शिक्षामा दलितको फड्को

study(www.dalitonlinenews.tk) study(www.dalitonlinenews.tk) 

१० वर्षमा दलित साक्षरता दर दोब्बर भएको छ भने उच्च शिक्षा हासिल गर्ने दलितको सङ्ख्या चार गुणा बढेको छ 

• बाबुराम विश्वकर्मा

कथित उपल्ला जातिको तुलनामा सधैँ कमजोरदलितहरूले पछिल्लो समय शिक्षामा ठूलो फड्को मारेका छन् । २०४८ सालको जनगणनामा १९.३ प्रतिशत रहेको दलित साक्षरता दर २०५८ मा ३३.७९ प्रतिशत पुग्यो । यो अवधिमा विश्वकर्मा समुदायको साक्षरता दर २६ बाट ४२.६, परियारको २८ बाट ४३.५, सार्कीको २५ बाट ३८.३, गर्न्धर्वको ३१ बाट ४६.८ र वादीको २१.५२ बाट ३३.५ प्रतिशत पुगेको थियो 

अन्यत्र भन्दा कम साक्षर तर्राईका दलितहरूको साक्षरता पनि दोब्बर बढेको छ । २०४८ मा चमारको साक्षरता दर १० प्रतिशत थियो भने २०५८ मा १९.२४ पुग्यो  त्यस्तै, मुसहरको ४.८५ बाट ७.२८, दुसाधको १०.७३ बाट १९.५९, खत्वेको १२.३९ बाट २१.८६ र धोबीको २१.५३ बाट ३४.६ प्रतिशत पुगेको छ । २०५८ को आँकडाले तत्माको साक्षरता दर ३१, चिडिमारको १४, हलखोरको ३१.२७, डोमको ९.४, पत्थरकट्टाको ३२, बाँतरको २८.८ प्रतिशत देखाएको छ । जनगणनामा राष्ट्रिय दलित आयोगद्वारा सूचीकृत अन्य दलित- कलर, ककीहया, कोरी, खटिक, पासी, मेस्तर र सरभङ्गको छुट्टाछुट्टै स्थिति नदेखाई अपरिचित दलितभनेर उनीहरूको साक्षरता दर २६ प्रतिशत उल्लेख गरिएकोे छ । राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रीत पासवान भन्छन्, “पहाडको तुलनामा तर्राईका दलितहरूमा अझै शैक्षिक चेतना बढेको छैन । उनीहरू जीविकोपार्जनमा मद्दत पुग्ने भएकोले केटाकेटीलाई पढाउनभन्दा अर्काको काममा पठाउन प्राथमिकता दिन्छन् ।”

पछिल्लो १० वर्षा एसएलसी, प्रवीणता प्रमाणपत्र, स्नातक र सोभन्दा माथिल्लो शैक्षिक तह उत्तर्ीण्ा गर्ने दलितहरूको सङ्ख्या तीन-चार गुणा बढेको छ  २०४८ सालसम्ममा अधिराज्यभरिबाट ५,१८० जना दलितले एसएलसी उत्तर्ीण्ा गरेका थिए भने २०५८ सम्ममा १८,१८७ जना पुगे । त्यस्तै, प्रवीणता प्रमाणपत्र उत्तर्ीण्ा गर्ने दलितहरूको सङ्ख्या १,५२० बाट ७,०३३ र स्नातक वा सोभन्दा माथिल्लो तह उत्तर्ीण्ा गर्नेहरूको सङ्ख्या ६७० बाट २,९०७ पुग्यो । टेक ताम्राकारले कानुनमा, पुष्पलाल दमाईले अङ्ग्रेजीमा र विनोदकुमार विश्वकर्माले हिन्दीमा त्रिविको स्नातकोत्तर टप गरेका छन् । २०२४ सालको एसएलसीमा बोर्ड प्रथम द्रोण रसालीका साथै मदन परियार र चेतबहादुर परियारले विद्यावारिधि -पीएचडी) गरेका छन्  । अरू केही पीएचडी गरिरहेका छन् 
दलित गैरसरकारी संस्था महासंघका निर्देशक तेज सुनार दलितहरूले आफूमाथि हुने जातीय छुवाछूतबाट मुक्त हुने आशाले पनि पढाइमा रुचि बढाएका बताउँछन्  । पर्ूव सांसद मनबहादुर विश्वकर्मा भन्छन्, “शिक्षित दलित र अनपढ दलितलाई कथित उच्च जातिबाट गरिने व्यवहारमा धेरै अन्तर छ । अधिकांश शिक्षितहरूले कमै मात्रामा छुवाछूतको भेदभाव भोग्नुपरेको छ ।” शिक्षाविद् डा. विद्यानाथ कोइराला दलितहरूमा यसरी शैक्षिक जागरण बढ्नुमा दातृसंस्थाहरूको चासो र दबाब, दलित आन्दोलन, कतिपय कथित उच्चजातिका मानिसको सहयोग, खुल्ला राजनीतिक परिवेश आदिले योगदान पुर्‍याएको बताउँछन् 

