४९ प्रतिशत दलित विद्यार्थी विद्यालय छाडे

गत वर्ष एकमा भर्ना भएका विद्यार्थीमध्ये ५१ प्रतिशत मात्र कक्षा दुईमा गएका छन् । करिब १९ प्रतिशतले शैक्षिक सत्र पूरा नहुदै विद्यालय छाडिसकेको पाइएको छ ।
विद्यार्थीको विद्यालय छाड्ने यो दर कक्षा पाँचसम्म २७ प्रतिशत कायम रहेको अध्ययनले देखाएको छ । हालै गरिएको विद्यालय शिक्षा सम्बन्धी एक अध्ययनले प्राथमिक तहमै सबै भन्दा कम कक्षोन्नति कक्षा एकमा हुने गरेको देखाएको छ । कक्षा एकदेखि पााचसमम क्रमशः ५१ ७६ ८१ र ६२ प्रतिशत विद्यार्थी कक्षोन्नति हुने गरेको पाइएको छ । त्यस्तै कक्षा छाड्ने दर भने कक्षा पााचमा सबै भन्दा बढी २६ प्रतिशत र कक्षा एकमा २३ प्रतिशत देखिएको छ । कक्षा छाड्ने तथा दोहोर्याउनेमा उपेक्षित वर्गको ठूलो हिस्सा रहेको पाइएको छ । द्ध९ प्रतिशत दलित बालबालिका कक्षा दुईमा नपुग्दै विद्यालयबाट बाहिरिने गरेका छन् ।
यसरी ठूलो संख्यामा विद्यार्थीहरु विद्यालय शिक्षाबाट बाहिरिनु सर्वव्यापी प्राथमिक शिक्षा तथा सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सबै भनदा ठूलो चुनौती बनेको छ ।
विद्यालय शिक्षाको समीक्षा नेपालले २० जिल्लाका करिब उकहजार विद्यालयमा गरेको सर्वेक्षणले उक्त तथ्य देखाउको हो । अध्ययन प्रतिवेदनले प्राथमिक तहमा कक्षागत सही उमेरको खुद भर्नादर मात्र ३७ प्रतिशत रहेकेा देखाएको छ । सही उमेर५ देखि ६ वर्षमा कक्षा एक भर्ना हुनेको दर भने अझ ३० प्रतिशत भन्दा कम रहेको देखिएको छ । यो गत वर्ष भन्दा ७ प्रतिशतले सुधार हो । यस वर्ष कक्षा एकमा भर्ना भएका कुल विद्यार्थीमध्ये २७ प्रतिशत बालविकासबाट आएका थिए ।
यति ठूलो संख्यामा बालबालिका बालविकासबाट आए पनि कक्षा एकका विद्यार्थीमा खुद भर्नादरमा फरक पर्नुमा अध्ययन टोलीको ठहर छ । भर्ना भएका विद्यार्थीमध्ये करिब २५ प्रतिशत ओगट्ने दलित र उपेक्षित जनजातिबाट बढी उमेरका बालबालिका कक्षा एकमा रहेको र त्यसले उनीहरुको ढिलो विद्यालय जाने प्रवृतिको संकेत गर्दछ । कक्षागत सही उमेर समुहकालाई बेवांस्ता गरी प्राथमिक तहमा कुनै पनि कक्षामा अध्ययनरत ५ देखि ९ वर्षसम्ममा विद्यार्थीहरुलाई सही उमेरसमूह मानी हेर्ने हो भने ८९ प्रतिशत खुद भर्नादर रहेको छ ।

श्रोतः एजुकेशनल पेजेज २०६३ माघ १ देखि १५