भित्र कुरा बाहिर अनभिज्ञ

people’s saarc and dalit community

काठमाण्डौमा चलिरहेकेा जनसार्कको दोश्रो दिन (२४ मार्च) माथि तस्विरको बाँयातिरका यि फुटपाथका जुत्ता, चप्पल सिलाउने चमार र दाँया तस्विर जनसार्क चलिरहेको “दक्षिण एसियामा दलित र असामाजिकीकरण” सेसनको हो । 

यस सेसनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्थान, श्रीलंका, बंगलादेश लगायत अन्य देशका दलित समुदायका समस्याको बारेमा चर्चा परिचर्चा भई रहेको बेला एउटा यस्तो अचम्मको दृष्य देखियो । सो सेसन चलिरहेकेा मूल गेटमा रहेका एक चमारलाई भने आफ्नै समस्याको बारेमा भित्र कुरा चलिरहेको थाहा छैन् । यस्तै थुप्रै राजधानीका रहेका दलित समुदायलाई यसबारेमा अत्तो पत्तो छैन भने कहिले पुग्छ कर्णाली दलितको कानमा । के कर्णाली दलितको मात्रै होर अन्य दलितको गाँउ बस्तीमा कहिले पुग्न सक्छ र । राजधानीका दलित त बत्ती मुनीको अध्याँरोमा परेका छन भने गाँउ बस्तीको यहाँ परिकल्पना गर्न सहजै सकिन्छ ।

राज्यको पुनस्रंरचना तथा विकेन्द्रीकरणको कुरा चलिरहेको बेला राज्यको विकेन्द्रीकरणको सँगसँगै दलित आन्दोलनको पनि विकेन्द्रीकरण हुनु पर्ने तड्कारो आवश्यकताको महशुस गर्न सकिन्छ ।