कता होला यसरी….


Photo: Rajendra Bishwakarma
माथि तस्विरमा देखाईको तस्विर तपाईले राम्ररी हेर्नु भो होईन त । यसरी खुलेआम हतियार लिएर हिड्न पाईन्छ । तपाईलाई कस्तो लाग्छ । नेपालमा लोकतन्त्र आएको छ भनेर भनिन्छ । अझ यस माथि गणतन्त्र आयो भने झन के होला ।
तपाईहरुले के भो होला यस्तो भनेर अचम्म मान्नु भो होला । अचम्म मान्नु पर्दैन आज दलितहरुले काठमाण्डौमा आफूले परम्परागत रुपमा प्रयोग गर्दै आएका र आफूले निर्माण गर्ने हतियार सामग्रीहरुको प्रदर्शन हो । माथि देखाईएको तस्विर पनि त्यही हो तर त्यो हतियार भने नक्कली हो ।(धेरै फोटोको लागि तल जानुहोला)

दलितहरुले औजार जुलुस निकाले
राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशीकरणको माग गर्दै दलित गैर सरकारी संस्था महासंघ डिएनएफ तथा यसका सदस्य संस्थाहरुले आज राजधानी लगाएत देशका विभिन्न ठाउँमा औजार तथा हतियारको सांकेतिक प्रदशर्न तथा र्याली गरेका छन् ।

दलित समुदायले परम्परागत रुपमा प्रयोग तथा निर्माण गर्दै आएको औजार तथा हतियार प्रदर्शन गर्दै आफुहरुले अन्य समुदायले झै नेपाल बन्द र चक्का जाम गर्नु नपर्ने जानकारी दिदैं दलितले आफ्नो पेशा व्यवसायमा बन्द गरे मुलुक ठप्प हुने बताए ।

कोणसभामा बोल्दै डिएनएफका महासचिव बोमबहादुर विश्वकर्माले आफुहरुले औजार र हतियारको सांकेतिक प्रदशर्न गरेर दलित समुदाय यीनका निर्माता र प्रयोगकर्ता भएको जानकारी मात्र दिएको बताउँदै जसले निर्माण गर्छ उसले प्रयोग पनि गर्न सक्ने चेतावनी दिनुभयो । अझै पनि दलितहरुलाई लोकतन्त्र नआएको भन्दै विश्वकर्माले यदि राज्यले महासंघले उठाएका मागहरुउपर सुनुवाइ नगरे कडा संघर्षका कार्यक्रम घोषणा गरिनेसमेत जानकारी दिनुभयो ।

भोली महासंघले आपह्ान गरेको देश व्यापी पेशा बन्द हड्ताल सफल बनाउन सम्पूर्ण दलित समुदायलाई आग्रह गर्दै भन्नु भयो एक दिन दलितले पेशा बन्द गरेर देखाउँ त्यस पछि देख्ने छ राज्यले दलितको ताकत । आज दलित समुदायले देशका विभिन्न स्थानमा औजार तथा हतियार प्रदशर्न गरेको जानकारी दिदैं भोली देश भरका दलित समुदायले आ आफ्नो पेशा बन्द गर्ने आयोजकले वताएको छ ।









Photo: Rajendra Bishwakarma