शान्ति लोकतन्त्र र न्यायका लागि जनसार्क

धु्रवराज गौतम
शान्ति लोकतन्त्र र न्यायका लागि जनसार्क भन्ने मूल नाराका साथ मार्च २३ देखि २५ सम्म काठमाण्डौमा दक्षिण एसियाली स्तरिय जनसार्क सम्मेलन शुरु भएको छ । सोही सम्मेलनको दोश्रो दिन २४ मार्चमा विभिन्न विषय विभिन्न अन्रकृया कार्यक्रमहरु सम्पन्न भएका छन् । जसमा दलित जनजाति महिला महिला बेचबिखन बालबालिका बन जंगल जल भूटानी शरणर्थीको विषय र अन्य । 

सोही अन्तरकृया कार्यक्रममा दक्षिण एसियामा दलित र असामाजिकीकरण भन्ने विषयमा दलित समुदायको तर्फबाट बहस तथा पेपर प्रस्तुत गरिएको थियो उक्त पेपरमा भारत नेपाल श्रीलंका पाकिस्थान बंगलादेशमा रहेको जातिय छुवाछूत तथा विभेदको कुरा उठान गरिएको थियो । नेपालको तुलनामा अन्य देशमा रहेकेा जातिय छुवाछूत तथा विभेद अझ विकराल रहेकेा पेपर प्रस्तुत गर्दै डा। उमकान्तले जानकारी दिनु भएको थियो ।

उक्त पेपरमा टिप्पणी गर्ने सबै व्यक्तिहरुले खास गरि आरक्षणमा जोड दिएका थिए भने अन्यमा राजनिति दलित सम्बन्धी निति नियम सरकारले निर्माण गर्नु पर्ने थिए भने नेपालको सन्दर्भमा अहिले चर्चा परिचर्चामा रहेकेा संविधान सभामा दलितको प्रतिनिधित्व गराउन जोड दिएका थिए साथै अन्तरिम संविधानमा दलितको सवाल समावेश गराउन विशेष पहल गर्नु पर्ने दलितहरु आर्थिक सामाजिक राजनितिक र शैक्षिक रुपमा पनि पूर्ण सक्षम हुनु पर्ने करा उठाईएको थियो । टिप्पणीकर्ताहरुमा मिन विश्वकर्मा टेक ताम्राकार कुलबहादुर घिमीरे भक्त विश्वकर्मा भोजमान लाम्गादे गणेश विक लोकेश्वरी श्रीलंका दुर्गा सोव राजेश विश्वकर्मा कृष्ण नेपाली रिमा नेपाली लालबहादुर विश्वकर्मा लगायत थिए । कार्यक्रम संचालन तेज सुनारले गर्नु भएको थियो ।

प्रस्तुत गरिएको पेपरमा १८ वटा मागहरु राखिएको छ । सम्मेलनको अन्तिम दिन २५ मार्चमा जनसार्कले एक घोषणा पत्र जारी गर्ने छ । जसमा दलित समुदायका समस्या र मागहरु सहित समेटेर जारी गरिने छ । जसमा दक्षिण एसियाली स्तरिय दलित आयोग हुनु पर्ने आरक्षणको व्यवस्था हुनु पर्ने दक्षिण एसियाली देशहरुमा रहेकेा दलित आयोगहरु संवैधानिक आयोग हुनु पर्ने दलित अधिकार र दलित विकास दशक घोषणा हुनु पर्ने लगायतका माग समिटिने कुरा जनसार्क आयोजकका एक सदस्यले जाकारी दिनु भयो । यस जनसार्कले भारतमा हुन लागेको सार्क सम्मेलनलाई दवाव दिन महत्वपूर्ण भूमिका खेल्नेछ ।

जनसार्कका अन्य तस्विर पछि राख्नेछु