दलित विद्यालय जाँदैनन्

अर्घाखाँची, फागुन १७ – भर्ना भए पनि यहा“का दलित बस्तीका बालबालिकाहरू विद्यालय जाँदैनन् ।

आर्थिक अभाव र घरकै काम गर्नुपर्ने बाध्यताका कारण हंसपुरको रतनमारे, ठाढुंगा, पजिङ खोला, रातापानी, लौरीलगायतका बस्तीका बालबालिकाहरू विद्यालय नजाने गरेका हुन् । 
 ‘आर्थिक अवस्था दयनीय भएकै कारण दलित बालबालिकाहरू नियमित विद्यालय आउन सकेका छैनन्,’ सिर्द्धार्थ मावि हंसपुरका प्रधानाध्यापक कुलचन्द्र मरासिनीले भने- ‘वर्षो दस दिन पनि हाजिर छैनन्, तल्लो कक्षामा भर्ना नेको संख्या धेरै भए पनि उपल्लो कक्षामा पुगेपछि भने २/३ जनामात्र हुन्छन् ।’

सरकारले विद्यालय भर्ना अभियान कार्यक्रम ती बस्तीमा लागू गरेको छैन । अभिभावकहरू आर्थिक अवस्था कमजोर भएकै कारण भर्ना भएको ४/५ दिनमै पढाइ छोड्नुपरेको बताउँछन् ।

सिर्द्धार्थ मावि वरिपरि बाक्लो दलित बस्ती भए पनि प्रवेशिका उत्तिर्ण भएका एकजना पनि छैनन् । यस वर्षकक्षा एकमा १ सयभन्दा बढी दलित विद्यार्थी भर्ना भए पनि नियमित ४/५ जना मात्र छ । ‘पढाएर के हुन्छ – नोकरी गरे पैसा आउँछ भन्ने मानसिकता यहाँका अभिभावकहरूमा छ,’ एक शिक्षकले भने ।

श्रोत: कान्तिपुर दैनिक [2007-03-01]