छात्रवृत्ति नै छात्रवृति
दलित समुदायलाई शैक्षिक मूलप्रवाहमा सामेल गर्न सरकारले प्राथमिक तहमा अध्ययनरत दलित विद्यार्थीका लागि २०५२-०५३ देखि व्यवस्था गर्दै आएको वाषिर्क रु.२ करोड ९० लाखको छात्रवृत्ति २०६०-०६१ मा रु.८ करोड हुँदै चालु आर्थिक वर्षा रु.१३ करोड ९९ लाख १७ हजार पुगेको  । यसबाट प्रावि तहका प्रत्येक दलित विद्यार्थीले वाषिर्क रु.२५० पाउँछन्  त्यस्तै, माध्यमिक तहमा यो आर्थिक वर्षा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक लाख दलित विद्यार्थीलाई रु.५ करोड छुट्याइएको छ, जसबाट प्रत्येकले वाषिर्क रु.५०० प्राप्त गर्दछन् । शिक्षा मन्त्रालयले २०५८-०५९ देखि दलित विद्यार्थीका लागि १० प्रतिशत एमबीबीएस कोटा छुट्याएको छजसअर्न्तर्गत अहिले १० जना एमबीबीएस पढिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले पनि आफू मातहतका प्राविधिक शिक्षालयहरूमा १० प्रतिशत कोटा आरक्षित गरेको छ 

स्थानीय विकास मन्त्रालयको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले अहिलेसम्म कक्षा ६ देखि १० सम्मका ५,१८३ जनालाई रु.४६ लाख १ हजार तथा उच्चशिक्षा तहमा अध्ययनरत ८२० जनालाई रु.१ करोड ३४ लाख ७६ हजार छात्रवृत्ति वितरण गरेको छ । पछिल्लो दर्ुइ वर्षेखि विद्यालयस्तरीय छात्रवृत्ति कटौती गरेर उच्चशिक्षामा लगाउँदै आएकोे यस समितिले प्रवीणता प्रमाणपत्र अध्ययन गर्नेलाई मासिक रु.१५००, स्नातकलाई रु.२ हजार र स्नातकोत्तरलाई रु.२५०० छात्रवृत्ति दिने गरेको छ  समितिको छात्रवृत्ति शाखाका अधिकृत दीपक घिमिरे प्रत्येक वर्षसरदर आठ सय विद्यार्थीले छात्रवृत्तिको लागि आवेदन दिने गरेको बताउँछन्  । समितिले देशभरि र प्रत्येक विकास क्षेत्रमा एसएलसी प्रथम हुने जेहेन्दार दलित विद्यार्थीलाई सम्मान पनि गर्ने गरेको छ । “यसबाट दलित केटाकेटीहरू पढाइमा प्रोत्साहित भएका छन्,” कार्यकारी निर्देशक सुन्दर विश्वकर्मा भन्छन् 

कतिपय गैरसरकारी दलित संघसंस्थाले पनि दलितहरूको शैक्षिक उन्नतिका लागि छात्रवृत्ति वितरण गर्दै आएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले अहिलेसम्म चार हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । संघका महासचिव भक्त विश्वकर्माका अनुसार, संघले छात्रवृत्तिका लागि करीब रु.५ करोड बचत गरेको र त्यसको व्याज एवं अन्य स्रोतबाट अधिराज्यभरिका दलित विद्यार्थीलाई वाषिर्क करीब रु.३५ लाखको छात्रवृत्ति वितरण गर्ने गरेको छ 

दलित सेवा संघले केही विद्यार्थीलाई आवास सुविधासहित राजधानीमा उच्चशिक्षा हासिल गर्ने व्यवस्था गरेको छ । काठमाडौँ, विजेश्वरीस्थित समाज विकास छात्रवासले पनि उच्चशिक्षा हासिल गर्ने ६५ जना दलित विद्यार्थीलाई आवास सुविधा उपलब्ध गराएको छ 

साभार: हिमाल खबर, २०६२ बैशाख १-१५