दलित विद्यार्थीमाथी भएको छुवाछूतको विरोधमा घरदैलो अभियान संचालन

“लगाउनुहोस् ताला र बन्द गरिदिनुहोस् अनिश्चितकालका लागि” 
दिलिप नेपाली/माझफाँट पर्वत
घटना विवरण १
(स्थलगत रिपोर्ट:)ज्ञान वुद्धि र शिक्षा बाँड्ने ठाउँ भनेर चिनिने विद्यालयजस्तो ठाउँमा जातियताकै आधारमा छुवाछूत भेदभाव गरिएको घटना जति आश्चर्यजनक र अहिले यो क्षेत्रमा हलचल नै सिर्जना गर्ने खालको स्थिति बनेको छ । घटना बिवरण अनुसार यहि चैत्र ११ गतेका दिन पर्वत जिल्लाको माझफाँट-२ स्थित फड्केढुंगा निम्न माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा-७ का अनिता विक दुर्गा परियार टिकाराम परियार सोमबहादुर परियार नारायण परियार र दुर्गे परियारलाई पुर्व व्यवसायिक शिक्षा अन्तर्गतको पाक शिक्षाको प्रयोगात्मक परिक्षाबाट जातियताकै आधारमा वन्चित गराईएको थियो । दलित विधार्थीहरु र गैरदलित विधार्थीहरुलाई एकै ठाउँमा प्रयोगात्मक कक्षा अन्तर्गतको खाना पकाउन नदिन विधालयका शिक्षकहरुबाट दलित विधार्थीहरुलाई विहान ११:०० वजे र गैरदलित विधार्थीहरुलाई विहानको ७:००वजेको समयमा डाकिएको थियो । तर दलित विधार्थीहरुले विहान सात बजेदेखि नै प्रयोगात्मक परिक्षा सुरु भएको खवर पाएर विधालय पुग्दा विधालयका शिक्षक कपुर मल्ल शंकर जि।सी। र तुलसी पौडेल लगायतका शिक्षकहरुबाट विधार्थीहरुको हवाला िदंदै दलित विधार्थीलाई पाक शिक्षाको प्रयोगात्मक परिक्षाबाट रोक्ने प्रयत्न भयो । दलित विधार्थीहरुलाई तिमीहरु म्ाादल बजाएर नाचगान गर मनाराजन गर यहाँ नछोईदेऊ जस्ता भनाईहरुले टार्ने काम गर्न खोजियो । तर दलित विधार्थीहरु आफ्नो प्रयोगात्मक परिक्षामा सामेल हुन खोज्दा विधार्थीहरुबाट हातपात र तथानाम गालीगलौज गर्ने काम भयो । शिक्षकहरु त्यसको मुकदर्शक मात्र वने । शिक्षकहरु मुकदर्शक मात्र बनेन्न दलित विधार्थीहरुमाथी भएको अन्यायलाई मनोराजनको रुपमा लिन पुगे । र गैरदलित विधार्थीहरुको मनोवललाई उच्च पार्दै विभिन्न गालिगलौज्ाका भाषाहरुको प्रयोग गरि उनीहरुलाई पाक शिक्षाको प्रयोगात्मक कक्षाको परिक्षा दिनबाट बन्चित गरियो । र दलित विधार्थीहरुको अपमान गरि लोकतान्त्रिक शासनव्यवस्था नेपालको अन्तरिम संविधान ०६३ र ज्ञानको ढोका मानिने विधालयको खिल्ली उडाईयो । त्यसपछि दलित विधार्थीहरु आफुमाथी भएको अन्यायको विरोध गर्न लागे ।
घटना विबरण २
