सात वर्षछि ‘दलित’ भन्दै पत्नी निकाला

शिव पुरी

 

रौतहट, माघ ९ – अन्तर्जातीय बिहे गरेको सात वर्षछि एक युवकले ‘दलित’ भन्दै पत्नीलाई घरबाट निकालेका छन् । आफूमाथि अन्याय भएको भन्दै ती महिला प्रहरी कार्यालयमा धाएर न्याय मागिरहेकी छन् । घरबाट निकालेपछि युवक फरार छन् ।सन्तपुर गाविस-६, बनबोहरीकी संगीता परियारलाई पति राम चौधरीले दलित भन्दै घरबाट निकालेका हुन् । न्यायका लागि गाउ“, समाजलगायत माओवादीकहा“ समेत जा“दा न्याय नपाएको संगीताको गुनासो छ । १४ वर्षा चौधरीस“ग प्रेम बिबाह गरेकी संगीतालाई सुरुदेखि नै सासू ससुराले अस्वीकार गरेका थिए । चौधरीकी संगीता दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीतर्फदर्ुइ छोरी छन् ।

पेटमा नौ महिनाको गर्भ भएकै बेला चौधरीले काठमाडौंबाट उनलाई छाडेर रौतहट घर आएका थिए । त्यसपछि श्रीमानले उनलाई लिन काठमाडांै नगएपछि उनी एक्लै घर आएकी थिइन् । घर आउ“दा श्रीमान र परिवारले घर छाड्न दबाब दिएको संगीताले बताइन् ।

बच्चा जन्माएपछि केही दिन कष्टले बसेकी संगीता माइती आएपछि अहिलेसम्म गएकी छैनन् । उनी विगत तीन वर्षेखि माइतीमै छिन् ।

चन्द्रनिगाहपुरबाट गएको सामुदायिक प्रहरीका प्रतिनिधि र गाउ“ले मिलेर तीन कठ्ठा जग्गा बराबरको रकम र घर बनाइदिने निर्ण्र्ाागरेको अहिलेसम्म कार्यान्वयन भएको छैन ।

तीन वर्षो नाबालिका छोरी लिएर माइत बसेकी संगीता आपmनो पक्षमा बोल्ने कोही नभएकाले केटाले हेपेको गुनासो छ । केटाले उनको चरित्रमाथि शंका गरेको केही गाउ“लेको भनाइ छ । आफूले इज्जत जाने केही नराम्रो काम नगरेको संगीता ठोकुवा गर्छिन् । उनकी आमाले छोरीलाई न्याय दिलाउन आग्रह गरेकी छन् ।

दलित उत्पीडित संघका अध्यक्ष अमर विकले संगीतालाई घर निकाला गरेको घटनाको घोर भर्त्सना गर्दै दोषी चौधरीमाथि कारबाही गर्न माग गरेका छन् । संगीताको बिबाह भएको सात वर्षबितिसक्दा पनि उनका पति चौधरीले बिबाह दर्ता गरेका छैनन् ।

श्रोत: कान्तिपुर दैनिक [2063-10-10]