सडक, संसद र मन्त्री मण्डल सबै ठाँउमा एकै साथ आन्दोलनमा जोड

“अब बन्ने अन्तरिम योजनामा दलित” भन्ने विषयमा आज राजधानीमा एक कार्यक्रम सम्पन्न भएको छ । दलित गैरसरकारी संस्था महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माको प्रमुख अतिथिमा भएको थियो । सोही अवसरमा मन्त्री छविलाल विश्वकर्मा र सोही कार्यक्रममा उपस्थित एक मात्र दलित अन्तरिम विधायक संसद पद्यमलाल विश्वकर्मालाई दलित गैरसरकारी संस्था महासंघले अभिनन्दन गरेकेा थियो ।
gn.jpg
नेपाल सरकारको लागि बनाईने सो योजनामा दलित समुदायको पनि सहभागिता होस र दलित समुदायका कार्यक्रमहरुमा समावेश होस भनेर यस वर्ष देखि राष्ट्रिय योजना आयोगले दलित समुदायका व्यक्तिहरुबाट नै दलित समुदायका कार्यक्रम के कस्ता हुनु पर्दछ सो कार्यक्रम दलितबाटै आओस भनेर दतिल व्यक्तिलाई नै सुम्केको हो । सोही कार्यक्रमलाई मूर्त रुप दिन यसै विषयमा क्षेत्रिय तथा जिल्ला स्तिरिय परामर्शहरु भएका थिए । नेपालगाज कैलाली जुम्ला पोखरा विराटनगर जनकपुर र यो अन्तिम परामर्श काठमाण्डौमा गरिएको हो ।
“सामाजिक समावेशीकरण दलित लक्षित नीति तथा कार्यक्रम”का संक्षिप्त मस्यौदा आधार पत्र लेखनमा हीरा विश्वकर्मा तेज सुनार रन्जित कनौजिया पवित्रा सुनार चन्दा सुनार र कुलबहादुर विश्वकर्मा रहनु भएको छ । (कार्यक्रममा पं्रस्तुत गरिएको आधारपत्र हेर्न यँहा थिच्नुहोस्) सो आधार पत्र हिरा विश्वकर्माले प्रस्तुत गर्नु भएको थियो । उक्त आधारपत्रमा जिल्ला तथा क्षेत्रिय परामर्शबाट निस्किएका समस्या सुझावहरुलाई समावेश गरिएको छ । सो आधारपत्रको लक्ष्य तथा उद्धेश्यमा दलित समुदायको लागि सामाजिक न्याय स्थापना गर्नु र दलित समुदायको आर्थिक सामाजिक राजनीतिक र शैक्षिक विकास गर्दै राज्यका सबै तहका संरचना र निर्णय प्रकृयामा समानुपातिक समावेशीकरणके सुनिश्चित गर्ने रहेकेा छ ।
प्रस्तुत आधारपत्रमा दलित समुदायका विभिन्न व्यक्तिहरुले प्रतिकृया र सुझाव दिनु भएको थियो । जसमा तराई दलितको तर्फबाट चन्द्रेश्वर रत्नबहादुर बागचन्द नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पसाङ शेर्पा दुर्गा सोव मिन विश्वकर्मा वन उपभोक्ता महासंघका अध्यक्ष घनश्याम पाण्डे राजेश विश्वकर्मा रामलाल विक लालबहादुर विश्वकर्मा भक्त विश्वकर्मा डा। चेत परियार बाबुराम देउला चक्रमान सरोज दिलु शुशिल विक चक्रमान विश्वकर्मा डिबी रसाईली मानबहादुर विश्वकर्मा डण्डीराम विश्वकर्मा पद्मलाल विश्वकर्मा हुनु हुन्थ्यो ।

प्रमुख अतिथि मन्त्री छविलाल विश्वकर्माले जब जब राज्य संक्रमणकालमा हुन्छ तब तब उत्पीडित वर्ग समुदायको आवाज सुनिने हुदा अब हामी दलित समुदायहरुले पनि हाम्रो आवाजलाई सडक सदन र मन्त्री मण्डलसम्म एकै साथ लानु पर्दछ । यदि हामीले अहिले पनि यस कुरालाई मध्यनजर गरेर आन्दोलन गरेनौ भने हाम्रो समस्या सम्बोधन हुने छैन र फेरी हामी धेरै वर्ष सम्म पछाडि पर्ने छौ ।