दलित आन्दोलन यसरी पो सुस्तायो कि !

-सरोज दिलु

लोकतन्त्र स्थापना भएपछि दलित आन्दोलनले झनै फस्टाउने मौका पाउनु पर्ने हो । तर यतिवेला तराई आन्दोलन जागेको छ । जनजातिले संगठित भएर आफ्ना मागहरु प्रस्तूत गरिहहेका छन् । त्यस्तै अन्य तह र नागरिक समाजले जनताका मागहरुमा सम्वोधन गर्न सरकारलाई खवरदारी गरिरहेका छन् । तर दलितहरुको आन्देालन सूस्ताएकै हो । यसै परिपे्रक्षमा वर्षौंदेखि खाईपाई आएका व्राम्हाणवादीहरुले राजाको प्रतिगतमन संगे घुंडा टेकी समानुपातिक प्रतिनिधित्वको मागलाई कन्कनी कन्दै जायज हो भनेर वकालत गरिरहेका छन् भने त्यसलाई कार्यन्यवन गर्ने पक्षमा वाहुनवादभित्रका मतिहारहरुमा एकमत हुन सकेको छैन । तर दलित अन्दोलनले पनि आफ्नो तेज वढाउनु पर्ने वेलामा सवै दलित नेताहरु आआफ्ना राजनीतिक आस्थाका वन्दी भएर एकल रुपमा कुना कुनामा वक्वकाई रहेका छन् भने नागरिक समाजकोतर्फबाट सशक्त रुपमा उभिनु पर्ने केही नेताहरु आफ्नै आफ्नै महासंघलाई स्थापित गराउनमा केन्द्रित भएका छन् । उनीहरुमा को भन्दा को अगाडि गई आफ्नो स्वार्थ सिद्ध गर्नेमा उनको ध्यान केन्द्रित भएको छ ।  
यसो गरीरहंदा वा यसो भईरहंदा फायदा भने सदियौंदेखि हामीलाई दासताको जीवन दिने उही खाईपाई आएका व्राम्हाण्वादीहरुलाई नै पुगेको छ । जो दलितलाई भजाएर नखाई ननिदाउने पुराना अवसरवादी व्राम्हण-धारहरुलाई आफ्नो संस्थामा दातृ सहयोग भित्र्याउने गतिलो सुत्र बनेको छ । त्यसैगरी राजनीतिक पार्टीहरुमा अधिपत्य जमाईरहेका उही खाईपाई आएका व्राम्हणवादीहरुलाई समेत ुतिमिहरु एकता गरेर आउन हामी छदैंछौु नी भनेर फेरिपनि अदृश्य रुपमा फुटाईरहने वहाना भईरहेकै छ ।
अर्कोतर्फ पार्टीहरुका आआफ्नै आस्था र मान्यता छन् । तिनैले भातृ संगठनलाई नियन्त्रण र निर्देशन गरिरहेका हुन्छन् । पार्टीप्रति यसरी आस्थावान भएकाहरु वाहुनवादी नेताहरुले थाङ्गना सुताएर दलाए पनि त्यसविरुद्ध विद्रोह गर्न तयार हुदैंनन् । किनकी उनीहरुलाई भोली वाहुनवादीहरुले फालेको हड्डी समेत नपाईने होकी भन्ने त्रास एकातिर छदैंछ । पार्टीप्रति यसरी आस्थावान भएका कार्यकर्ताहरुले समेत त्यही कारणले आआफ्ना विचार र मान्यताको गोरु म्ोालाई ब्यापार गरिरहेको जो-कोहीले देखि नै रहिएको छ भने केही संगठनहरुले गैरसरकारी र नागरिक आन्दोलनलाई अमेरीकी साम्राज्यवाद र नोकरशाही यथास्थितिवादीका पुच्छरहरुको उपमा भिराएर अस्तित्वलाई नस्वीकारेको अवस्थिति पनि नभएको होईन । यसर्थ दलित आन्दोलन नै जताजतै वन्धनमा जेलिएको हामी पाउंछौं ।
