दलितहरुले काम ठप्प पारिदिने चेतावनी

dalitblog 
हिजो राजधानीमा आयोजना गरिएको एक बृहत सभामा बोल्दै दलित गैरसरकारी संस्थाका महासचिव बोमबहादुर विश्वकर्माले अब दलितहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेको कुरा बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघ आदिवासी जनजाति संयुक्त संघर्ष समति राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी जनजाति विद्यार्थी महासंघ र आदिवासी जनजाति युवा संघको संयुक्त आयोजना भएको थियो ।
Click Here
संविधान सभाको निर्वाचनको मिति घोषण गर्न र जनआन्दोलनका अपराधी तथा दाषीहरुलाई कारवाही गर्नको लागि दवाद दिन सो कार्यक्रम आयोजना गरिएको थियो । जसमा दोषीलाई कारवाही गरिएको प्रतिकात्मक स्वरुप राजा ज्ञानेन्द्र शाहलाई नाराहिटी दरबारबाट हातकडी लगाई केन्द्रीय कारागारमा जेल चलान समेत गरिएको थियो । ज्ञानेन्द्रलाई अपराधी गिरोह तथा दोषीहरुको नम्बर एक कहलाई एक नम्बरको कैदी बिल्ला समेत झुण्डाईको छ ।
सोही कार्यक्रममा बोल्दै अपांगको तर्फबाट भोजराज श्रेष्ठले अहिलेकेा लोकतान्त्रिक भनिने सरकारले अरुलाई समावेश गरेपनि अपांगहरुलाई समावेश नगरेकेा गुनासो पोख्नु भयो । बोल्ने क्रममा दलित समुदायको तर्फबाट बोमबहादुर विश्वकर्माले भन्नु भयो अब हाम्रो आन्दोलन सबै पक्षसंग मिलेर जानेछ जसमा आदिवासी जनजाति महिला अपांग मधेसी हरु रहेछन भने त्यसको साथ साथै हामीले हाम्रो आन्दोलनको स्वरुपमा पनि परिवर्तन गर्नेछौ जसमा दलित समृुदायले गर्ने परम्परागत काम हामीले रोक्ने छौ । विश्वकर्माहरुले हतिहारहरु बनाउन छोडे कृषकहरुको के हालत होला दर्जि वा परियारहरुले कपडा सिलाउन छोडे सार्कीहरुले जुत्ता सिलाउन छोडे के हुन्छ त्यसको परिणाम । अब हामीले यसरी आन्दोलनको स्वरुप परिवर्तन गर्दै छौ । यस्तो आन्दोलन अहिले नमुनाको रुपमा काभ्रेमा गरिएको छ भनेर भन्नु भयो ।