दलित विधार्थीहरु अन्यायमा परेपछि उनीहरु जनपि्रय दलित वाल समुह साजाल धौलागिरीसंग पनि आवद्ध भएका कारण दलित जनसमाज नेपालमा सम्पर्क गरे र आफुहरुमाथी विधालयबाट अपमान गरि पाक शिक्षाको परिक्षाबाट वन्चित गरिएको जानकारी गराए । त्यसपछि घटनाहरु सार्वजनिक हुने क्रम सुरु भयो । स्थानीय र राष्ट्रिय संचारमाध्यमले पनि त्यसलाई महत्व दिए । दलित जनसमाज नेपालले धौलागिरी एफ।एम।बाट संचालन गर्ने झुपडीको शन्देश रेडियो पत्रिका रेडियो कार्यक्रमबाट घट्नालाई विस्तृतमा सार्वजनिक गर्र्यो । दलित जनसमाज नेपालको अगुवाईमा घट्नालाई सार्वजनिक गर्ने काम मात्र भएन कि विभिन्न किसिमका संघर्षका कार्यक्रमहरु पनि अघि सारिए । त्यसलाई दलित मुक्ति संगठन पत्रकार महासंघ र अन्य मानवअधिकारवादी संघसंस्थाहरुले समेत समर्थन गरे । र अन्यायको विरोधमा संघर्ष गर्ने पक्षमा स्थानीय दलितहरु र पिडित पक्ष दृढतापुर्वक उभियो । त्यसपछाडि जिल्ला प्रसाशन कार्यालय पर्वत र जिल्ला शिक्षा कार्यालय पर्वत सामु पिडितको तर्फबाट कारवाहीको माग सहितको निवेदन र दलित जनसमाज नेपालको तर्फबाट दोषी उपर तत्काल कारवाही गरियोस् भन्ने मागका साथ ज्ञापनपत्र बुझाईयो । ज्ञापनपत्रबारे कुनै सुनुवाई नभए चरणवद्ध संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरियो ।
जिल्ला प्रसाशन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्रका साथमा निवेदन पर्ने वित्तिकै प्रमुख जिल्ला अधिकारीका तर्फबाट सार्वजनिक स्थलमा जातियताका आधारमा छुवाछूतको व्यवहार गर्नेलाई कारवाही चलाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिईयो । र सोही दिन अर्थात २५ चैत्रका दिन नै जिल्ला शिक्षा कार्यालय पर्वतले फड्केढुंगा निमाविका प्रध्ाानाध्यापकका नाममा ३ दिन भित्र के कति कारणले दलित विधार्थीहरुलाई परिक्षा दिनबाट विाचत गरियो विाचत गरिएको हो÷होईन यदि नगराई्रको हो भने नेपालको अन्तरिम संविधान ०६३ एवं प्रचलित कानुन्ले समेत छुवाछूतलाई दण्डनिय मानेको हुँदा के कति कारणले उक्त कार्य भएको हो पत्र प्राप्त भएको मितिले तिन दिन भित्र स्पष्टिकरण पेश गर्न र निजहरुलाई प्रयोगात्मक परिक्षामा समावेश नगराई लिईएको बार्षिक परिक्षाको नतिजा प्रकासन नगर्न भनि पत्र काटेको छ । उक्त विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय काठमाण्डौं जिल्ला प्रसाशन कार्यालय पर्वत दलित जनसमाज विधालयल व्यवस्थापन समिति र जिल्ला स्थीत सम्पुर्ण राजनैतिक पार्टीहरुलाई बोधार्थ दिईएको छ । तर यो विवरण तयारपार्दासम्म स्पष्टिकरण आईपुगेको जानकारी प्राप्त भएको छैन ।
अहिलेको अवस्था
