दलितले चलाए विद्यालय

प्रकाश बराल

पर्वत, फागुन ५ – गाउ“मा विद्यालय नभएका कारण पढ्नबाट वञ्चित यहा“का दर्ुर्ुइ सय माझी र दलित बालबालिकाले पढ्न पाउने भएका छन् । पर्वतको पाङ गाविस मालढंुगाका माझी तथा अन्य दलित र मजदुरले आफ्नै सक्रियतामा गाउ“मा विद्यालयको स्थापना गरेपछि उनीहरूका बालबालिकाले विद्यालय जान पाउने भएका हुन् । 
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन -क्युपेक नेपाल) को अग्रसरतामा मजदुरले नै विद्यालय स्थापना गरेका हुन् । स्थानीय शेरबहादुर श्रेष्ठले तीन रोपनी जग्गादान गरेपछि उक्त विद्यालयको नामसमेत शेर भागिरथी प्रावि रहेको

छ । शुक्रबार व्यवस्थापिकाका सांसद अजर्ुर्ु्रसाद जोशीले विद्यालयको शिलान्यास गरेका थिए । शुक्रबार शिलान्यास गरिएको विद्यालय यसै शैक्षिक सत्रमा निर्माण गरिसक्ने र वैशाखबाटै पढाइ सञ्चालन गर्ने विद्यालय व्यस्थापन समितिका अध्यक्ष तिलक लुंगेलले बताए ।

विद्यालय निर्माणमा क्युपेक नेपालका बाग्लुङ, पर्वत र म्याग्दीको सहयोग रहने लुंगेलले बताए । ५ लाख रुपैया“को लागतमा निर्माण हुन लागेको उक्त विद्यालयको लागि जिफन्टले ६० हजार, जिविस पर्वत र बाग्लुङ तथा बाग्लुङ नगरपालिकासमेतले सहयोग गर्ने भएका छन् । जग्गादाता श्रेष्ठले भने आवश्यक परेमा विद्यालय निर्माणको कामसमेत आफंैले गर्नसक्ने बताएका छन् । ‘सबै गाउ“लेको सहभागिता हुने भए राम्रो भयो, नभए आफंैले व्यक्तिगत रूपमा पनि भवन बनाउन सहयोग गर्नेछु ।’

‘हाम्रा बालबालिका विद्यालय जानबाट वञ्चित भएपछि गाउ“मा विद्यालय निर्माण थालेका हौं,’ क्युपेक पर्वतका अध्यक्ष रामबहादुर नेपालीले भने- ‘सधंै गिटी ढुंगा कुटेर बा“चेका हाम्रा छोराछोरी अब विद्यालय जान पाउनेछन् । क्युपेकको अग्रसरतामा गाउ“मा विद्यालय खुलेपछि मजदुर र दलितमात्र बस्ने मालढुंगाका दर्ुर्ुइसय बालबालिकाले शिक्षा पाउने भएका हुन् । गाउ“मा डेढ दर्जन त सुकुम्बासी पनि छन् । स्थानीय भीमबहादुर माझीले भने- ‘उनीहरूका छोराछोरी अहिलेसम्म विद्यालय जान सकेका छैनन् ।’ ‘विद्यालय टाढा भएकाले चार छोराछोरी अहिलेसम्म पढाउन सकेको थिइन“,’ माझीले भने- ‘गाउ“मै विद्यालय बन्ने भया,े अब भने पढाउन पठाउनुपर्ला ।’ कालीगण्डकीको किनारमा बसेका माझी र अन्य दलितसमेतले नजिक विद्यालय नभएकाले अहिलेसम्म छोराछोरी पढाउन पाएका थिएनन् ।

पढ्न नै बाग्लुङ पुग्नुपर्ने र त्यहा“ पुग्न दैनिक १० रुपैया“ भाडा तिनर्ुर्ुर्े थियो । ‘यति धेरै पैसा तिर्न नसक्ने अवस्थाका माझी र अन्य दलितले आर्थिक अभावमै छोराछोरीलाई शिक्षा दिन नसकेका हुन्, अब केही सहयोग मिल्नेछ,’ निर्माण समितिका कोषाध्यक्ष अर्जून कुमार श्रेष्ठले भने ।

श्रोत: कान्तिपुर दैनिक[ 2007-02-17]