शंका लाग्याथ्यो

नछोउ तिमीलाई,  
भनेकै थिए तिमीलाई
यदि दाग लाक्छ भने
त्यसैले त
मलाई शंका लाग्याथ्यो,
तिमी उच्च जात उच्चै‍ ,
अनि म भन्न खोज्थे,
म त यस्तो………
तर तिमीले अन्तै,
कुरा बटार्ने गर्थ्यौ,
म निरन्तर, तिम्रा कुरा, व्यवहार,
अनि,
दृष्टि नियाली रहन्थे,
त्यसैले त,
मलाई शंका लाग्याथ्यो,
तिमीले गर्थ्यौ धनका कुरा,
म गर्थे समानताका,
तर,
तिमीले वास्तै गरिनौ,
म तिमीलाई,
सम्झाउन खोजी रहन्थे,
तर म…………
त्यसैले त,
मलाई शंका लाग्याथ्यो,
म गर्थे मन र मिलनका कुरा,
तर,
तिमी गर्थ्यौ मोज र मस्तिका,
म तिम्रो मर्म बुझ्न,
धेरै कोशिष गरे,
त्यसैले त,
म धेरै पल्ट रेष्टुरेण्ट,
अनि,
होटेल पनि धाए,
तर,
तिमीले मेरो मर्म बुझ्ने,
दुस्साहस गरिनौ,
त्यसैले त,
मलाई शंका लाग्याथ्यो,
तिम्रा धेरै कुरा, व्यवहार र दृष्टिको,
मूल्यांकन पछि,
मैले तिमीलाई,
मेरो जात भन्न बाध्य भए,
तिमी त्यति बेला,
पहाडबाट खसे झै भयौ,
अनि बिस्तारै,
सम्बन्ध टुटाउदै गयौ,
त्यसैले त,
मलाई शंका लाग्याथ्यो,
तिमी २१ औं शताब्दीकी,
नारी ?