दलितहरुले मसाल जुलुस निकाले


(फोटो हेर्न तल जानुहोस्)Photo by: Rajendra Bishwakarma
राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशीकरणको माग गर्दै दलित गैरसरकारी संस्था महासंघ तथा यसका सदस्य संस्थाहरुले आज साँझ मसाल जुलुस निकालेका छन् । जुलुस प्रदर्शनीमार्गबाट सुरु भई पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर विसर्जन भएको थियो ।

कोणसभामा बोल्दै डीएनएफका महासचिव बोमबहादुर विश्वकर्माले यो सांकेतिक आन्दोलनमात्र भएको बताउनुभयो । अहिले पनि दलितहरुलाई लोकतन्त्र नआएको भन्दै विश्वकर्माले यदि राज्यले महासंघले उठाएका मागहरुउपर सुनुवाइ नगरे कडा संघर्षका कार्यक्रम घोषणा गरिनेसमेत जानकारी दिनुभयो ।
साथै महासंघको अगुवाइमा विराटनगर पोखरा नेपालगाज र धनगढीमा पनि सोही समयमा मसाल जुलुस निकालिएको थियो ।
संघर्षका कार्यक्रमअन्तर्गत भोलि देशव्यापी चक्काजाम÷बन्द २० गते देशव्यापी औजार जुलुस र २१ गते देशव्यापी पेसा बन्द आह्वान रहेका छन् ।







Photo by: Rajendra Bishwakarma