हार्दिक श्रदान्जली दिपकलाई

जसरी नेपाली लाखौं जनता सडक संघर्षमा उत्रेर निरंकुश शाही सत्ताको विरुद्धमा सडकमा नारा लगाउदै समानता, स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र तथा मुक्तिका लागि आफ्नो ज्यानलाई गोली, अश्रुग्याँस, लाठीको कुनै प्रवाह नगरी मात्र राजतन्त्रको अन्त्य र नेपालमा गणतन्त्र स्थापना गर्न लागे ती लाखै मध्येका एक युवक हुन दिपक कामी । उनैको आज बैशाख ७ गते पहिलो वार्षिक पुण्डतिथिको दिन उनको चिरशान्ति र उनले कल्पना गरेको समाज र देशको कामना ब्यक्त गर्दछ यस ब्लग ।

दलित समुदायको तर्फबाट दोश्रो सहिद
नामः दिपक कामी
स्थायी ठेगानाः सोलुखुम्बु नेचा ९
सहादत मितिः २०६३ बैशाख ७
सहादत स्थानः कलंकी काठमाण्डौ ।

दिपक २०६३ बैशाख ७ गते कलंकीमा भएको नरसंहारका सिकार भएका थिए । उनलाई सशस्त्र प्रहरीका तत्कालिन बरिष्ठ प्रहरी उपरिक्षक दर्जकुमार राईको नेतृत्वको प्रहरीले उनको कन्चटमा गोली हानेको थियो ।

अब फेरी कुनै नेपालीले सडकमा सडक संघर्ष गर्न अनि कुनै पनि नेपालीले गोली अश्रुग्याँस लाठी खानु नपरोस् ।

जसरी २०६२/०६३ मा राजतन्त्रका विरुद्ध नेपाली जनता सडकमा उत्रेका थिए । त्यसरी नै फेरी नेपाली ब्राह्मणवाद(एक जाती बाहुन र क्षेत्री, एक भाषा नेपाली, एक िलंग पुरुष)का विरुद्धमा नेपाली आदिवासी, जनजाति, दलित तथा अन्य अल्पसंख्यक समुदायहरुले दिपकले जस्तै कन्चटमा लाग्ने गोलीको कुनै वास्ता नगरी संघर्ष गर्न नपरोस् । त्यसका लागि समावेशी, समानता, स्वतन्त्रता मानवअधिकार, आरक्षण जस्ता कुराको राज्यले ग्यारेण्टी गरिनु पर्दछ । यदि यसो हुन सकेन भने फेरी पनि ती २५ जना सहिददे खाएको गोली, अश्रुग्याँस, लाठी अनि बगाएको रगतको कुनै औचित्य रहने छैन ।

अहिले नेपालमा लोकतन्त्र आएको छ भनिएको पनि एक वर्ष भै सकेको छ । तर नेपाली जनताले यसको आभास गर्न पाएका छैनन् । लोकतन्त्रको उपलब्धी अहिले मात्र प्रहरी र माओवादीको दोहोरो भिडन्तको खबर नआएको हो । के नेपाली जनताले खोजेकेा लोकतन्त्र यही हो ।