गत महिना केही नागरिक समाजका प्रतिनिधिमूलक दलित गैरसरकारी संस्थाहरुले मधेसी र जनजाति संगसंगै दलित आन्दोलनलाई समेत तिव्र तुल्याउन संयोजनकारी काम गरेका थिए । प्रारम्भका केही चरणहरु दलित महिला संघमा भए भने केही चरणका वैठकहरु दलित गैरसकारी संस्था महासंघका भएका थिए । तर त्यतिवेलै स्पष्ट देखियोः दलित आन्दोलनका वाधक तत्वहरु । नेताहरु भन्दा कार्यकर्ताहरुमा एकले आर्कालाई दोष लगाउने र अर्काको अस्तित्व र नेतृत्वलाई अस्वीकार गर्ने विसंगति देखापर्यो । त्यसले नेताहरुको जोश जाँगरलाई र नेतृत्व शक्तिलाई झने कमजोर तुल्यायो । यसमा विगतका नेताहरुको कमजोरी थिए जुन आफ्नो ठाउंमा सही थियो जस्लाई फेरी पनि कोट्याएर आन्दोलनलाई कमजोर तुल्याउनुको कुनै औचित्य थिएन । केही नेताहरुले अर्को भातृ संगठनको संयोजनमा भएको वैठक भनेर वा एनजीओले आयोजना गरेको भनेर आउंदैं आएनन् भने केहीले आफ्नो एक्यवद्धता देखाएजस्तो गर्न केही झिना स्तरका कार्यकर्ताहरु पठाए । साथै आफूलाई आन्दोलनकै मसिहा भन्नेहरु यथास्थिति नै कायम हुने प्रवृतिलाई सहयोग पुर्याउन आन्दोलनका नेतृत्व पंतिका अगुवाहरुलाई साथ दिन तयार देखिएनन् । अर्कोतर्फ त्यस वैठकहरुमा तीन सांगठानिक पक्षहरुलाई संयूक्त आन्दोलन हाँक्न आब्हान गरिएको थियो । एक राजनीतिक पार्टीका भातृ संगठनहरु दुई नागरिक समाज तथा गैरसरकारी संस्थाहरु र तीन जातीय संस्थाहरु । तर यी तीनै पक्षहरुले आन्दोलनको नेतृत्व कसले गर्ने तथा त्यसको फायदा कुनै मिन विश्वकर्मा र वा विजुल विश्वकर्मा वा अन्य कोही विश्वकर्माहरुले पाईहाल्छकी भन्नेमा तथानाम आरोप र प्रत्यारोप गर्न थाले । सो छलफलमा संसदमा भाग पाउने पार्टीहरुका दलित नेताहरु चुप लागेर बसे भने नपाउनेहरु पाउनका लागि दलित आन्दोलनको विज्ञापन गरिरहेका थिए । यस किसिमका प्रवृतिले पनि आन्दोलन विचविचमै सेलाईरहेको छ ।
अर्कोतर्फ अहिले जनजाति वा मधेसीहरुले गरिरहेको आन्दोलनको औचित्य दलित आन्दोलन भित्र छ वा छैन त्यसलाई समेत मध्येनजर गर्नै पर्दछ । ती किसिमका आन्दोलनले अहिले परिस्थितिमा कुन पक्षलाई वढी फायदा पुरयाईरहेको छ यो विचारणीय पक्ष हो । यदि आन्दोलन लोकतान्त्रिक गणतन्त्र वा परम्परावादी राजतन्त्रविरुद्ध केन्द्रित छ भने कतै कुनै जाति वा वर्ग वा समुदायको कुनै स्वार्थको लागि आन्दोलनले राज्यको मुल शत्रुलाई फायदा पुगीरहेको त छैन यो पहिलो प्राथमिकताको विषय बन्नु पर्दछ ।
यसका अलावा जनजाति वा मधेसी आन्दोलनभन्दा हाम्रो सवाल र प्रकृया कहुनेर फरक छ त्यसकेा विश्लेषण पनि हुनु जरुरी छ । मधेसी वा जनजातिहरु जातीय वा क्षेत्रीय रुपमा गर्वित छन् र आफ्नो अस्तित्वको लडाइर्ंमा कुनैपनि पार्टीगत आस्था तथा वाह्य स्वार्थबाट अलग्गिएर आफ्नो समुदायको अस्तित्वको लडाईं लड्न तयार छन् । तर दलित भित्र आफ्नो वर्गको वा समुदायप्रति अपनत्वको भावना विकास भएको पाईंदैन । यसकेा मुल कारण हो ः हाम्रो परम्परावादी संस्कृति र त्यसैमा लादिएको मानसिकता अथवा पुरानै साँस्कृतिक मान्यता र केही अभिजात वर्ग वा स्वार्थ चाहने ब्यक्तिले दलितको