५ गते -१९४५ अक्टोबर ३१) का दिन तेलियावागमा एउटा सङ्गठन गरे । त्यो राजनीतिक दलको नाम अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस राखियो । सो पार्टर्ीीे अध्यक्षमा देवीप्रसाद सापकोटा, उपसभापतिमा बालचन्द्र शर्मा, महामन्त्री कृष्णप्रसाद भट्टर्राई, र प्रचार मन्त्रीमा गोपालप्रसाद भट्टर्राई र सदस्यमा बटुकप्रसाद भट्टर्राई, नारायणप्रसाद भट्टर्राई र नरेन्द्र रेग्मी छानिए । यस राजनीतिक दलको घोषणापत्र तयार गरी व्यापक प्रचारप्रसार गर्न सन् १९४७ जनवरी २५ र २६ अर्थात् वि.संं. २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा रहेका र नेपालबाट भाग लिन गएका नेपालीको बृहद् सम्मेलन गरियो । सम्मेलनमा काठमाडौंबाट र्सर्ूयबहादुर भारद्वाज, गणेशमान सिंह, सुन्दरप्रसाद चालिसेलगायतको उपस्थिति थियो । विश्वेश्वरप्रसाद कोइराला, डिल्लीरमण रेग्मी र धनमानसिंह परियारहरू भारतबाटै सम्मेलनमा सहभागी हुनुभएको थियो । देवव्रत -डि.बि.) परियार दार्जीलिङ क्षेत्रको प्रतिनिधि भएर कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रमले यसअघि स्थापना गरिएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस राख्यो । त्यसको अध्यक्षमा टङ्कप्रसाद आचार्य र कार्यकारी अध्यक्षमा विश्वेश्वरप्रसाद कोइराला छानिनुभयो । आचार्य वि.सं.१९९७ देखि नै काठमाडौंका भद्रगोल जेलमा जन्मकैद भोगिरहेका थिए । उहाँको सम्मानका लागि अध्यक्ष र कार्यकारीमा विश्वेश्वरप्रसाद कोइरालालाई सो भेलाले चयन गरेको थियो । सो समितिको महामन्त्रीमा बालचन्द्र शर्मा र प्रचाराध्यक्षमा डिल्लीरमण रेग्मी, सङ्गठनमन्त्रीमा कृष्णप्रसाद भट्टर्राई, कोषाध्यक्षमा देवशङ्करलाल श्रेष्ठ र सदस्यहरूमा क्रमशः गोपालप्रसाद भट्टर्राई, रुद्रप्रसाद गिरी, गणेशमान सिंह, डि.बि.परियार, धर्मनारायण-डि.एन) प्रधान र सि.बि सिंह चयन हुनुभयो ।

पछि विसं. २००६ साल चैत २६ -२४ गते-) गते -१९५० अप्रिल ९ ) मा कोइरालाले नेतृत्व गर्नुभएको र देवव्रतसिहं परियार सदस्य रहनुभएको नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भई नेपाली काँग्रेसको स्थपना गरियो । यसरी देवव्रतसिंह परियारको नाम नेपाली काँग्रेसको स्थ्ाापनामा जोडिन पुग्छ ।

नेपाली काँग्रेसले मुलुकमा प्रजातन्त्रको लागि गरेको सर्‹ष्ामा दलित समुदायको सहभागितामात्र होइन नेतृत्व रहेको गौरवमय इतिहास हामीसँग भए तापनि देवव्रतसिंह परियारको बारेमा विस्तृत जानकारी पाउन सकिएको छैन । नेपाली काँग्रेसका पुराना नेताहरूको अनुसार देवव्रत परियारको उमेर विश्वेश्वरप्रसाद कोइरालाकै हाराहारीमा हुनर्ुपर्ने हो । नेपाली दलित समुदायको बारेमा गहिरो जानकारी राख्ने नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ दलित नेता पदम सुन्दासका अनुसार देवव्रत परियारका भाई मङ्गलदेव परियार र्सर्ूयविक्रम ज्ञवालीको सहयोगमा दार्जीलिङबाट काठमाडौँ आई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुभएको थियो । सुन्दासका अनुसार मङ्गलदेव परियारले निकै राम्रोसँग अङ्ग्रेजी टाइप गर्नसक्ने भएकाले ज्ञवालीले उक्त जागिर दिनुभएको हो । पछि मङ्गलदेवले गीतकार तथा सङ्गीतकार मास्टर रत्नदास प्रकाशकी छोरीसँग विवाह गर्नुभएको थियो ।

