सेतुलाई हार्दिक श्रद्धान्जली

” आन्दोलनमा गोली हानेर मान्छे मरेका छन् । म पनि जादैछु मरे भने छोरालाई हेरिदिनु भिनाजु” यो भनाई अरु कसैको नभएर मज्दुरी गरेर परिवार पाल्ने एउटी विपन्न दलित महिला को हो । जो समानता, स्वतन्त्रता, समावेशी, मानवअधिकार, लोकतन्त्रको प्राप्ति अनि महिला र दलित मुक्तिको लागि ज्यान दिएकी शहिद सेतु विक हुन् ।

दलित समुदायको तर्फबाट पहिलो सहिद
नामः सहिद सेतु विक
सहादत स्थानः हालको सहिद सेतु चोक नेपालगन्ज तत्कालिन न्युरोड चोक नेपालगन्ज
ठेगानाः बागेश्वरी ३ बिबोरिंग, बाँके
पतिः शेरबहादुर विक
सन्तानः ३ छोरा (सुरज ८ वर्ष, सागर ६ वर्ष र सुमन ३ वर्ष) 

सात राजनीतिक दलको अगुवाई र नेकपा माओवादीको समर्थनमा नेपाली जनताले २०६२ चैत्र २४ गते देखि २०६३ बैशाख ११ गतेसम्म जम्मा १९ दिनसम्म गरेको ऐतिहासिक जनआन्दोलनमा २५ जनाले सहादत प्राप्त गरे भने हजारौं घाईते र अंग भंग भए । जसमा सयौं दलितहरु पनि घाईते र अंग भंग भए भने ४ जना दलितहरुले सहादत प्राप्त गरे । जसले नेपाली इतिहासमा दलित समुदायको शिरलाई उच्च राख्न र बनाउन सफल भए । ४ जना सहिद मध्ये एक जना ब्रहमदेव उराउ(झाँगड)लाई भने अझैसम्म लोकतान्त्रिक भनिने सरकारले सहिद घोषणा गर्न अनकनाई रहेको छ । जसरी सरकारले यसलाई वेवस्था गरे पनि नेपाली दलित समुदायले उराउलाई सधै भरी सम्झी रहने छ ।

उक्त १९ दिने आनदोलनमा हजारौंको संख्यामा दलित समुदायले उत्सुकता पूर्वक भाग लिए । जसको पुष्टि ४ जना सहिदहरुबाट हुन्छ । भने सयौंको संख्यामा शाही निरंकुश सत्ताको विरुद्धमा ज्यानको बाजी राखेर सडक संघर्षमा उत्रे । मात्र आवाज लिएर सडकमा उत्रेका नेपाली जनतालाई निरंकुश शाही सरकारले समानता स्वतन्त्रता समावेशी मानवअधिकार र लोकतन्त्र प्राप्ती गर्नको लागि उठेका जनतालाई विलिप्त पार्न कुनै पनि कसुर बाँकी राखेन । तर हार हातमा पार्नु पर् यो । जसमा गोली प्रहार अश्रुग्याँस प्रहार हवाई फायर लाठी चर्चा व्यापक गिरपुतारी दिनरात कफ्यु निषेधाज्ञा लगाउने कार्य सामान्य हनु पुगे । त्यसैको शिकारमा पहिलो पटक दलित समुदायको तर्फबाट सेतु विक परिन उनीले नेपालगन्ज स्थित न्युरोड चोकमा सहादत प्राप्त गरेकी थिइन । जहाँ सेतुले निरंकुश राजाको शालिक राख्न बनाइएको ज्ञानेन्द्र चोकलाई भत्काउने क्रममा प्रहरीको लाठी र अश्रुग्याँसको शिकार भई ज्यान गुमाएकी थिईन । सेतुले जहाँ सहादत प्राप्त गरेकी थिईन त्यस चोकलाई आन्दोलनकारीहरुले सहिद सेतु चोक नामाकरण उतै बेलै गरेका थिए ।

आज बैशाख ५ गते आफ्नो २ वर्षे दुधे छोरोलाई भिनाजुको जिम्मा लगाई आन्दोलनमा होमिएकी सहिद सेतु विकको वर्ष दिने पुण्यतिथि हो । समानता स्वतन्त्रता समावेशी मानवअधिकार महिला र दलित मुक्तिका लागि आफ्नो ज्यान बलिदान दिने दलित महिला उनै सेतु विश्वकर्मा प्रति यस ब्लग र सम्पूर्ण नेपाली दलित समुदायको तर्फबाट हार्दिक श्रदान्जली सहित उनको चिरशान्तिको कामना ।