गैर-सरकारी संस्थाद्वारा दलित ठगिए

गोकुलेश्वर -दार्चुला, चैत १ – यहा“ बसोवास गरिरहेको दलित समुदाय एक गैरसरकारी संस्थाद्वारा ठगिएका छन् । बोहरी गाउ“को झका“डा क्लवले बाख्रा र सिलाइ मेसिन उपलब्ध गराउने भन्दै  रुपैया“ असुले पनि उपलब्ध नगराएको पीडित दलितले बताए ।  गोकुलेश्वर गाविसको चमेलिया नदी किनारमा बस्दै आएका दलित परिवारलाई सात महिनाअघि उक्त क्लवले बाख्रा र सिलाइ मेसिन उपलब्ध गराउने भन्दै पैसा  असुलेका थिए । तीन दर्जनभन्दा बढी दलित परिवारबाट बाख्राका लागि तीन सय र सिलाइ मेसिनका लागि पा“च सय रुपैया“ प्रति परिवारबाट असुलेका थिए । एक महिनाभित्रै बाख्रा र मेसिन उपलब्ध गराउ“छांै भनेर गए । स्थानीय मदन हुड्के भने, ‘बाख्रा र मेसिन त परै जाओस् पैसा लिनेको मुखै देख्न पाइएन ।’ गरिवी निवारण कार्यक्रमअर्न्तर्गत गाउ“मा काम गर्ने अनुमति पाएको उक्त क्लवका केशव जोशीले पैसा असुल गरी फरार रहेको दलित समुदाय बताउ“छ । ‘खातामा  जम्मा गछौं भनेर रकम लिएर गए’ पीडित कुमा बादी भन्छिन्, ‘ऋण काढेर पैसा उपलब्ध गराएका छौं ।’ ब्याज तिर्ने गरी सामुहिक रूपमा ऋण निकालेको अब कसरी  तिर्ने भन्ने पिरलो परेको उनले बताइन् । पैसा असुल्ने उक्त क्लवको जिल्लामा कार्यालय छैन, गाउ“मा समेत नभेटिने गरेको पीडित बताए । केही समययता भत्ता र अन्य सेवा उपलब्ध गराउछौं भन्दै जिल्लाका  विभिन्न गैरसरकारी संस्था लुट मच्चाउ“दै हिंडेको पाइन्छ । यसमा दलित समुदायलाई लक्षित गरेर सञ्चालन गरिएका संस्थाले ब्रह्मलुट सेवाको नाममा मच्चाएका छन् । ठगिनबाट जोगाउने तथा ठग्नेहरूलाई कारबाही प्रक्रिया  कही कतैबाट अघि नबढाउ“दा र्सवसाधारण आक्रोसित बनेका छन् ।

Source: www.kantipuronline.com [2063-12-2]