भूमिहीन दलितद्वारा आरक्षणको जमिन कब्जा

देशभरिका भूमिहीनहरूले बसोबासका लागि जग्गा पाउनुपर्ने माग राखी राष्ट्रव्यापी आन्दोलन गरिरहेका बेला सुनसरीको सिमानामा जोडिएको सप्तरीस्थित बदगामा गाविसका सय सुकुम्वासी दलितहरूले कोशी टप्पु वन्यजन्तु आरक्ष कुसाहाको ५५ बिघा ऐलानी जग्गा कब्जा गरी टहरा निर्माण गरेका छन्।

उनीहरूले अर्काको जमिनमा पाँच पुस्ता बिताए पनि फ्नो कहिल्यै जमिन नभएपछि सप्तरीको बदगामा गाविसको , वडाका सुकुम्वासी दलितहरूले एक हप्ता अघिदेखि नै कोशी टप्पुको वन्यजन्तु आरक्षको बाँधछेउको खाली जग्गा कब्जा गरेका हुन्।

जन्मेदेखि नै माटोको काम गर्दै आएका ९० प्रतिशतभन्दा बढी मुसहर समुदाय सुकुमवासी रहेको सो गाविसका दलितहरूले जग्गा कब्जा गरी बसोबास खेती गर्न वर्षौंदेखिको बाँझो जमिन आवाद गर्न थालेका छन्।

‘पाँच पुस्तादेखि जमिनदारहरूको जग्गामा पसिना बगाए, तर अहिलेसम्म एक धुर जमिन फ्नो नाउँमा छैन’बदगामा का ६८ वर्षीया मधुकर सदा भन्छन्, जमिनदार तारणी पोखरेल, विमला पोखरेल अनन्त पोखरेलको जग्गामा बसोबास गरिरहेको बताउँदै मधुकर थप्छन्‘जमिनदारहरू समयसमयमा आएर बस्ती खाली गर्न दबाब दिने गरेको हाल बसोबास गरिरहेको जग्गासमेत परिवार संख्या वृद्धि भएकाले हामीले विकल्प खोजेका हौं।’

करीब सय ५० भन्दा बढी सुकुमवासी दलितहरूले प्रतिपरिवार पाँच कठ्ठा पर्ने गरी बराबररूपमा कोशी टप्पुको वन्यजन्तु आरक्षको बाँधछेउको जग्गा बाँडफाँड गरेका छन्। ५५ वर्षीय प्रभुलाल सदा भन्छन्‘१८ जनाको परिवार , १५ धुर जमिन , त्यो पनि अर्काको नाममा कसरी गुजरा चलाउनू?’

भूमिसुधारको विषयमा दल राज्य गम्भीर नभएको बताउँदै जिल्लातहदेखि नै दबाब सिर्जना गर्न राष्ट्रिय भूमिअधिकार मञ्च नेपालले जेठ गतेदेखि २३ वटा जिल्लाको आठ राजनीतिक दलको कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरी आठ दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिइरहेका छन्।

भूमिसुधार गर्दा हदभन्दा बढीको जग्गाको कुनै क्षतिपूर्ति नदिने संवैधानिक ग्यारेन्टी, जोतहामुखी भूमिसुधारको नीति निर्माण कार्यान्वयन, उच्चस्तरीय भूमिसुधार आयोग गठन, २०६३ साल असोज गते राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, राष्ट्रिय भूमिअधिकार सरोकार समूह नेपाल नेपाल सरकार भूमिसुधार तथा मन्त्रालयबीच भएको पाँचबुँदे सम्झौता कार्यान्वयनलगायतका माग राखी गतेदेखि आठ केन्द्रीय कार्यालयहरूमा धर्ना दिइरहेका छन्।

बदगामा का शिवशंकर पासवानले सुकुम्बासी दलितहरूलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने जिम्मा राज्य भएको भए पनि राज्य सुकुमबासी दलितहरूको समस्याप्रति मौन रहेकाले बाध्य भएर आरक्षभित्रको जग्गा कब्जा गर्नुपरेको बताउनुभयो।

उहाँले सम्पूर्ण सुकुमबासी दलित एक जुट भएर जग्गा कब्जा गर्ने अभियानमा लागेकाले जस्तोसुकै चुनौती पनि सामना गर्न तयार रहेको बताउनुभयो।

 यस विषयमा कोशी टप्पुको वन्यजन्तु आरक्षका खरदार एकप्रसाद कोइरालाले सीमामा पहिलेदेखि विवाद भएको तर दलितहरूले कब्जा गरेको भन्ने सूचना नआएको बताए।