रङ्गसाहित्यतर्फो सर्न्दर्भमा दिव्यविक्रम परियार नेपाली चलचित्रको इतिहासमा अग्रणी व्यक्तित्व मानिनुहुन्छ । थोरै नेपालीले उहाँको नाम सुनेका भए पनि धेरैले ‘सत्य हरिश्चन्द्र’ हेरेका छन् र त्योभन्दा धेरैले सत्य हरिश्चन्द्रको नाम सुनेका छन् । नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका संवाद लेखक, गीतकार, पटकथा लेखक र निर्देशक हुनुहुन्थ्यो- दिव्यविक्रम परियार । उहाँको नाम र कामलाई पन्छाएर नेपाली चलचित्र इतिहासको लेखन सम्भव छैन । उहाँ नेपालकै पहिलो चलचित्र निर्देशक हुनुहुन्छ ।

विसं.१९८८ मा काडमाडौँको वसन्तपुरमा जन्मनुभएका भनिएका परियारको बाल्यकाल भारतको दार्जीलिङमा बितेको थियो । त्यहाँ नै उहाँ चलचित्रका विविध पक्षतिर आकषिर्त हुनुभयो । त्यसबेला भारतमा चलचित्रको व्यवसाय राम्रै फस्टाएको थियो । उत्कृष्ट चलचित्र निर्माणका लागि निकै चर्चित निर्देशकहरूले काम गरिरहेका थिए । चलचित्रप्रति र्सवसाधारणमा ठूलो आकर्षा रहेको थियो । भारतमा चलचित्रका लागि कलाकार, प्राविधिक र निर्देशकहरूलाई प्रशिक्षण दिने स्ांस्था पनि खुलेका थिए । त्यस्ता संस्थाप्रति युवाहरूको आकर्षा थियो । प्राकृतिक सुन्दरताको कारण दार्जीलिङ् क्षेत्रमा चलचित्र छायाङ्कन गर्नेहरूको भीड नै लाग्नेगथ्र्यो । यस्ता विविधकारणले डि.बि. परियारले विस्तारै यस क्षेत्रका मानिसहरूसगँ प्रभावित हुदैँ जानेक्रममा फिल्म एजुकेशन एन्ड आर्ट एकेडेमी र इभ्यालुएसन अडियो सोसाइटी अफ हलिउडबाट चलचित्रसम्बन्धी करिब पाँच वर्षो प्रशिक्षण लिनुभयो, जसले गर्दा उहाँलाई यस क्षेत्रमा लाग्न सहयोग गर्‍यो ।

नेपालमा वि.सं. २००४ तिरबाट नै चलचित्र पर््रदर्शन हुनथालेको भए पनि २००७ बाट मात्र नेपाली चलचित्र निर्माण हुनथालेको हो । वि.सं.२००७ असोज २३ गतेदेखि भारतको कलकत्तामा नेपालीभाषाको सो चलचित्रको छायाङ्कन गरिएको थियो । झन्डै एक वर्षछि वि.सं.२००८ असारमा निर्माण सम्पन्न्ा भएको सो चलचित्रको पहिलोपटक श्री ५ त्रिभुवनबाट काठमाडौँमा पर््रदर्शनी आरम्भ भएको थियो । यसै वर्षो मङ्सिरतिर दार्जीलिङ, खर्सर्ााकालिङ्पोङ, सिलाङजस्ता नेपालीहरूको बाहुल्य रहेका क्षेत्रमा भने त्यहाँका नेपालीको विशेष अनुरोधमा निर्देशक डि.बि. परियार स्वयंले पर््रदर्शनी उद्घाटन गर्नुभएको थियो । जीवनका अन्तिम दिन काठमाडौँमा कष्टकर जीवन बिताउनुभएका परियारको वि.सं. २०४९ मा निधन भएको थियो । उहाँले पहिलो नेपाली चलचित्र बनाएर राष्ट्रलाई ठूलो गुन लगाउनुभएको भए पनि उहाँको नाममा राष्ट्र तथा चलचित्रसँग सम्बन्धित क्षेत्रले कुनै सम्मान तथा संस्मरणीय काम गरेको छैन । यदि उहाँले सत्य हरिश्चन्द्र नबनाएको भए नेपाली चलचित्रको इतिहास १५ वर्षपछाडि धकेलिने रहेछ । हुन पनि सत्य हरिश्चन्द्र बनेको करिब १५ वर्षछि नेपालमा नै छायाङ्कन गरिएको ‘आमा’ बनेको थियो ।

अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक देवव्रत र सत्यहरिश्चन्द्रका निर्देशक डि.बि. परियारका बारेमा केही विवादको समाधान गर्नुपर्ने देखिएको छ । सत्य हरिश्चन्द्रका निर्देशक डि.बि. परियार र अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक देवव्रत परियार एउटै व्यक्ति हुनुहुन्थ्यो वा फरक भन्ने बारेमा यकिन हुनसकेको छैन । त्यतिखेर भूमिगत रहेर काम गर्नुपरेकाले एउटै डि.बि.ले कतै देवव्रत त कतै दिव्यविक्रम नामको प्रयोग गरेको हुनसक्छ । यदि त्यसो हो भने सत्य हरिश्चन्द्रका निर्देशक र नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक एउटै -दिव्यविक्रम र देवव्रत) व्यक्ति रहेको प्रमाणित हुनेछ । यसबारेमा थप स्पष्ट नभउकाले सत्य हरिश्चन्द्रका निर्देशक डि.बि.परियार -दिव्य विक्रम) देवव्रत परियार एउटै व्यक्ति हुनुहुन्थ्यो कि भन्नेबारेमा शङ्का उत्पन्न भएको छ ।

डि.वि -दिव्यविक्रम) परियार अन्तरिम शासनकाल वि.सं.२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईलाई भेट्न काठमाडौँ आउँदा उहाँले नेपाली काँग्रेसको -अखिल भारतीय नेपाली काँग्रेस)को संस्थापक डि. बि. देवव्रत परियार म नै हुँ भन्नुभएको थियो । एकातिर उहाँले आफ्नो जन्म काठमाडौँ वसन्तपुरमा भएको भन्न्ाुभएको र भने अर्कोतिर दार्जीलिङका देवव्रत परियार मै हुँ भन्नुभएको थियो । बुद्धिजीवी पदम सुन्दासका अनुसार त्यतिखेर बुढयौलीका कारण उहाँ आफूले बोलेका धेरै कुरा बिर्सने र उत्तिखेरैको उत्तिखेरै विरोधाभासपर्ूण्ा कुरा गर्नुहुन्थ्यो । अखिल भारतीय नेपाली काँग्रेसका -पछि नेपाली काँग्रेस बनेको) संस्थापक डि.बि.परियारका पर्ुखा रामेछाप जिल्लाको बेतालियाबाट दार्जीलिङ गएको र क्रिस्चियन भएको देवव्रतका भाइ मङ्गलदेवले नेपाली काँग्रेसको इतिहासका बारेमा अनुसन्धान गरिरहनुभएका नेता पुरुषोत्तम बस्नेतलाई बताउनुभएको कुरा बस्नेतसँग यस पङ्क्तिकारसँगको भेटघाटमा बस्नेतले बताउनुभएको थियो । उहाँका अनुसार यी दुइटै डि.बि.-दिव्यविक्रम र देवव्रत) एउटै व्यक्ति हुनसक्छन् ।

यसरी डि.बि .परियार नै सत्य हरिश्चन्द्रका निर्देशक हुनुहुन्थ्यो वा फरक भन्ने बारेमा यकिन हुन नसके पनि देवव्रत परियार अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक हुनुहुन्थ्यो भन्न्ो प्रमाणित भइसकेको छ । त्यतिखेरको राजनीतिक अवस्थाका कारण भूमिगत रहेर काम गर्नुपरेकाले एउटै डि.बि.ले कतै देवव्रत त कतै दिव्यविक्रम नामको प्रयोग गरेको हुनसक्छ । यदि त्यसो भयो भने सत्य हरिश्चन्द्रका निर्देशक र अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका तथा नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक एउटै -दिव्यविक्रम र देवव्रत ) व्यक्ति रहेको प्रमाणित हुनेछ । अन्यथा सत्य हरिश्चन्द्रका निर्देशक डि.बि. परियार -दिव्य विक्रम) देवव्रत परियार एउटै व्यक्ति हुनुहुन्थ्यो वा फरक फरक भन्नेबारेमा शङ्का उत्पन्न भएको छ ।
Source: http://www.gorkhapatra.org.np