घट्नाले यतिवेला यहाँ स्थानिय र जिल्ला स्तरमा समेत एककिसिमको सरगर्मी बढेको छ । अव के हुन्छ यसै भन्न सकिने अवस्था छैन । तथापी दलित जनसमुदायहरु आफुहरुमाथीेको ज्यादत्तीको विरोधमा संघर्ष गर्न उच्च मनोवलका साथ लागिपरेका छन् । आज विहान अर्थात् २७ चैत्रका दिन विहान ७ बजेका लागि पिडित विधार्थीहरुका अभिभावकलाई विधालयले पत्र काटी आफ्ना छोराछोरीलाई लिएर उपस्थीत हुनका लागि भनेर पत्राचार गरेको थियो । तर स्थानीय दलित समुदायले एक्काएक्लै विधालयमा गएर भेटघाट नगर्ने दोषीहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने सार्वजनिक स्थलमा भेदभाव गर्ने उपर कडा कारवाहीको माग राख्दै सम्पुर्ण समुदाय नै उपस्थीत नहुाजेलसम्म छलफलमा नजाने निर्णय गरेका छन् । स्थानीय दलितहरु जति अन्याय सहनु सहियो बरु भोकै लडिन्छ तर अन्याय सहिन्न पक्षमा दृढतापुर्वक उभिएका कारण विधालयको एक्लाएक्लै भेट्ने र उनीहरुलाई हप्काउने वा फकाउने योजना असफल वन्न पुगेको छ । उनीहरु व्यक्ति व्यक्तिलाई भेटेर कुरा मिलाउने पक्षमा देखिएका छन् । त्यस अन्तर्गत उनीहरुले मानवअधिकारवादी पत्रकारले तिमीहरुलाई कहाँ सधै सहयोग गर्छन् र समाज पनि त चाहिन्छ नि त भन्ने गरेको समेत पाईएको छ । तर विधालय प्रसासन र शिक्षकहरु यस विषयमा खासै केही बोल्न चाहँदैनन् ।
आगामी योजना
जातियताकै आधारमा भेदभाव गर्नु वर्तमान लोकतान्त्रीक आन्दोलनको मर्म र भावना विपरित हो । त्यसैगरि यो घट्ना वर्तमान् अन्तरिम संविधान ०६३ विरुद्ध हुनुका साथै विधार्थीको पढ्ल लेख्न पाउने अधिकार र मानवअधिकारका विरुद्ध छ । यसै सिलसिलामा दलित विधार्थीहरुमाथी भएको अन्यायको विरोध गर्न पिडकहरुलाई कडा भन्दा कडा कारवाही गर्न दबाव दिन स्थानीय दलितहरुले चलाएको न्यायपुर्ण आन्दोलनमा सहभागि हुन दलितहरुको शक्ति पर्दशनीका लागि र दलितहरुमाथी हुने अन्यायको प्रतिकार गर्न समेत गर्न भोली मिति ०६३ चैत्र २८ गते ११ वजे घट्नास्थलमा नै दलित जनसमाजको अगुवाईमा जुलुस पर्दशन गर्ने कार्यक्रम तय गरिएको छ जुलुसमा पर्वत म्याग्दीका स्थानीय दलितहरु मानवअधिकारवादीहरु राजनैतिककर्मीहरु पत्रकारहरुको उपस्थीति हुनेछ । भने जुलुस पर्दशनी पछि विधालय प्राङ्गणमा नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । सार्वजनिक सुनुवाईमा पिडक र पिडित पक्षलाई उभ्याउनुका साथै शिक्षकहरु राजनैतिक पार्टीका प्रतिनिधीहरु स्थानीय प्रशासन लगायतको उपस्थीती रहनेछ ।
त्यसका लागि हिजो देखि नै स्थानिय स्तरमा भेटघाट छलफल तथा घरदैलो अभियान संचालन गरिएको छ । कार्यक्रममा करिव ५०० भन्दा माथी दलितहरुले जुलुस प्रर्दशनी गर्नेछन् । साथै दलित विधार्थीहरुमाथी भएको अपमान र अन्यायको विरोध गर्न तथा त्यसका विरुद्ध भएका न्यायपुर्ण संघर्षहरुमा ऐक्यवद्धता जनाउन हामी सम्पुर्ण व्यक्ति संस्था समुदाय पेशाकर्मीहरुलाई हार्दिक आव्हान गर्दछौं ।