२०६३ साललाई फर्केर हेर्दा

२०६३ साल नेपालको ईतिहासमा ऐतिहासिक साल हुन पुगेकेा छ । १२ वर्षे जनयुद्धबाट नेकपा माओवादीहरु सडक संघर्ष गर्दै अन्तरिम व्वस्थापिका संसद हुदै अन्तरिम सरकारसम्म आई पुगेको छन भने माघ १९ पछि सक्रिय भएका ज्ञानेन्द्र पनि अहिले घरको न घाटको हुने अवस्थामा पुगेको छन् । कम्युनिष्टहरुको बाहुल्य रहेको सरकारमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुन भएको छ । यसरी हेर्दा २०६३ धेरै राम्रो कामको पक्षमा वित्यो । त्यसरी नै २०६३ साललाई नेपाली दलित समुदायको आँखाबाट हेर्दा कस्तो रह्यो लौ हेरौ हैँ

क्र..

मिति घटना
बैशाख ५ सेतु विश्वकर्माको मृत्यु-२०६२/०६३ को जन आन्दोलनको क्रममा (दलित समुदायको तर्फबाट पहिलो सहिद)
बैशाख ७ दिपक कामीको मृत्यु-२०६२/०६३ को जन आन्दोलनको क्रममा (दलित समुदायको तर्फबाट दोश्रो सहिद)
बैशाख २३ चन्द्रबहादुर बयलकोटीको मृत्यु-२०६२/०६३ को जन आन्दोलनको क्रममा (दलित समुदायको तर्फबाट तेश्रो सहिद)
बैशाख…… ब्रहमदेव उराउ(झाँगड) सुनसरी मृत्यु-२०६२/०६३ को जन आन्दोलनको क्रममा (सहिद घोषण नगरिएको)
जेठ २१ प्रतिनिधिसभाद्धारा नेपाललाई छुवाछूत मूक्त राष्ट्र घोषणा ।
जेठ २८ दलित गैरसरकारी संस्था महासंघ दुई टुक्रामा विभाजित एउटा सोही र अर्को दलित गैरसरकारी संस्था महासंघ नेपाल ।
साउन १४ अन्तरिम संविधान मस्यौदा समितिमा दलित समुदायको तर्फबाट मिन विश्वकर्मालाई मनोनित ।
भदौ २३ सन्तबहादुर विश्वकर्माको माओवादीद्धारा हत्या (पछि माओवादीबाट हत्या गरिएकोमा माफी)
भदौ १० डोटीको शैलेश्वरी मन्दिरमा दलित महिलालाई पुजा गर्न जाँदा छुवाछूत सहित कुटपिट (हेर्नुहोस्)
१० माघ १ अन्तरिम व्वस्थापिका संसदको घोषणा जसमा दलित समुदायको तर्फबाट ५.४७ प्रतिशत प्रतिनिधित्व (हेर्नुहोस् ।)
११ माघ २१ तेज सुनार र प्रकाशचन्द्र परियारलाई शान्तिराजदूत अवार्ड प्राप्त  (हेनुहोस्
१२ फागुन २२ राष्ट्रिय दलित आयोगमा नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनद्धारा ताला बन्दी । (हेर्नुहोस्)
१३ चैत्र १८ अन्तरिम सरकार गठन उक्त अन्तरिम सरकारमा नेपालको ईतिहासमा दलित समुदायको तर्फबाट दुई पूर्ण मन्त्री भएको पहिलो पटक जसमा छविलाल विश्वकर्मा- कृषि सहकारी मन्त्री र खड्गबहादुर विश्वकर्मा-महिला बालबालिका तथा समाज कल्याण मन्त्री (हेर्नुहोस्)