दलित आयोगमा तालाबन्दी गरियो

राष्ट्रिय दलित आयोगमा पुनः प्रतिगामी अध्यक्ष ल्याउन लागेको आरोप लगाउदै नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । संगठनले निर्णय फिर्ता नलिएसम्मका लागि ताला नखोल्ने र थप आन्दोलन गर्ने जनाएको छ । मन्त्रिपरिषद्ले सोमबार भागवत विश्वासीलाई  आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।