नेपालमा जातिभेद

कृष्ण नेपाली
सन् १९६६ को राष्ट्रसङ्घीय बैठकले मार्च २१ लाई विश्वभरि जातिभेद उन्मूलन दिवसका रूपमा मनाउने निर्ण्र्ाागरेको पनि यो साल ४० वर्ष पूरा भइसकेको छ । यसबीचमा अनेकन क्षेत्रहरूमा सुधार र परिवर्तन आई संसारकै स्वरूपमा फरक आइसकेको छ । विकास र उन्नतिको कुरा गर्ने हो भने कैयौं सुतेकामुलुकबासीहरू उठे, उठेकाहरू गुडे र गुडेकाहरू अन्तरिक्षको अनन्ततक उडेर आफ्नो मुलुक र जातिको गरिमामय कीर्तिगाथाको रचना गरेका छन् । तर हामी नेपालीले भने रचनात्मक र स्वाभाविक परिवर्तनको थालनीसमेत गरेका छैनौं । यो नै नेपालीको बर्बादपूर्ण कालचक्रको सूचक हो । अरू जातिहरू प्रगतिपथमा अघि लम्किरहेको देख्दादेख्दै नेपालीहरू विनासको पथमा पछिल्छिर घिस्रि्रदै जानुले हामी नेपालीहरू भयावह विकृतिका सिकार भइरहेको तथ्यतिर सङ्केत गर्दछ । प्रकृत्रि्रदत्त सम्पदाबाहेक हामीहरूले विश्वसामु गौरव गर्नुपर्ने कुरा के पो छ र । मुलुकलाई खोक्रो र धरासायी बनाउने सबैखाले संस्कार, परम्परा र विभेदहरू मौलाउनुसिवाय अरू के पो भएको छ र खोई ! । संयुक्त राष्ट्रसङ्घजस्तो विश्वको साझा निकाय जातिभेदविरुद्ध गर्जेको चार दशक बितिसक्दा पनि नेपाली समाजको स्थिति सुधारतर्फ टसको मससम्म पनि नहुनु भनेको त ज्यादै उदेकलाग्दो वा अझै भनौं भने लाजमर्दो स्थिति हो । सचेतना र अज्ञानताको बिगबिगीले विकृति र विभदेको संरक्षण गरेको हो भनौं भने नेपालीको साक्षरता प्रतिशत ५७ भन्दा पनि माथि पुगेको कुरा तथ्याङ्कले बोल्छ । विश्वव्यापी परिवर्तनको प्रभाव पर्न सकेको छैन भनौं भने एकजना नेपाली संयुक्तराष्ट्र सङ्घको सहायक महासचिवसमेत बनेका छन् तर सम्पूर्ण मानव जातिकै मर्ममा चोट पुग्ने-पुर्‍याउने विसङ्गतिहरू एक ठाउँमा जम्मा गर्ने हो भने अर्को सगरमाथाको जन्म नेपालीहरूका अगाडि खडा हुन सक्छ र छुवाछूत प्रवर्द्धनको झण्डा फहराउन सकिन्छ । पसिना र मयलको कलेटीले लत्पतिएर पनि नुहाउन जाँगर नगर्नेहरू कथित नीच जातिको मानिससँग छोइएर छिटो हाली चोखिनुपर्ने परम्पराले आजको वैज्ञानिक युगलाई ठाडै चुनौती दिएको देख्दादेख्दै आफैं मानवअधिकारका कुसल पारखी र विशेषज्ञ हौं भनी झयाली पिट्दै हिँडेर मात्र नेपाललाई विभेदमुक्त बनाउन सकिन्न भने कुरा घामजस्तै र्छलङ्ग छ । यस्तो घीनलाग्दो मानसिकताले मनाउने जातिभेदविरुद्धको दिवसको औचित्य के हुन सक्छ र । बढी भए पीडित दलितहरूले आफ्ना ‘ऐया-आत्थुका’ नित्य आवाजहरूलाई नारा बनाएर कुनै र्सार्वजनिक ठाउँमा भेला हुने र पीडकहरूले उनीहरूको वाषिर्कोत्सवको रमिता हेर्ने । आफ्नो राजनीतिक प्रख्याति बढाएर बिनाझन्झट चुनावताका दलितहरूको भोट चट्काउने दाउमा एक-र्दुइजना नेताले दलितहरू माझ आएर भाषण गर्दिहाले भने कनीकुथी भेलाको आयोजना गर्ने दलितहरूमध्येका पिछलग्गु नेताहरूलाई ‘भव्यताका साथ आयोजना गरिएको जनभेला’ भनेर क्षुद्र भाषण गर्न भइहाल्छन् । बाँकी सरकारी तत्परता जेठताका संसदीय घोषणासँगै समाप्त भइसकेको छ, अर्थात् जनप्रतिनिधिहरूले आफ्नो कर्तव्य संसद्मार्फ नेपाललाई ‘छुवाछूतमुक्त र भेदभावारहित राष्ट्र’ घोषणा गरेर चुकाइसकेका छन् । जहाँसम्म पीडित दलितहरूको कुरा छ हामीहरूले दलित मुक्तिका लागि देशभरबाटै साझा प्रयत्न र सामयिक प्रतिबद्धताका लागि सम्पूर्ण दलितहरू एक हुनुपर्छ र हकहित प्राप्तिका लागि प्राण आहुतिको बेदीमा चढ्नुपरे पनि पछि पर्नुहुन्न भन्ने सन्देश दिएर मनायौं । नेपालमा लोकतन्त्रको पुनर्स्थापना भइसकेको तर जातिभेद चर्को रूपमा छताछुल्ल भइरहेको वर्तमान अवस्थामा सरकारले दण्डहीनताको आफ्नो निरीहपनालाई तोडेर दलितउपर भइरहेका ज्यादतीविरुद्ध कडाभन्दा कडा कदम चाली २१ मार्चको मर्म उजागर गर्न सक्षम हुनुपर्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानलाई अक्षरशः पालना गर्न जहिले पनि तत्पर रहने नेपालले जातिभेदविरुद्धको आह्वानलाई पूरा गर्न अझ तमाम काम बाँकी रहेको र दृढताका साथ काम गरे मात्र नयाँ नेपाल निर्माणको अभियानमा फड्को मार्न सकिने कुरा निश्चित छ ।

श्रोत:  www.nepal.hk