दलित परिवार फर्के

रौतहट, फागुन २४ – छिमेकीको कुटपिट र अभद्र व्यवहार सहन नसकी गाउ“ छाडेका  यहा“का ८० घरभन्दा बढी दलित परिवार बुधबार राति घर फर्केका छन् ।  

 पीडकले प्रहरी कार्यालयमा दलित परिवारस“ग र्सार्वजनिक माफी मागेपछि उनीहरू घर

फर्केका हुन् । पीडक पक्षले अबउप्रान्त दलितमाथि त्यस्तो दर्ुर्व्यवहार नगर्ने प्रहरीको रोहवरमा लिखित कागज गरेपछि दलित परिवार गाउ“ फर्केका दलित नेर्टवर्कका  जिल्ला अध्यक्ष धर्मेन्द्र पासवानले कान्तिपुरलाई बताए । पीडक मदन पाललगायतकाले कुटपिटबाट घाइते दलितको उपचार गर्नेसमेत सहमति भएको प्रहरी निरीक्षक  शाहबुद्दिन अन्सारीले बताए ।

दलितलाई गाउ“ फर्काउन मानव अधिकार संस्था इन्सेक, हिमराइट्स, र दलित नेर्टवर्कले पहले गरेको थियो ।

सखुअवा धमौरा गाविस-१ र ३ का दलित पासवान परिवारहरूलाई सोही गाउ“का कुम्हार, चौधरी, भेडिहर र मुसलमान जातिका मानिसले होलीमा भएको समान्य  विवादका विषयलाई लिएर कुटपिट गरेपछि उनीहरूले बुधबार बिहान गाउ“ घर छाडेका थिए । उनीहरू गाउ“ नजिकको खुला चउरमा कष्टसाथ दिन बिताएका थिए ।

‘हामीलाई दर्ुर्व्यवहार तथा कुटपिट गर्नेले माफी मागेका छन्,’ पीडित नरेश पासवानले भने- ‘एकपटकलाई कानुनी कारबाहीतिर गएनौं ।’

पीडित दलितहरूले इलाका प्रहरी कार्यालय गरुडामा उजुरीसमेत गरेका थिए ।

Source: www.ekanipur.com [2063-11-25]