दलित आन्दोलन र बिरामी मनबहादुर

त्रिभुवनचन्द्र वाग्ले
दर्ुइ हप्ताअगाडि पत्रकार सीके गदालले फोन गरेर भन्नुभयो, “पर्ूवसांसद मनबहादुर विश्वकर्मा सिकिस्तै भएर वीर अस्पतालमा भर्ना हुनुभएको छ ।” त्यसो त उहाँ विगत झन्डै सात आठ महिनादेखि बिरामी हुनुहुन्थ्यो । एउटा मानिस बिरामी हुने घटना उसको पदीय उचाइ वा हैसियतका कारण समाचार बन्ने वा नबन्ने गर्दछ । अनि व्यक्तिले दिएको योगदानको क्षेत्रमा त्यो व्यक्ति जति समाचार बन्दछ अन्य क्षेत्रमा ऊ समाचारको पात्र नबन्न पनि सक्दछ । ठीक यस्तै छ, मनबहादुर विश्वकर्मा सिकिस्तै भएर अस्पताल भर्ना हुनुभएको घटना । कतिपय पात्र र प्रवृत्तिलाई मनबहादुर दाइ सिकिस्त भएको घटना समाचार नहुन सक्छ तर जो नेपाली दलित आन्दोलनमा रहँदै आएको छ, दलित आन्दोलनमा मनबहादुरको योगदान पढेको वा देखेको छ, उसलाई उहाँको सिकिस्ती घटना दुःखद समाचार बन्दछ, बन्नर्ुपर्छ । अतिरञ्जित नगरी भन्ने हो भने पनि यति त भन्नर्ैपर्छ( मनबहादुर विश्वकर्मा बिरामी पर्दा नेपाली दलित आन्दोलन दुख्छ । नेपाली दलित आन्दोलनलाई पोल्छ ।वरिष्ठ दलित नेता मनबहादुर विश्वकर्मा नेपाली दलित आन्दोलनको इतिहासपात्र हुनुहुन्छ । राजधानीका विभिन्न ठाउँमा भएका ‘पानी उभाऊ’ आन्दोलनदेखि मुलुकैभर भएका दलित प्रतिरोधात्मक आन्दोलनमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । कुस्मा पर्वतमा पानी उभाऊ कार्यक्रम -वि.सं. २०२६), कालीमाटी काठमाडौँमा दुग्ध चलन -२०३१), ठिमी भक्तपुरमा पानी उभाऊ -२०३६), स्याङ्जा उदयपुरमा दुग्ध चलन -२०५०), गोरखकाली मन्दिर प्रवेश, सीपापोखरी पानी उभाऊ -२०५०) को नेतृत्वमार्फ उहाँले गर्नुभएका प्रतिरोधात्मक आन्दोलन थिए । दलित आन्दोलनका साक्षी उहाँ दलित इतिहासका बारेमा धाराप्रवाह जानकारी दिने क्षमता राख्नुहुन्छ । उहाँको अभावमा नेपाली दलित आन्दोलनका बारेमा ‘देखीजान्ने साक्षी’ पाउन गाह्रो हुन्छ । यद्यपि उहाँको अभाव यति चाँडै नहोस् भन्ने हाम्रो कामना छ । पश्चिमका र्सवजित विश्वकर्मा हुन् वा पर्ूवका हीरालाल अथवा काठमाडौँका सहर्षाथ कपाली, त्यसै दलित आन्दोलनका विभिन्न सङ्गठन वा घटना उहाँ सररर भन्न सक्नुहुन्छ । उहाँको अभावमा दलित आन्दोलनलाई कथा सुनाएझैँ सुनाउनसक्ने इतिहास पात्रको अभाव भने खड्कने नै छ । वि.सं. २०२६ सालको तीजमा कुस्मामा आफ्ना दिदीहरूलाई लिन जानुभएका मनबहादुरले नजिकैको इनारबाट पानी झकिेर मुख धोइदिनुभयो । उहाँलाई थाह थियो, यसले ठूलै काण्ड मच्चाउनेछ । स्वाभिमानका कारण उहाँले इनारबाट पानी आफैँले झक्िनुभएको हो । “र्सार्वजनिक धारामा पानी झक्िन र खान पाउनु मेरो अधिकार थियो, कि मैले अरूसँग पानी माग्ने – उहाँ विगत सम्झनुहुन्छ ।”

कुस्मा बजारभरि हावाझँै फैलियो, “मनबहादुर विश्वकर्माले इनार छोयो ।” पुरातनवादी स्थानीय पुरीहरूद्वारा प्रशासन लगाएर उहाँलाई पक्डियो । “पानी झकिेको होइन भन छाडिदिन्छु”, सीडीयो मुकुन्दले भनेछन् । मनबहादुरले मान्नुभएन । उहाँले भद्र किसिमको प्रतिरोध आन्दोलन बनाउन चाहनुभयो त्यो घटनालाई । त्यसपछि पनि उहाँले मलुकभर यस्ता थुप्रै आन्दोलन छेड्नुभएको छ । बयानकै क्रममा खाना खान बाहिर जाने मौका पाउनुभएका उहाँले आफू, स्थानीय टेकबहादुर (मनोहरका बाबु) र दिलबहादुरले चकले ‘पानी सबैको साझा’ भन्ने नारा लेखेको घटनालाई रोमाञ्चित पाराले सुनाउनुहुन्छ ।

