बेल्जियममा दलितहरुको भेला

अन्तराष्ट्रिय रुपमा दलितहरु जागे

तेज बहादुर नेपाली
एन्ट्रोवपेन, बेल्जियम ।
(२५ फेव्रुवरी २००७ आइतवार) बेल्जियममा रहेका दलितहरुको एक भेलाले ब्रम्हाणवादी राज्यसत्ताद्धारा विभिन्न वाध्यतावश विदेशिन वाध्य बनाइएका दलितहरुको अन्तराष्ट्रिय साजाल नेटवर्क तयार गर्ने गरि हाललाई बेल्जियममा संगठन निर्माण गर्ने निर्णय गरेको छ । बेल्जियममा गठन गरिने उक्त दलितसंस्थाले विविध कारणवश वेल्जियममा बसोवास गरिरहेका दलितहरुको वसाइलाई सुनिश्चित गराउन विविधखाले संघर्षका कार्यक्रमहरु तय गरि संघर्षमा जाने निर्णय गरेको छ ।   साथै आजै ज्ञानु वि क को अध्यक्षतामा गठन गरिएको ११ सदस्यीय तदर्थ समितिमा उपाध्यक्ष योगेन्द्र विक, महासचिव तेजबहादुर नेपाली, सचिव काजी नेपाली, कोषाध्यक्ष कृष्ण सुनार र सदस्यहरु क्रमश : बाबुराम बराइली, कर्णबहादुर विक, मख्खन नेपाली, पर्मलाल विक, राजाराम पोख्रेल साथै १ महिला सदस्य पछि मनोनयन गर्ने गरि चयन गरिएको छ ।

उक्त भेलामा नेपालको दलित मुक्ति सवालको विषयलाई लिएर अल्पकालिन तथा दीर्घकालिन दुई उद्देश्यहरुका विषयमा विविध प्रस्तावहरु पेश गरिएको थियो । संगठनको अल्पकालिन उद्देश्यहरु सार्वजिनिक गर्ने निर्णय गरिए पनि दीर्घकालिन उद्देश्यहरु भने हाललाई सार्वजनिक नगरिने उक्त भेलाले जानाकारी गराएको छ । छलफलमा अन्तराष्ट्रिय रुपमा दलितहरुको नेटवर्क तयार पश्चात् नेपाली दलित मुक्तिकामी आन्दोलनमा उक्त संगठन कोशे ढुंगा सावित हुने अपेक्षा सहित सहभागी सवैले आ-आफ्नो वैचारिक सहयोग र समर्थनको प्रतिवद्धता जनाएका छन । भेलामा प्रस्तुत् गरिएका प्रस्तावहरुमा संगठनको नामाकरण सम्वन्धी विधान मस्यौदा सम्वन्धी लगायत हाल बेल्जियममा गरिने संगठनको गतिविधिहरुका वारेमा छलफल गर्न आगामी मार्च १८ २००७ मा फेरि वृहत भेला गर्ने निर्णय गरिएको छ ।