सडकबाटै आफ्ना विधायकहरु घोषणा गर्ने दलित नेताहरुको चेतावनी

DNF_interaction_programme

 दलित गैर सरकारी संस्था महासंघले हिजो राजधानीमा दलित समुदायका सवालहरु संसदमा उठाउनु पर्ने विषयमा दलित सांसदहरुलाई गम्भिर र प्रतिवद्द बनाउन “अन्तरिम व्यवस्थापीकामा दलित विधायकहरुले उठान गर्नु पर्ने दलितका सवालहरु” विषयक एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।  

सो कार्यक्रमका अतिथिहरुले जनताका लागि क्रान्ति गर्ने सांसदहरुले आफ्नो पृष्ठभूमी बिसे्रर जागीरे मानसीकता अंगालेकोमा विरोध जनाएका छन् ।कार्यक्रमका अतिथि विधायक अन्जना विशुंखेले संसद भित्र पनि दलित एजेण्डा उठान गर्न विभेद भएको गुनासो राख्दै दलितका प्रतिनिधिहरुले आफ्ना समुदायको आवाज उठान गर्न नसके तिनीहरुलाई फिर्ता बोलाउनु पर्ने आवश्यकता भएको कुरा बताउनु भएको छ । १८ जना दलित सांसदहरुलाई स्वागत साथै ज्ञापन पत्र दिन आयोजना गरिएको कार्यक्रममा अन्तरिम संविधान समितिका मस्यौदा समितिका पूर्व सदस्य मीन विश्वकर्माले चिठ्ठा पारेर माननीय हुने प्रवृतिले गर्दा हाम्रो विधायकहरु प्रिपक्क हुन नसकेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले बास्तवमा मै दलितको पक्षमा हामीले आन्दोलन गरिरहेको छौ भने सडकमा नागरिक समाजल सल्बलाउनु पर्ने र संसद भित्र पार्टीका प्रतिनिधिले आफ्ना आवाज बुलन्द पार्नु पर्ने कुरा बताउनु भएको छ । त्यसै गरी अर्का वक्ता नेपाल दलित संघका उपाध्यक्ष श्रीमती राजन विश्वकर्माले क्रान्तिबाट गएका सांसदहरुले जागीरे मानसिकता पाल्ने हो भने सडकबाट नै आफ्ना सांसदहरु घोषण गर्न पछि नपर्ने बताउनु भएको छ । त्यसै गरी मुक्ति समाजका महासचिव जीतु गौतमले दलित गैर सरकारी संस्था महासंघले उठाएको ६ बुदाँमा सहमत हुदै स्वर्णीम नेपालको निर्माण गर्न मूक्ति समाज सबैसंग हातमिलाउन तयार रहेकेा बताउनु भएको छ । भने दलित अधिकार माचका तर्फबाट चक्रमान विश्वकर्माले गैरसरकारी तथा नागरिक समाज र राजनीतिक पार्टीका जनवर्गीय संगठनहरुको आन्दोलनको तालमेल नमिलेकोमा दुःख व्यक्त गर्नु भएको छ ।महासंघका महासचिव बोमबहादुर विश्वकर्माको सभापतित्वमा उक्त कार्यक्रममा उहााले हालीले राजनीतिक संक्रीणता अझ पनि पालीरहने हो भने आन्दोलनले गति नलिने हुनाले लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टीहरु र नागरिक समाज एकजुट भई आन्दोलनको मोर्चा बनाउनु पर्नेमा आग्रह गर्नु भएको छ ।स्मरण होस: अन्तरिम व्यवस्थापिका संसदमा पनि दलित समुदायको तर्फबाट झण्डै ६ प्रतिशत(.४७) प्रतिनिधत्व रहेको छ भने हिजको उक्त कार्यक्रममा पनि दलित समुदायको तर्फबाट जाने विधायकको प्रतिनिधित्व गदै एक मात्र विधायक अन्जना विसुंखे उपस्थित हुनु भएको थियो । दलित समुदाय भित्र पर्ने यी विधायकहरु आफ्नो समुदाय प्रति कति उत्तरदायी हुनुहुन्छ भन्ने कुरा यसले झल्काउछ ।