यावत् सवाललाई केवल आफ्नेा हितको लागि प्रयोग गरिरहनु । केहीले दलितका साझा सवालहरु पार्टीगत आस्थामा वन्धक बनाएका छन् । त्यसैगरी युवा पींढिहरु “दलित” शब्दै प्रति नै सहमत छैनन् । त्यसैले िसंहदरवार घेराऊ गर्न जाँदा उपत्यकामा २ लाख दलितहरु मध्ये १२,१४ जना मात्र देखिने गरेको उधाहरण हामीले भोगेकै हो । ती दलित शब्दप्रति घृणा मान्नेहरुले समेत केही प्राप्त गर्नका लागि तिनै दलित संघ संगठनहरुकेा ढोका चाहरेर हिड्ने तर आन्दोलन गर्ने वेलामा घर-घर भित्र बसेर तमासा हेर्दै आन्दोलन गर्नेलाई सराप्ने संस्कृति पालीरहेका छन् ।
यता गैरसरकारी क्षेत्रमा तिनै वर्ग जो केवल अंग्रेजीका दासहरु बनेर सधै फायदाको खोजीमा दौडिरहेको छ र जो नपाउन्जेल दलित आन्दोलन भनेर अलाप गरीरहन्छ तर फायदा भेट्ना साथै दलित न सलित भन्दै लात मारेर विदेश भाग्छ वा अर्को फायदा हुने ठाऊं रोज्छ । त्यता गएर वसेर अंग्रजी भाषाका ठूला ठूला भुकाईहरु ब्यक्त गरिरहन्छ ती तप्काहरुलाई गैरसरकारी क्षेत्रको आन्दोलनले विशेष संरक्षण दिईरहेको छ । न की आन्दोलनकै लागि जुता-चप्पल फटाएर जीवन भर हिडिरहने ब्यक्तिले यस क्षेत्रमा कुनै फायदा पाएका छन् ।
तेश्रो समस्या भनेको वाहिर रहेर राजनितिक पार्टीलाई सधै सत्तोसराप गरिरहने यिनै अंग्रेजीका दासहरु ब्यक्तिगत आम्दानीका लागि दलितको साझा सवालभन्दा आफ्नो सन्ततीको विलासिता र सुरक्षाका लागि र आफ्नो जीव्रोको स्वाद फेर्नका लागि विदेशीहरुलाई आफनो सवै अस्तित्व नै विकि्र गरिदिन्छन् तिनले नै पार्टीमा योग्य ब्यक्ति भएन वा समावेशीकरण भएन भनेर तथानाम फलाक्दै हिड्छ । अनि हामी तिनकै चर्का भुकाईलाई थप्पडी मारेर वाह भनीरहन्छौ तिनले पनि आन्दोलनलाई कमजोर तुलयाउन सहयोग पुर्याईरहेका छन् । अर्कोतर्फ वाहुनवादी पार्टीहरुमा पढेलेखेका दलितहरुलाई स्थान नै नदिने र आफ्ना आज्ञाकारी अनपढ र ुचुप्ु भन्दा चुप लाग्ने ुनाच्ु भन्दा नाच्ने स्तरका वर्ग नै संगठनमा आवद्ध भएको रुचाईन्छ । कीनकी पढेलेखेका वा जानकारहरुले विद्रोह गर्ने र आफ्नो भाग खोसीदिने तिनमा त्रास रहिरहेको हुन्छ । त्यसैले पनि पढेलेखेकाहरु गैरसरकारी क्षेत्रमा छिरेर आफ्नो अस्तित्व जोगाईरहनु पर्ने वाध्यता बनेको हो ।
यसैगरी नागरिक समाजको तर्फबाट दलित आन्दोलनको नेतृत्व गरिरहेको दलित गैरसरकारी संस्था महासंघमा आपति विमति हुनु स्वभाविक हो । तर आफ्नै अस्तित्व समाप्त हुने गरी वा त्यसबाट अर्को तहलाई फायदा पुग्ने गरी फुट्नु वा फुटाउन खोज्नु महामुर्खता हो । त्यस्तो फुटकारी आन्दोलनको साथी कहिल्यै हुनसक्दैन र त्यो ब्यक्तिले हामीलाई सदियौंदेखि दास तुल्याउनेहरुलाई नै फेरिपनि सहजता प्रदान गरिरहेको हुन्छ । किनकी मूल शत्रु भनेको व्राम्हणवाद नै हो र त्यसलाई संरक्षण प्रदान गरिरहेको हिन्दुधर्मका नाईकेहरुबाट संचालित र निर्देशीत तिनका अनुयायीहरु नै हुन् । तिनलाई फायदा हुन नदिन अतीतका तितामिठा पलहरुलाई बिसे्रर एकताको हात फैलाउनु पर्ने वेला हो यो ।
