दलित विद्यार्थीलाई निःशुल्क छात्रावास

प्रकाश बराल

पर्वत, माघ १६ – आर्थिक अभावमा शिक्षाबाट वञ्चित यहा“का दलित विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । पर्वतको लेकफँ“ट गाविसको ग्रामप्रकाश उमाविमा पढ्ने दलित विद्यार्थीका लागि मात्र हुने गरी उक्त छात्रावास निर्माण गरिएको हो ।
नेपाल उत्पीीडत जातीय मुक्ति समाजको अगुवाइमा विद्यालय हातामा चारकोठे छात्रावास भवन निर्माण गरी दलित विद्यार्थीका लागि हस्तान्तरण गरिएको हो । कुल डेढ लाख रुपैया“ लागतको उक्त भवन निर्माणका लागि जिविस पर्वतको ४५ हजार, सालिजा र लेखफा“ट गाविस तथा स्थानीय बासिन्दाको थप सहयोग जुटाइएको थियो । योमध्ये अहिलेसम्म १ लाख २ संकलन गरी भुक्तानी दिइएको र बा“की रकम जुटाउने तयारी भइरहेको विद्यालयले बतायो ।

‘दलित र विपन्न भएका कारण एसएलसीसम्म र यसपछिको उच्च शिक्षा पढ्न जान नसकेका विद्यार्थीलाई यो भवन निर्माणपछि सहयोग पुगेको छ,’ भवन निर्माण समितिका सचिव तथा समाजका जिल्ला सदस्य फौजसिंह विकले बताए ।

दलित बालबालिका धेरैले प्राथमिक तह नै पूरा नगर्ने र पूरा गरेमा पनि माध्यमिक तहमा पुग्न कठिन हुने भएकोले स्थानीय तहमा छात्रावास निर्माण गर्नुपरेको समाजले जनायो । भवन निर्माणस“गै लेकफँ“ट, सालिजा, बा“र्सखर्क,  धाइरिङ्ग र माझफँ“ट गाविसका दलित विद्यार्थीहरूलाई उच्चशिक्षा हासिल गर्न सहयोग पुग्ने विकले भने ।

श्रोत: इकान्तिपुर डट कम (२०६३ माघ १७)