दलितलाई छात्रवृत्ति

बारा, माघ ३ – आठ दलित छात्रलाई यहा“ क्रियाशील एक क्लबले बुधबार छात्रवृत्ति वितरण गरेको छ ।

जनकल्याण युवा क्लब दोहरीले एक समारोहबीच ती छात्रलाई छात्रवृत्ति वितरण गरेको हो ।

रामराजा क्याम्पस कलैयाका सात र हरिखेतान क्याम्पस वीरगन्जका एक दलित छात्रालाई कुल २६ हजार ३ सय रुपैया“ बराबरको छात्रवृत्ति वितरण गरियो । दलित वर्गको उच्च शिक्षामा सहभागिता बढाउने उद्येश्यले प्लान नेपालको सहयोगमा छात्रवृत्ति वितरण गरिएको क्लबका भरत सहनीले बताए ।

श्रोत : कान्तिपुर दैनिक(२०६३-१०‍-४)