अतः परिस्थिति वदलिएको छ । प्रचण्ड र गिरीजाको उद्गार जस्तै यथास्थितिकेा अन्त्य राज्यको पुनसर्ंरचनाका लागि ताजा संस्कृतिको शूरुवातको यूग हो यो । र लोकतान्त्रिक पद्धतीमा वहुमतको भावनालाई कदर गर्नुपर्ने हुंदा राजनीतिक पार्टीहरुको गैरसरकारी संस्थाहरुलाई हेर्ने संकुचित दृष्टिकोणमा पनि परिवर्तन हुनु जरुरी छ । केही वाध्यता होलान् केही त्यस्ता संस्थाहरु होलान् जो अंग्रेजी पैसाको अन्धभक्त भएर पीपलको पात झै लरवराईरहन्छन् । तथापि अधिकांश यस्ता संस्थाहरुले लोकतान्त्रिक गणतन्त्रकै पक्षमा आफ्ना पहल कदमी गरिरहेका छन् । तसर्थ कुनै ब्यक्तिले छलाङ्ग मार्ने भन्दा पनि दलितको उन्मुक्तिको प्रसंग पहिलो सवाल हो जस्ले नेतृत्व गरे पनि कार्यकर्ता भएर गोलवन्द हुन तयार हुनै पर्छ । त्यस समाहित आन्दोलन र उस्को उपस्थितिले मात्र को नेता हुने निर्धारण गर्दछ । त्यस भित्र यदि शब्दप्रति धेरैको विमति छ वा शब्दकै कारणले धेरै आधुनिक युवा पींढिहरुलाई यस आन्दोलनप्रति अपनत्वको भावना विकास गराउन सकिएको छैन भने ुदलितु शब्द कुनै ब्यक्ति वा नेताको पेवा भईरहनु हुदैंन । यसमा २०१३ देखि २०२४ सालसम्म त्यसपछि २०४४।४५ सालसम्म वहस अन्तकृ्रया भएकै हो फेरी पनि अन्तकृ्रया हुन पाउनु पर्छ र सवैले सम्मानीत हुने शब्द रोजे भने त्यसको क्रमशः स्थापन हुनुपनि पर्दछ । यसका साथै गैरसरकारी आन्दोलनलाई दलित माथि शोषण गरी वावुवाजे कुहाएर राखेको जायजेथामा विदेश पढेर आई लेखेका अंग्रेजी रिर्पोटको भण्डार वा अंग्रेजी जान्नेहरुको मात्र पेवा नबनाएर चप्पल फटाएर भोक तिर्खा बिसे्रर अहोरात्र खटीरहनेको थलो बन्नु पर्दछ । कुनै दातृ निकायले त्यो अर्थमा सहयोग गर्न चाहदैंन भने त्यस विरुद्ध पनि संगठित भई त्यसलाई हाम्रो मुलुक छोडेर जाने बाटो देखाईदिन आँट राख्नु पर्दछ । र हामीले साग र सिस्नो खाएकै हो फेरी पनि खाएर रमाउन तयार हुनु पर्दछ ।
तर मूलभूत कुरा भनेको हामीभित्रै अर्काको अस्तित्वलाई पनि स्वीकार्ने संस्कृतिको विकास हुनु हो । यसका अतिरिक्त कुनै पनि राजनीतिक आस्थासंग समावद्ध हुनु मुक्ति चाहने सवैले त्यसै भित्र रहेर व्राम्हणवादको विरुद्ध विद्रोह गर्न सक्ने अुट गर्नु पर्दछ । नहुनेहरुले पनि एक्यवद्ध आन्दोलन हुन्छ भने त्यसमा समाहित हुने र नेतृत्व पंत्तिलाई अनुशासित भएर सघाउने नेतृत्व गर्ने र सघाउन पाउने संस्कारको विकास आफैंमा हुनु पर्दछ । त्यसैगरी आन्दोलनलाई वलियो पार्ने अर्थमा केही मागेर केही सघाएर केही गुमाएर नागरिक माचको आवाज एउटै महासंघबाट प्रस्फुटित हुनु पर्दछ भन्ने सवै दलितको मान्यता हो । र त्यसले नै आन्दोलनको राँको बाल्न सक्छ ।