आफूले गरेका धेरै काममध्ये मुलुकी ऐन २०२० को अदलको महलको १० (क) नं.मा भएको व्यवस्थालाई सर्वोच्चद्वारा हटाउन सकेकोमा उहाँ निकै गर्व गर्नुहुन्छ । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनपछि पनि सो महलले जातीय भेदवाव गर्न नपाइने तर मठमन्दिरमा परापर्ूवकालदेखि चलिआएको परम्परालाई रोक मानिनेछैन भनेर दलितलाई मन्दिर प्रवेशमा रोक लगाएको थियो । मुलुकी ऐनको यो व्यवस्थाका विरुद्ध उहाँले सर्वोच्च अदालतको ढोका घच्घच्याउनुभयो । सडकमा दबाब आन्दोलनका लागि आग्रह गर्नुभयो । अन्ततः अदालतले “मठमन्दिर प्रवेशमा परापर्ूवकालदेखि चलिआएको परम्परालाई रोक मानिनेछैन” भनेको मुलुकी ऐनको प्रावधानलाई खारेज गरिदियो ।

दलित आन्दोलनका नायक नै मानिने मनबहादुर विश्वकर्माको उपचारमा आर्थिक समस्या परेको उहाँका शुभचिन्तकहरूले बताउनुभएको छ । लामो समय शिक्षण पेसामा संलग्न उहाँलाई उपचारका लागि जुन समस्या आएको छ, यसलाई एक पात्रका लागि परेको समस्याका रूपमा मात्र लिने भूल हामीले गर्नु हँुदैन । आज दलित आन्दोलनले जुन सम्मान पाएको छ, दलित आन्दोलनमा जसरी सम्भावनाहरू बढेका छन्, यस्ता सम्मान र सम्भावना प्राप्तिमा उहाँको वयस्क जीवन खर्चेको थियो । उहाँको परिश्रम परेको थियो । आज उहाँलाई यो सम्मानित दलित आन्दोलनले बिर्सने हो भने यो आन्दोलनमा लाग्नका लागि प्रेरणा दिन सकिँदैन । सिङ्गो दलित आन्दोलन हुनुपर्ने हो उहाँको पक्षमा । एकै व्यक्तिको सहयोग उहाँका लागि ‘सापटी’ हुनसक्छ । यदि कुनै पनि दलित सङ्घसंस्था वा व्यक्तिको पहलमा उहाँको उपचार्रार्थ केही स्रोत जम्मा गर्न सकियो भने उहाँलाई दलित आन्दोलनले ‘फिर्ता’ दिएको र्ठहर्छ । चाहेर पनि उहाँलाई अब नेपाली दलित आन्दोलनले अजम्बरी राख्न सक्दैन । त्यो उहाँको मात्र होइन सबै प्राणीको नियति हो । मनबहादुर विश्वकर्माको भौतिक अनुपस्थितिमा उहाँका बारेमा धेरै बोल्नु र लेख्नुभन्दा आजै उहाँलाई सम्मान गर्न सकियो भने त्यो इतिहासको सम्मान मात्र होइन, वर्तमानलाई प्रेरणा पनि हुनेछ ।

यद्यपि उहाँका कमीकमजोरीका बारेमा पनि टीकाटिप्पणी नभएका होइनन् । उहाँलाई राजावादीको आरोप लाग्दछ । यो आरोपसँगै उहाँले वामपन्थी राजनीतिमा झुकाव राखेकै कारण शिक्षकको जागिरबाट हात धुन परेको घटनाको पनि स्मरण गर्ने हो भने मानिसका जिन्दगीमा आउने उतारचढावलाई बुझन सकिन्छ । एउटै घटना र कोणबाट मानिसको समग्र जीवनको मूल्याङ्कन गरियो भने हामी क्षणिक हुन पुग्दछौँ । हो घामजत्तिकै र्छलङ्ग हो, उहाँ राजाबाट वि.सं. २०५० असार १४ गते राष्ट्रिय सभामा मनोनीत हुनुभएको हो । राजाबाट मनोनीत भएकै कारण उहाँले ऐतिहासिक दलित सङ्गठन नेपाल राष्ट्रिय दलित जनविकास परिषद्, काठमाडौँका केन्द्रीय प्रचार सचिव -२०२९-२०३५) र महासचिव -वि.सं.२०३६-२०३८), दलित आन्दोलनको ऐतिहासिक उपलब्धिको रूपमा रहेको समाज विकास छात्रावास बिजेश्वरीको सल्लाहकार जस्ता दर्जनौँ सङ्घसंस्था र पदमार्फ नेपाली दलित आन्दोलनमा पुर्‍याउनु भएको योगदानको करद हुनुहुदैन – यदि यसो भयो भने नेपाली दलित आन्दोलन अनुदारमात्र होइन पाखण्ड हुनेछ ।

धवलागिरि अञ्चलको पर्वत जिल्लास्थित भोक्सिङ गाविस-३ मा २००६ असार १८ गते पिता लक्ष्मीराम विश्वकर्मा र आमा हरिकला विश्वकर्माका काइँलो छोरा भएर जन्मनुभएका उहाँ अब त नेपाली दलित आन्दोलनका साझा सम्मानित पात्र हुनुपर्ने हो यसमा पनि कन्जुस्याइँ गर्ने हो भने दलित आन्दोलनको आकर्षा के नै रहन्छ र –

श्रोत: www.gorkhapatra.org.np/gopa  [ 2063-12-15 ]