म त मरॆको मान्छे

                               -मेघ परियार/हुम्ला कर्णाली 
मत मरेको मान्छे गल्ती स्वीकार्न सक्छु
न त अन्यायको विरुद्धमा
कुनै कुरा बोल्न सक्छु
त्यसैले त म स्वीकार गर्छु
म त मरेको मान्छे
आफ्नै आँगनमा रगतको खाल बन्दा
मलाई केही भन्नै आएन
चाकरी र चाप्लुसीम्ा भौतारिदा
आफ्नो अस्त्तित्वको ख्यालै गरिएन
त्यसैेले त म भन्छु
म त मरेको मान्छे

मेरा हातहरु सदैव लम्की रहन्छन्
नीच र नाजायज कार्यहरुमा
ओठहरु सँधै सलबलाई रहन्छन्
पापी र नरभक्षि शब्दहरुमा
तर यी हातहरुले कहिल्यै लेखेनन्
झलकमानको स्वर्णीम जीवनीलाई
न ओठहरुले नै उच्चारण गरे
बाङ्गे सार्कीको योगदानलाई
यी मेरा ओठहरु सल्बलाइनन्
जसवीर कामीको बारेमा
यसबाटै प्रमाणीत भइसकेको छ
म त मरेको मान्छे

आँखाले अन्याय देखिरहन्छ
तर मेरो स्वार्थी मुख मौन छ
कानले अत्याचार सुनिरहेको छ
मेरो हातहरु त्यसै शिथिल छन्
तर मेरो मुटुले भने
जीउँदो लासको सङ्केत गरिरहेछ
मलाई बल्ल अहिले चाल भयो
म त मरेको मान्छे

बुद्धहरु रोइरहेको समयमा
बुद्धुहरुले रजाई गरेको बेलामा
म मौन छु र फुस्रदमा छैन
किनकी म चाकरीमा तल्लीन छु
झुपडीहरु भत्कीरहेको
मानव लाशहरु बढीहरेको
आफ्नै आफन्तहरुपनि
विना अपराधमा
जेलको चिसो सिंढीमा
रातहरु विताइरहेको
त्यतिमात्र कहाँ हो र
भाइ भाइको आपरमा
र दिदीबहिनीहरुको वीचमा
चर्को विभेदका ज्वालाहरु
दनदन बलीहरेको दृश्यहरुमा
म टोलाएर हेरिहरेको छु
मेरो मनमा गुाजयमान भइरहेछ
मलाई के को मतलब
मलाई के को चासो
म त मरेको मान्छे