छुवाछूत मूक्त घोषणाको एक वर्ष

मेरो महासचिवलाई चिठी

आदरणीय महासचिव माधवकुमार नेपाल ज्यू
नेकपा एमाले बल्खु काठमाण्डौ ।
नेकपा एमालेका सांसद परशुराममेघी गुरुंगको प्रस्तावमा प्रतिनिधिसभाले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेकेा एक वर्ष बितिसकेको छ । हामी अहिले नयां नेपाल निर्माण गनेर्ं अभियानमा छौ । नेकपा एमाले छुवाछूत विरोधी भएको र छुवाछूतको व्यवहार गर्ने पार्टी कार्यकर्तालाई पार्टीबाटै निष्काशन गर्ने महासचिवको सर्वाजनिक भाषणहरु धेरै पहिला देखि नै हामीले सुन्दै आएका छौ । तर दोषीलाई कारवाही भएको भने भेटिदैन ।

यति हुदा हुदै पनि एमाले जस्तो देशकै सबै भन्दा ठूलो र जिम्मेवार पार्टीका कार्यकर्ताले छुवाछूतको व्यवहारलाई पूर्ण रुपले अन्त्य गर्न सकेका छैनन् । पछिल्लो समयमा कान्तिपुरमा सार्वजनिक भएको दैलेखको नारायण नगरपालिका वाड नं। ६ भूर्तिगांउका ईन्द्रबहादुर सार्कीलाई एमाले निकट अनेरास्ववियूका जिल्ला उपाध्यक्षले भात छोएको आरोपमा कुटपिट गरि भीरबाट खसाईदिएको घटनाले पनि यसलाई पुष्टि गर्दछ । पहिलो पटक दैलेख पुगेका अधिकारकर्मी अर्नुन थपलियाले जोखिम मोलेर जसरी दलितका पक्षमा वकालत गर्नु भयो त्यो प्रसंशनिय छ । गल्ती गरिसके पछाडि पनि त्यसलाई ढाक छोप गर्न पट्टि लाग्नु दलितका विषयमा कुरा उठाउने अधिकारकर्मी माथि अपमान गर्नु सुरक्षा निकायले दोषीलाई कारवाही नगरि संरक्षण गर्नु र जिल्ला पार्टीले पनि न्यायका लागि उचित कदम नचाल्नु अत्यन्त दुखद कुरा हो ।
वर्गभेद जातिभेदको अन्त्य गदै समतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको यस्तो जिम्मेवार पार्टीका जिल्ला स्तरका नेताबाट गरिएको यस्तो घटिया र संकिर्ण व्यवहारले आम उत्पीडित दलितलाई निराशा त तुल्लाएकै छ साथै पार्टी प्रति हेर्ने दृष्टिकोणमा समेत नकारात्मक असर परेको छ ।
यसैले आम उत्पीडित समुदायको तर्फबाट हामी दोषीलाई कडा कारवाहीका निम्ति माग गर्दै यस्ता घटनाहरु दोहोरिन नदिन पार्टी पङ्तीलाई तुरुन्तै कदम चाल्न आग्रह गर्दछौ । साथै छुवाछूत मुक्त राष्ट्र घोषणाको गरिमा जोगाउन संसद सरकार लगायतलाई समेत आग्रह गर्दछौ ।
बोधार्थः अनेरास्ववियु केन्द्रीय कमििट
         मुक्ति समाज केन्द्रीय कमििट

राजेन्द्र विश्वकर्मा
गुल्मी, हालः काठमाण्डौ