दलित विद्यार्थीलाई छात्रवृत्ति

धरान, पुस २५ – दलित बालबालिको बाहुल्य रहेको सम्यक शिक्षा प्राथमिक विद्यालयले मंगलबार १ सय २२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालन गर्न अझै पूर्ण स्वीकृति नदिएकाले धरान नगरपालिका र सम्यक शिक्षा समूहद्वारा सञ्चालित उक्त विद्यालयमा २ सय  बालबालिका छन् । छात्रवृत्ति पाउनेमध्ये २५ बालबालिका जनजाति छन् ।

धरान-१७ उदयटोलमा रहेको उक्त विद्यालयमा दलित मजदुर र सुकुम्बासी परिवारका बालबालिका मात्र पढ्ने गरेको प्रधानाध्यापक सरोज श्रेष्ठले बताए । जिल्ला शिक्षा  कार्यालयले किस्ताबन्दी रूपमा दिएको रकममध्ये सबैलाइ जनही सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

जापानको टोक्योस्थित साकुरा गाओका विद्यार्थीहरूले खाजा खाने पैसा जोगाएर संकलन गरेकोमध्ये एक लाख ८० हजार प्रदान गरेपछि ७ वर्षअघि समूहले विद्यालय स्थापना गरेको हो । जापानका सानाडा निचिको र नेपाल फस्टर्मेट

संस्थाका निर्देशक काजिरत्न शाक्यको सहयोगमा जापानिज विद्यार्थीहरूले आर्थिक सहयोग गरेका थिए ।

श्रोत: ईकान्तिपुर डट कम